एमसीसीको विद्युत् प्रसारण आयोजनाको इआइए प्रतिवेदन स्वीकृत
०४ जेष्ठ २०७८
•
३ मिनेट पाठ
एमसीसीको विद्युत् प्रसारण आयोजनाको इआइए प्रतिवेदन स्वीकृत
वन तथा वातावरण मन्त्रालयले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेको छ।




मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले सो प्रतिवेदन स्वीकृत गरेको हो।

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट गत वैशाख १६ गते स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश हो।

‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्यस्थलमा पहुँचसम्बन्धी पूर्वशर्त हासिल गर्नेसन्दर्भमा यो उपलब्धि एउटा महत्वपूर्ण कोशेढुङ्गा हो’, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘अर्काे महत्वपूर्ण कोशेढुङ्गा यस सम्झौताको संसदीय अनुमोदन हुनेछ।’

विष्ट थप्छन्, ‘यस प्रतिवेदनले आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक–आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान गरेको छ र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे सुझावहरू पनि प्रस्तुत गरेको छ।’

नेपालको प्रचलित कानुन अनुसार विस्तृत रूपमा तयार गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदननेपालको वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७को अधीनमा रही स्वीकृत गरिएको हो।  

वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि सघन कार्यविधि अपनाइनुका साथै आयोजना कार्यान्वयन गरिने १० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

नेपालका वातावरणीय कानुनहरू एवं नियमावलीहरू तथा अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरूका आधारमा यस प्रतिवेदनले नकारात्मक प्रभावहरू पर्न नदिन, न्यूनीकरण गर्न वा व्यवस्थापन गर्न तथा आयोजनाका फाइदा अभिवृद्धि गर्नका लागि विभिन्न उपायहरू प्रस्ताव गरेको छ।

वातावरण संरक्षण ऐन, २०७६ को प्रावधानअनुसार यस वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले आयोजना कार्यान्वयनका क्रममा प्रभावित हुने कामदारहरू तथा समुदायहरूको सुरक्षा सुनिश्चित गर्नका लागि विस्तृत वातावरणीय, सामाजिक, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन योजना पनि तर्जुमा गरेको छ। प्रतिवेदनमा व्यक्त गरिएका प्रतिवद्धताहरू पालना गरिएको सुनिश्चित गर्नका लागि वातावरणीय अनुगमन योजना र वातावरणीयपरीक्षण प्रक्रिया पनि निर्धारण गरिएको छ। प्रतिवेदन स्वीकृतिपश्चात् अब एमसिए–नेपालले राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न र त्यसक्षेत्रबाट रुखविरुवा हटाउन स्वीकृति लिने प्रक्रिया अगाडि बढाउनेछ।

नेपाल सरकारद्वारा पहिचान गरिएका नेपालको विकासका प्रमुख दुई अवरोधको सम्बोधनका लागि प्रस्ताव गरिएका दुई वटा आयोजना सञ्चालनका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर गरिएको थियो ।

ती दुई आयोजनामध्ये राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको विद्युत् प्रसारण आयोजनाले करिब ३१४ किमि लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ। यस आयोजनाले साझेदारी कार्यक्रममार्फत् प्रभावित स्थानीय सरोकारवालाहरूको हित सुनिश्चित गर्नेछ भने नेपालको ऊर्जा क्षेत्रको सशक्तीकरणमा पनि सघाउन पुर्‍याउनेछ ।  

यसैगरी सडक मर्मत आयोजनाले नेपालका सडकको मर्मतसम्भार गर्नुका साथै नेपालमा सडक मर्मतसम्बन्धी नयाँ प्रविधि प्रयोग गर्नेछ।
अर्को समाचार
मन्त्री छान्न उपेन्द्र दबाबमा
२८ वैशाख २०८०
•
३ मिनेट पाठ
मन्त्री छान्न उपेन्द्र दबाबमा
जनता समाजावदी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री सिफारिस गर्ने विषयमा पार्टीभित्रै चर्को दबाबमा परेका छन्। दबाबकै कारण झण्डै डेढ महिनासम्म उनले कसैलाई सरकारमा पठाएका छैनन्।




जसपा गत चैत १७ गते सरकारमा गएको थियो। सरकारमा जसपाले दुईवटा मत्रालय पाएको छ। यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अशोक राइलाई मात्र पठाएका छन। बाँकी एक मन्त्रालय वन तथा वातावरण मन्त्रालयमा कसैलाई पठाएका छैनन्। रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल हुने अनुमान धेरैले गरेका थिए। यसअघि उनले ‘वैशाख २७ गते पछि सरकारमा पठाउँछु’ भन्ने अभिव्यक्ति दिने गरेका थिए। त्यसैले बुधबारको बैठकमा यस बारेमा टुंगो लाग्ने अनुमान गरिएको थियो।

रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा छलफल हुने अनुमान धेरैले गरेका थिए। यसअघि उनले ‘वैशाख २७ गते पछि सरकारमा पठाउँछु’ भन्ने अभिव्यक्ति दिने गरेका थिए।
जसपाको कार्यकारिणीले यसअघि नै मन्त्री छान्ने सबै अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ। बुधबार बसेको बैठकमा यस बारेमा यादवले कुरा उठाएनन। उनी बुधबार नै साँझ वीरगञ्जतर्फ लागेका छन्। आइतबार काठमाडौ फर्कने कार्यक्रम रहेको छ। त्यसपछि मात्र जसपाले सरकारमा पठाउने सम्भावना रहेको जसपाको एक नेताले बताए।

पार्टी स्रोतका अनुसार प्रदीप यादव, राजकिशोर यादव, नवलकिशोर यादव, रेखा यादव र वीरेन्द्र महतोले सरकारमा जान पार्टी अध्यक्ष यादवलाई विभिन्न किसिमबाट चर्कोे दबाब दिइरहेका छन्। यी मध्ये प्रदीप यादव र राजकिशोर यादव यसअघि मन्त्री भइसकेका छन भने नवलकिशोर साह मधेस प्रदेशमा प्रदेश मन्त्री भइसकेको छन्।

स्रोतका अनुसार यी ५ जनामध्ये प्रदीप र राजकिशोर पुनः मन्त्री हुन चाहेका छन् भने नवल किशोर एकपटक संघीय सरकारको मन्त्री हुन चाहेका छन्। रेखा यादवले सरकारमा कम्तीमा एकजना महिलाई पठाउनुपर्छ भन्ने दबाब दिइरहेकी छन्। यता वीरेन्द्र महतोले ‘पार्टीमा लगानी मात्र गरिरहेको छु प्रतिफल पाएको छैन’ भन्दै पार्टी अध्यक्ष यादवलाई दबाब दिइरहेको स्रोतले बतायो।

जसपा विभाजन हुँदा राजकिशोरले महन्थ ठाकुर–राजेन्द्र महतो टिमलाई छाडेर उपेन्द्र यादवतीर लागेका थिए। त्यसबेला गरेको गुन यसबोला उपेन्द्रले तिर्नुपर्छ भन्ने उनको बुझाइरहेको पार्टीका एक नेताले बताए।

स्रोतका अनुसार यी ५ जनामध्ये प्रदीप र राजकिशोर पुनः मन्त्री हुन चाहेका छन् भने नवल किशोर एकपटक संघीय सरकारको मन्त्री हुन चाहेका छन्।
ती नेता भन्छन्, ‘सम्भवत यही दाबाको कारण अध्यक्ष ज्यले कसैलाई सरकारमा नपठाएको हुन सक्छ।’ ती नेताका अनुसार पार्टी अध्यक्ष यादव आफैं सरकारमा जाने सम्भावना पनि कायम छ। तर सरकारमा उनले उपप्रधानमन्त्री खोज्नेछन्।’

यसैगरी उनका लागि मन्त्रालय साट्नु पर्नेछ। ‘उनी वनमा नजाने सम्भावना बढी छ,’ स्रोतले भन्यो, ‘त्यसबेला राई वन र यादव शिक्षामा जाने सम्भावना छ।’

जसपाका प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष यादव आफै सरकारमा जाने नजाने विषयमा टुंगो नलागेको बताए। ‘पार्टी कार्यकारिणी समितिको बैठकले सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ। रिक्त रहेको मन्त्रालयमा पार्टी अध्यक्षज्यू आफैं जानु हुनेछ या अरू कसैलाई पठाउनुहुनेछ यसबारेमा टुंगो लागेको छैन,’ सुमनले भने। अब एक-दुई दिनमै जसपाले वन मन्त्रालयमा कसैलाई सिफारिस गर्ने सम्भावना रहेको सुमनले बताए।

वैशाख १० गते भएको उपनिर्वाचनमा आफूलाई अप्ठयारो पर्ने डरले यादवले सुरुमा अशोक राईबाहेक कसैलाई सरकारमा पठाएनन। वन मन्त्रालयमा एक जननलाई पठाए सरकारमा जान नपाएकाहरू एक ठाउँमा उभिने र उपनिर्वाचनमा आफूलाई अप्ठ्यारोमा पार्ने बुझाइ उनको थियो। त्यसैले वैशाख १० सम्म उनी पर्खेर बसे। सरकारमा कसैलाई पठाएनन्। तर उपनिर्वाचन सकिएको १५ दिन पुग्दासम्म कसैलाई सरकरमा पठाएका छैनन्। खाली रहेको वन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले हेरेका छन्।

वैशाख १० गते भएको उपनिर्वाचनमा आफूलाई अप्ठयारो पर्ने डरले यादवले सुरुमा अशोक राईबाहेक कसैलाई सरकारमा पठाएनन।
यसैबीच, बुधबार बसेको जसपाको कार्यकारिणी बैठकले जसपाको विधान अधिवेशन असार १ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता सुमनका अनुसार विधान अधिवेशनले नयाँ विधानलाई पास गर्नेछ। अहिले त्यसका लागि मस्यौदा बनाउने काम भइरहेको सुमनले बताए ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस