धरानको सर्दु खोला उत्खननमा स्थानीयवासीको अवरोध
१३ जेष्ठ २०७८
•
२ मिनेट पाठ
धरानको सर्दु खोला उत्खननमा स्थानीयवासीको अवरोध
चुरे क्षेत्रमा पर्ने सर्दु खोलामा भइरहेको उत्खनन रोक्न पुगेका स्थानीयवासी । तस्बिर : रोहित राई
चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रमा उत्खनन गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्। धरान १७ स्थित डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाको अगुवाईमा बुधबार बिहान स्थानीयवासीहरुले उत्खननमा रोक लगाएका छन्। उनीहरुले जथाभावी उत्खनन गर्दा गत वर्ष पनि खानेपानीको पाइपलाइनमा क्षति पुगेको भन्दै विरोधमा उत्रिएका छन्। विगतमा स्थानीयले ढुंगा, मिक्सगिट्टी उठाउदा चुरे क्षेत्र भन्दै रोक्ने उपमहानगरपालिकाले नै अहिले ठेक्का दिएर दोहन गरेको भन्दै स्थानीयहरु रुष्ट छन्।  




टोल विकास संस्थाका अध्यक्ष लिलाबहादुर बुढाथोकीका अनुसार विगत ४ दिनदेखि उत्खनन भइरहेको छ। ‘पहिला चुरेक्षेत्र भनेर स्थानीयले ढुंगा टिप्दा पनि रोक्थ्यौं,नगरपालिकाले नै पनि दिदैनथ्यो,’अध्यक्ष बुढाथोकीले भने,‘खोला कहाँ कहाँ उत्खनन गर्ने हो वनलाई पनि सम्झौता पत्र दिइएको रहेनछ। पोहोर साल पनि यसैगरि डोजर लगाउदा खानेपानी पाइपमा क्षति पुग्यो, अहिलेसम्म मर्मत गर्न सकेको छैन। त्यसैले विरोध गरेका हौं।’

डाँडाघोपा नमुना सामुदायिक वनका अध्यक्ष सिवनकुमार राईले पनि वन कार्यालयसँग समन्वय नगरि ठेक्का लगाएको भन्दै असन्तुष्टी जनाए। जथाभावी उत्खनन हुँदा कटान भएर वन र वस्तीलाई पनि क्षति पुग्ने अध्यक्ष राईले बताए। ‘वनसँग समन्वय भएको होला भन्ने लाग्यो, तर बुझ्दै जाँदा गरिएको रहेनछ, उत्खनन हुँदा धेरै क्षति हुन्छ, त्यसैले रोकेका हौ,’उनले भने।  

धरान उपमहानगरपालिकाले धरानको सर्दु, सेउती र सेहरा खोलामा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ। जेठ मसान्तसम्म तोकिएको परिणाम बमोजिम उत्खननको लागि ४ करोड ९१ लाख रुपैयाँको ठेक्का लागेको छ। सेउती र सर्दु खोलाको ठेक्का पाथीभारा निर्माण सेवाले पाएको छ भने सेहरा खोलाको ठेक्का विनिता कन्स्ट्रक्सनले पाएको छ। पाथीभाराका प्रोप्राइटर अर्जुन भण्डारीले आफूले प्रतिस्पर्धाबाट नै ठेक्का पाएर कबोल अनुसार राजश्व बुझाएपछि उत्खनन शुरु गरेको बताए। ‘नगरपालिकाले ठेक्का गरेको थियो, मैले प्रतिस्पर्धाबाट नै पाएको हो। चुरे हो कि होइन, म जान्दिन। सम्झौता अनुसार उत्खनन गरेको हो,’उनले भने।

हिजो बुधबार पनि सेउती खोलामा जथाभावी उत्खनन भएको र वस्ती संरक्षणलगायत विभिन्न ७ बुँदामा भएको निर्णय कार्यान्वयन नगरिएको भन्दै वडा नं ५ का वडा अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा उत्खनन रोकिएको थियो। अहिले भने प्रहरी परिचालन गरेर वन क्षेत्रमा पर्ने खोलाहरुमा उत्खनन भइरहेको छ। डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रमा पर्ने खोला ठेक्का नलगाउन र उत्खनन पनि रोक्न आग्रह गर्दै उपमहानगरपालिकालाई पत्राचार गरेपनि जबर्जस्ती भइरहेको जनाएको छ।
अर्को समाचार
अवैध उत्खनन रोक्न गाउँपालिकाको माग
१८ पौष २०८०
•
१ मिनेट पाठ
अवैध उत्खनन रोक्न गाउँपालिकाको माग
सर्लाहीको एक पालिकाले बिचौलियाको मिलोमतोमा बागमती र एकारसी नदीको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको भन्दै रोक्न माग गरेको छ। सर्लाहीको बसबरिया गाउँपालिकाले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई औपचारिक पत्र पठाई अबैध रूपमा भइरहेको नदीको दोहन रोक्न माग गरेको हो।




गाउँपालिकाले मंगलबार औपचारिक पत्र लेखेर बागमती नदी र एकारसी नदीमा नदीजन्य पदार्थ गिटी, बालुवा लगायतका सामग्रीहरू अनधिकृत रूपमा उत्खनन भइरहेको जनाएको छ। अवैध रूपमा भइरहेको उत्खननले बाढीको जोखिम बढाएको र गाउँपाकिलाले नदीजन्य पदार्थ निकासीको ठेक्का लगाउने कार्य हालसम्म नगरेकोले दोहोरो अवैध दोहन भइरहेको पालिकाले जनाएको छ।

केही बिचौलिया र ठेकेदारको मिलोमतोमा दुवै खोलामा झरना मेसिन, जेसिभी, एक्साभेटर र ट्रयाक्टर प्रयोग गरी उत्खनन गर्ने अवैध कार्य भइरहेकोले रोक्का गर्न र प्रशासनिक सुरक्षा व्यवस्था मिलाउन पालिकाले जिसस र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस