अन्तर्राष्ट्रिय श्रमिक दिवस: भाषणमा सम्मान, व्यवहारमा बेवास्ता
१९ वैशाख २०७८
•
४ मिनेट पाठ
अन्तर्राष्ट्रिय श्रमिक दिवस: भाषणमा सम्मान, व्यवहारमा बेवास्ता
काठमाडौंको थलीमा शनिबार ग्राहक पर्खिरहेका सूचिकार दम्पती। निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनुपर्ने श्रमिकले कठिन परिस्थितिको सामना गरिरहेका छन्। तस्बिर: मोनिका मल्ल/नागरिक
विगतका वर्षझै यस वर्ष पनि शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले श्रमिक हितको पक्षमा शुभकामना सन्देश जारी गरे। दोस्रो लहरको कोरोना महामारीका कारण भौतिक रूपमा श्रमिक दिवससँग सम्बन्धित कार्यक्रम आयोजना नगरिए पनि सन्देशमार्फत सरोकारवालाले श्रमिकलाई उच्च सम्मान व्यक्त गरे।  




तर श्रमिकको वास्तविक जीवन झनै कष्टकर हुन पुगेकातर्फ भने धेरैको ध्यान गएन। कोरोना महामारीपछि श्रम गरेर गुजारा गर्नेको अवस्था थप दयनीय बन्न पुगेको छ। भाषणमा श्रमिकलाई उच्च सम्मान गरिए पनि श्रमिकको दयनीय अवस्था सुधार गर्न कुनै पनि नयाँ नीति ल्याइएको छैन।  

कोरोना महामारीपछि अमेरिका लगायत विश्वका कैयौं मुलुकले थप समस्या हुन नदिन रोजगारी गुमाएका वा पारिश्रमिक कटौती भएका श्रमिकको बैंक खातामा राहत जम्मा गरिदिए तर नेपालमा भने सरकारले त्यस्तो कुनै सुविधा उपलब्ध गराएन।  

पहिलो लहरको कोरोना महामारी बेला सरकारले समस्यामा परेकालाई राहत वितरण गरेको घोषणा गरे पनि पहुँचवाला र कार्यकर्ताले मात्र त्यस्तो सुविधा पाएको श्रमिकले गुनासो गर्दै आएका छन्। कोरोना महामारीपछि कैयौं श्रमिकलाई दैनिक गुजारा चलाउन कठिन भए पनि सरकारले बेरोजगारलाई रोजगारी दिने कार्यक्रम ल्याउन सकेको छैन।  

विदेशमा रोजगारी गुमाएकालाई पुनर्एकीकरण गर्न आवाज उठ्दै आए पनि त्यस्तो योजना बन्न सकेको छैन। श्रमविज्ञ सोम लुइँटेल यतिखेर स्वदेशमा काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिकदेखि श्रम ऐनले व्यवस्था गरेको सुविधा दिलाउन सकेमात्र उपलब्धि मान्नु पर्ने अवस्था रहेको बताउँछन्।  

विदेशमा रोजगारी गुमाएका श्रमिकलाई पुनर्एकीकरणका कार्यक्रममार्फत समेट्नुपर्ने र विदेश गएको छोटो समयमै रोजगारी गुमेको भए क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ। वैदेशिक रोजगारीमा अलपत्र परेकालाई निःशुल्क उद्धार गर्न सर्वोच्च अदालतले असारमा आदेश दिइसके पनि कार्यान्वयन निकै फितलो छ। कोरोना महामारीका कारण कैयन श्रमिकले न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन्। कैयौंको पारिश्रमिक कटौती गरिएको छ।  

अहिलेको बजार महँगी अनुसार सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकले गुजारा गर्न सक्ने अवस्था नभएको श्रमिकहरूको गुनासो छ। बजारको महँगीसँग तुलना गर्ने हो भने सरकारले निर्धारण गरेको पारिश्रमिक आधाभन्दा कम हुने उनीहरूको भनाइ छ।  

ट्रेड युनियन महासंघले हालै गरेको श्रम सर्वेक्षण अनुसार यतिखेर श्रमिकले पाउनुपर्ने न्यूनतम सेवा, सुविधा पाइरहेका छैनन्। २७ प्रतिशत श्रमिकले न्यूनतम पारिश्रमिक पाउन नसकेको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रूपैयाँ तोके पनि बजारको महँगी अनुसार गुजाराका लागि त्यसको दोब्बर पारिश्रमिक आवश्यक पर्ने श्रमिक बताउँछन्।  

काठमाडौं लगायत सहरी क्षेत्रमा सामान्यस्तरको गुजारा चलाउनका लागि कम्तीमा २५ हजार रूपैयाँ आवश्यक पर्ने श्रमिक बताउँछन्। ‘कोरोना महामारीपछि त कैयन रोजगारदाताले पारिश्रमिक दिएका छैनन्,’ बस मजदुर रमेश श्रेष्ठले भने, ‘पारिश्रमिक पाएकामध्ये पनि कैयनको कटौती गरिएको छ। नियमित पारिश्रमिक पाउने निकै थोरै छन्।’  

उनले सरकार सधैं हुनेखाने वर्गको दबाबमा पर्ने गरेको गुनासो गर्दै अहिलेको सरकारको चरित्रमा पनि कुनै भिन्नता नरहेको दाबी गरे। ‘नियम कानुन बनाउने सरकारले हो,’ उनले भने, ‘नियम, कानुन बन्दा नै हुने खानेको प्रभाव हुन्छ।’ उनले न्यूनतम पारिश्रमिक दिने निर्णय कार्यान्वयन नगर्ने र समयमा तलब नदिने रोजगारदातालाई सरकारले कारबाही गर्न सक्नु पर्ने माग गरे।  

श्रमिक दिवसको अवसरमा आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको कुरा उठ्ने गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको अर्को श्रमिक गिरवललाल यादवले बताए। श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर पनि कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ।  

कतिपय श्रमविज्ञ युवालाई वैदेशिक रोजगारीमा जान बाध्य पार्ने विभिन्न कारणमध्ये स्वदेशमा पाइने न्यून पारिश्रमिक पनि एक कारण रहेको बताउँछन्। भाषणले नभई कामले मात्र श्रमिकमैत्री वातावरण सिर्जना हुने विज्ञहरूको धारणा छ। स्वदेशमा व्यक्तिको क्षमता अनुसार र बाँच्न सक्ने पारिश्रमिक दिने व्यवस्था मिलाउने हो वैदेशिक रोजगारीमा जानेको संख्यामा केही कमी आउन सक्ने अपेक्षा गरिएको छ। समाजशास्त्रीहरू कुनै पनि उद्योगले श्रमिकलाई आवश्यकता अनुसार पारिश्रमिक दिँदैमा त्यस्ता उद्योगमा आर्थिक संकट नपर्ने बताउँछन्। 

उद्योगमा आर्थिक संकट सिर्जना हुनुको कारण मजदुर नभई व्यवस्थापनको काम गर्ने तौरतरिका हुने समाजशास्त्री ठान्छन्। उनीहरूका अनुसार मजदुरलाई गुजारा गर्न सक्ने पारिश्रमिक दिने हो भने समाजमा असमानता घट्ने र त्यसले समाजमा द्वन्द्वको निर्मुल पार्छ। हाल बर्सेनि नेपाली श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवायुवतीमध्ये ५० हजार जतिले मात्र स्वदेशमा रोजगारी पाउने गरेका छन्। सरकारले अलिकति मात्र समन्वय र मेहनत गर्ने हो भने तत्काल दुईदेखि साढे दुई लाख रोजगारी स्वदेशमै सिर्जना गर्न सकिने निजी क्षेत्रका अगुवाले बताउँदै आएका छन्।

वैदेशिक रोजगार बोर्डका निर्देशक दीनबन्धु सुवेदीले वैदेशिक रोजगारीबाट फर्किएकालाई स्वदेशमा रोजगारी दिन निर्देशिका बन्ने क्रममा रहेको बताए। ‘बोर्डले पुनर्एकीकरण कार्यक्रमका लागि कार्यविधि बनाउन खोजेको थियो,’ उनले भने, ‘तर मन्त्रालयले यसलाई बृहत् बनाउन निर्देशिका नै तयार गरिरहेको छ।’
अर्को समाचार
श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी छ: माधव नेपाल
१९ वैशाख २०८१
•
१ मिनेट पाठ
श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।




अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए। 

संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै उनले मजदुर वर्गको अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमजीवीलाई शुभकामना दिएका हुन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा नीति निर्माणमा श्रमिक वर्गको सहभागितासहित सबै प्रकारका विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिए। 

श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न उनले सरकारसँग आग्रह गरे । समाजको क्रान्तिकारी रूपान्तरणका लागि सबै प्रकारका विभेद्, शोषण, दमन र अन्यायसँग जुधेर श्रमजीवी वर्गको हितको रक्षा गर्नुपर्ने उनको भनाइ छ।

लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिएको छ। 

स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ। 

अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ।’
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस