सरकारले चालु आर्थिक वर्ष २०७७ / ७८ को बजेटमा घरेलु, साना तथा मझौला उद्यम र कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिने भन्दै पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष बनायो।
सरकारको उक्त कदमबाट पर्यटन व्यवसायी निकै खुसी भए। सस्तोमा ऋण पाउँदा व्यवसाय चलाउन सहज हुने विश्वास थियो। लामो समय बिनाआम्दानी बसेका व्यवसायीले ऋण काढेर भए पनि व्यवसाय टिकाउने सोचे। तर सहजै ऋण नपाउँदा व्यवसायी अपेक्षाकृत लाभान्वित हुन सकेनन्।
त्यस्तै, गण्डकी प्रदेश सरकारले गत माघमा कोभिड–१९ को असर कम गर्ने भन्दै ‘व्यवसाय जीवन रक्षा कर्जा’ कार्यक्रम सुरु गर्यो। यस अन्तर्गत तीन वर्षसम्म निब्र्याजी एक लाखदेखि १५ लाख रुपैयाँसम्म व्यवसायीले पाउने भनियो। ऋणीले तिर्नुपर्ने ब्याज प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने र प्रदेशका सबै स्थानीय तहका वाणिज्य बैंकका शाखाबाट कर्जाको निवेदन दिन सक्ने भनियो। ऋण लिएको ६ महिनापछि मात्रै व्यवासायीले साँवा भुक्तानी सुरु गर्न सक्ने प्रावधान रहेको जानकारी दिइयो। व्यवसायीले यसबाट पनि अपेक्षाकृत लाभ लिन सकेनन्।
आगामी आर्थिक वर्षको बजेट आउने दिन नजिकिँदै जाँदा व्यवसायी पोहोरभन्दा झनै बढी कोरोनाले थलिएका छन्। अहिलेको अनिश्चितता कहिलेसम्म भन्ने यकिन छैन। त्यसैले आगामी वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाइ छ।
पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका व्यवसायी टिकाराम सापकोटा भन्छन्, ‘संघीय सरकारले पोहोर बजेटमा पर्यटनलाई राम्रै स्थान दियो तर त्यो अनुसार कार्यान्वयन भएन। गण्डकी प्रदेश सरकारको कर्जा कार्यक्रम पनि प्रभावकारी हुन सकेन। पर्यटन व्यवसायीले अपेक्षाकृत लाभ लिन पाएनन्।’ व्यवसायीले सरकारी कर्जा सहजै नपाउनुमा झन्झटिलो प्रक्रिया मुख्य कारण रहेको सापकोटा बताउँछन्।
‘बजेटमा उल्लेख गरिन्छ, त्यो अनुसार नीति बन्दैन। अनि घोषणामै सीमित हुन्छ,’ सापकोटा भन्छन्, ‘संघीय र प्रदेश सरकारले ल्याएका कार्यक्रम हेर्दा साह्रै नै व्यवसायीमुखी देखिन्छन्। कार्यान्वनयमा आउँदैनन्। १०–१५ प्रतिशत व्यवसायीले मात्र यो कर्जा लिएका हुन्छन्।’
व्यवसायीलाई ऋण लिन उत्साही बनाउने नीति नबनेको उनको भनाइ छ। ‘घोषणा भयो, कार्यान्वयन पक्ष निकै कमजोर छ,’ सापकोटा भन्छन्। बैंक तथा वित्तीय संस्थाको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले व्यवसायीले राहत पाउन नसकेको उनले बताए। ‘कोरोनाको असर २/३ वर्ष जाने निश्चित छ,’ उनले भने, ‘त्यसैले अबको बजेटमा राम्रै प्याकेज आउनुपर्छ । अबको बजेटमा पर्यटन क्षेत्र, व्यवासायी र आश्रित मजदुरलाई बचाउने गरी ल्याउनुपर्छ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन व्यवसायीको ऋणको किस्तामा ‘रिसेड्यूल’ गरिदिनुपर्ने बताए । ‘किस्ता र ब्याज तिर्न सकिने अवस्था छैन। किस्ता तिर्न नसक्दा बैंकले व्यवसाय नै लिलाम गरिदिने त्रास छ। त्यसैले अब बैंकले लिलाम गर्न नमिल्ने व्यवस्था हुनुपर्छ। किस्ता तिर्ने अवधि लम्ब्याइदिने हो भने केही सहज हुन्छ,’ उनले भने। त्यसबाहेक ऋणको ब्याजदर बढीमा ५ प्रतिशत हुनुपर्ने उनले बताए।
बैंकले प्रवाह गरेको पूर्ण कर्जाको कम्तीमा १० प्रतिशत पर्यटन क्षेत्रमा अनिवार्य गरिदिने हो भने बल्ल व्यवसायीलाई सहज हुने उनले बताए। ‘कृषिमा जस्तै पर्यटन क्षेत्रमा पनि निश्चित लगानी पर्यटनमा अनिवार्य गर्ने हो भने व्यवसायीलाई सहज हुन्छ। नीतिबिना बैंकले लगानी गर्दैनन्,’ उनले भने, ‘पर्यटनमा लगानी अनिवार्य गर्नुपर्ने नीति भए वित्तीय संस्था बाध्य हुन्छन्। बल्ल व्यावसायीले लाभ पाउँछन्।’
व्यवसायीलाई कर छुट दिएर भए पनि बचाउनुपर्ने उनले बताए। स्थानीय सरकारले लिने एकीकृत सम्पत्ति कर, विद्युत्को डिमान्ड शुल्क लगायतमा छुट दिन सकिने उनले बताए। सापकोटाका अनुसार गण्डकीमा मात्र पर्यटनमा पाँच खर्ब रुपैयाँ लगानी छ। यहाँ झण्डै ७५ हजार मजदुर कार्यरत छन्। कोरोना महामारीले झन्डै २५ प्रतिशत साना तथा मझौला लगानीकर्ता पलायन भएको उनको अनुमान छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पोहोर सरकारले बजेट विनियोजन गरे पनि बैंक तथा वित्तीय संस्थाको झन्झटिलो प्रक्रियाले अधिकांशले ऋण नपाएकोले अब नीतिगत रुपमा नै सहज बनाइदिनुपर्ने बताउँछन्। पराजुलीको अनुमानमा पोहोर विनियोजित रकम १५ प्रतिशत हाराहारीमा मात्र व्यवसायीले पाएका छन्।
‘आगामी बजेटमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षसम्ममा ब्याजदर पाँच प्रतिशतभन्दा तल हुनुपर्ने र दुई वर्षका लाग रिसेड्युल हुनुपर्छ,’ उनले भने, ‘व्यवसाय टिकाइरहन चालु कर्जा आवश्यक पर्ने भएकोले सहुलियत दरमा ऋण उपलब्ध गराइदिनुपर्छ ।’ ब्याज र किस्ता तिर्ने समय दुई वर्ष थपियो भने पर्यटन क्षेत्रको क्षति कम गर्न सकिने उनले बताए।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटन व्यवसायीलाई बचाउने गरी बजेट आउनुपर्ने बताउँछन्। ‘पुनरकर्जालाई निरन्तरता दिनुपर्छ, सबै व्यवसायीले सहज रुपमा ऋण पाउने गरि नीति बनाउनुपर्छ,’ भट्टराईले भने, ‘किस्ता र ब्याज तिर्ने समय कम्तीमा दुई वर्ष बढाइदिनुपर्छ । अहिले तिर्न सक्ने अवस्था छैन।’ व्यवसाय टिक्ने माहोल बनाउन पाँच प्रतिशतभन्दा सस्तोमा ऋण दिनुपर्ने उनले बताए। ‘सस्तो ब्याजमा ऋण पाउने हो भने व्यवसायी टिक्छन्। त्यस्तै बैंकको कर्जाको केही अंश पर्यटन क्षेत्रमा अनिवार्य गर्ने हो भने पर्यटन क्षेत्र जोगिन्छ,’ उनले भने। पर्यटन मात्र बाँचेर नहुने भएकोले आश्रित मजदुरलाई पनि बचाउनुपर्ने भएकोले मजदुरमैत्री बजेट आउनुपर्ने उनले सुझाए।