पुरानै कानुनमा चल्दै गैसस
१४ वैशाख २०७८
•
३ मिनेट पाठ
पुरानै कानुनमा चल्दै गैसस
संविधानसहित सबै क्षेत्रका कानुन पटक–पटक परिवर्तन भइसक्दा पनि गैरसरकारी संघ–संस्था दर्ता, सञ्चालन र नियमन गर्ने कानुन समयसापेक्ष बन्न सकेको छैन । संघ–संस्था ऐन २०३४ अनुसार सञ्चालन भइरहेका गैरसकारी संघ–संस्थाले कानुनी कठिनाईकै कारण सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण बनिरहेको छ ।  




संघ–संस्था सञ्चालनका लागि बनेको विधेयक झन्डै अढाई वर्षसम्म पारित नहुँदा गैरसरकारी संस्थाले प्रभावकारी ढंगले गतिविधि गर्न नसकेको सरोकारवालाले बताएका छन् । साझेदारीका माध्यमबाट सरकारलाई नै सघाउँदै नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले क्रियाशील सामाजिक संघ–संस्था पछिल्लो समय स्पष्ट कानुनकै अभावमा गतिहीन बन्नुपरेको पनि उनीहरूले गुनासो गरे ।

गैरसरकारी संस्था महासंघका १ नम्बर प्रदेश अध्यक्ष प्रकाश अधिकारीले पुरानो ऐन अहिले समयसापेक्ष नभएको बताए । ‘गैरसरकारी संस्थाले अहिले पनि २०३४ सालको ऐन टेकेर काम गर्नुपरेको छ,’ उनले भने, ‘संविधानदेखि सबै क्षेत्रका कानुन पटक–पटक परिवर्तन भइसक्दा पनि गैससको कानुन पुरानै हुँदा काम गर्न कठिनाई भइरहेको छ ।’ उनले नागरिक र सरकारबीच पुलको काम गर्ने उद्देश्यले गठन भएका संघ–संस्था अहिले भूमिकाहीनजस्तै बनिरहेको बताए । ‘कतिपय अवस्थामा गैससले पनि परिवर्तित समयलाई समात्न चाहिँ सक्नुपर्छ,’ उनले भने, ‘तर, बनेको विधेयकसमेत २० वर्षभन्दा बढी समयदेखि पास नहुँदाको समस्या संघ–संस्थामा परिरहेको छ ।’

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले स्थानीय सरकार गठन भएपछि गैरसरकारी संघ–संस्थाको आवश्यकता, औचित्य र भूमिका कम भएझैं देखिएको बताए । ‘देशको राजनीतिक, सामाजिकलगायतका सबैखाले परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गैससले आफूलाई अझ क्षमतावान् र दक्ष बनाएर क्रियाशील हुनुपर्छ,’ उनले भने, ‘तर, स्थानीय तहमा सरकार बनेपछि अहिले धेरै संघ–संस्था निष्क्रियझैं देखिएका छन् ।’ उनले सरकारलाई घच्घच्याउन, खबरदारी गर्न र उचित बाटो देखाउन पनि गैससको भूमिका महत्वपूर्ण हुने बताए ।  

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले गैससले समाजमा सरकारलाई आफ्नो आवश्यकता महसुस गराउनुपर्ने बताए । ‘समाज रुपान्तरणमा गैससको भूमिका निकै महत्वपूर्ण हुन्छ, दिगो विकासको एउटा साझेदारका रूपमा राज्यले गैससलाई लिएको छ,’ उनले भने, ‘तर, गैसस सञ्चालनका लागि बनेको विधेयक झन्डै २५ वर्षदेखि पारित नभई बसेकाले कतिपय कठिनाई भइरहेकै छन् ।’ उनले सबै गैससलाई जिल्ला प्रशासन कार्यालयमै दर्ता, नवीकरण गर्नुको सट्टा कार्यक्षेत्रका आधारमा स्थानीय तह, जिल्ला, प्रदेश र संघीय निकायमा दर्ताको प्रावधान बनाउनु प्रभावकारी हुने बताए । ‘गैससले काम गर्ने उद्देश्य पनि सकेसम्म थोरै र विशिष्ट राख्नुपर्छ,’ उनले भने, ‘धेरै काम गर्नुभन्दा कुनै विशिष्ट काम गरेका संस्था नै दिगो बन्न सक्छन् ।’

गैरसरकारी संस्था महासंघ जिल्ला शाखाको १५औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटनका सहभागी सरोकारवालाले गैससलाई समाजमा क्रियाशील रहन सुझाव दिए । जिल्लामा १ हजार २ सय १ गैरसरकारी संस्था दर्ता रहेकामा १ सय ७५ ले मात्र यो वर्ष नवीकरण गराएको तथ्यांक त्यस अवसरमा पेश गरियो । शाखा अध्यक्ष कमल नेपालले निश्चित अवधिभित्र पूरा गर्ने कामको उद्देश्यमात्र राखेर दर्ता भएका संस्थाले नवीकरण नगराउने गरेको बताए । ‘दर्ताको संख्या धेरै देखिएपनि निरन्तर सञ्चालित संस्थाले मात्रै नवीकरण गराउँछन्,’ उनले भने, ‘क्रियाशील संस्थाले मात्रै नवीकरण गराउँदा जिल्लामा यो संख्या करिब १४ प्रतिशतमात्र देखिन्छ ।’ उनले शाखामा १९ गैसस आबद्ध रहेको पनि जनाए ।  

साधारणसभा अवसरमा इलाम नगरपालिका–५, बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालय र इलाम नगरपालिका–७ की सामाजिक कार्यकर्ता बसन्ती घतानीलाई सम्मान गरियो । ग्रामीण क्षेत्रमा खुलेको पुस्तकालयले एम्बुलेन्ससमेत सञ्चालन गरी बिरामीलाई सेवा दिइरहेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस