फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार
०२ वैशाख २०७८
•
२ मिनेट पाठ
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार
सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ। प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङ लगायतका काम पूरा भएको बताए। ‘अब विमानस्थलमा विमान उडान–अवतरण गर्न चाहिँ सकिन्छ,’ उनले भने, ‘नाली निर्माण र सामान्य अरू काममात्र बाँकी छ। ती काम पनि भइरहेका छन्।’  




इन्जिनियर भट्टराईले यही वैशाखभित्र उडान–अवतरण सुरु गर्न प्राधिकरणले तयारी गरिरहेको बताए। ‘यही वैशाखभित्र उडान–अवतरण गर्ने गरी प्राधिकरणले तयारी गर्दैछ,’ उनले भने, ‘उडान–अवतरण त गर्दा हुने भएको छ तर सामान्य काम पनि सकेर अफिसियल रूपमै टेस्ट फ्लाइट गर्ने तयारी गर्दैछौं।’ विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको हो।

इलाम नगरपालिकाले नगरको वडा ९ मा निर्माण भएको विमानस्थलका लागि जग्गा व्यवस्थापनको काम गरेको हो। नगरले विमानस्थल कालोपत्रे भई उडानका लागि करिब तयार भइसकेकाले उडान–अवतरण सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ। मेयर महेश बस्नेतले मन्त्रालयले चाँडै नै उडान–अवतरण व्यवस्थापन गर्ने जानकारी आएको बताए।

धावनमार्गमा १५ महिनाअघि कालोपत्रे निर्माणको प्रक्रिया थालिएको थियो। विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन पनि निर्माण भइसकेको छ। ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘भर्खरै ९ करोड रूपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङ लगायतको काम भइसकेको छ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रूपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।  

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्विनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्विनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुन सक्ने प्राविधिकले जनाएका छन्। ट्विनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भए पनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रूपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रूपैया“ खर्च भएको थियो। 
अर्को समाचार
पूरा हुँदै विमानस्थल सपना
०८ वैशाख २०७८
•
६ मिनेट पाठ
पूरा हुँदै विमानस्थल सपना
इलाम नगरपालिका–९ गोलाखर्कछेउ विशाल लामा अहिले निकै हर्षित छन्। डेढ दशकअघि विमानस्थल बनाउने नाममा आफ्नो घरबारी छाडेर हिँड्दा उनलाई नरमाइलो लागेको थियो। ‘विमानस्थल बनाउने निहुँमा हामीलाई गाउँबाट लखेटियो भन्ने लागेर त्यसबेला डाँको छाडेको थिएँ,’ उनले मंगलबार नागरिकसँग भने, ‘तर, अहिले त्यही जग्गामा कालोपत्रे भएको विमानस्थल देख्दा कम्ति खुसी लागेको छैन।’  




उनले त्यतिबेला घर–जग्गा छोड्दाको दुःख अहिले बिर्सिने अवस्था आएको बताए । ‘हामीले सुरुमा यहाँ विमानस्थल बन्छ भनेर कल्पनासम्म गरेका थिएनौं, हामीलाई बिनाबित्थामा घरबारविहीन बनाएको सम्झेका थियौं,’ उनले सुनाए, ‘तर, करिब १७ वर्षपछि विमानस्थल बन्यो, अब इलामवासीले घर–आँगनबाटै प्लेन चढ्न पाउने भएकामा खुसी छौं।’  

त्यतिबेला उनको धन–सम्पत्तिका नाममा फुसले छाएको झुप्रो र जमिनमात्रै थियो। जग्गाको मूल्य राम्रो थिएन । मूल्य नै कम भएको जमिनलाई उनले थोरैमात्र मुआब्जा लिएर विमानस्थललाई दिए । ‘करिब २८ रोपनी जमिन मैले विमानस्थललाई छाडिदिएँ,’ उनले भने, ‘जग्गा दिएपछि विमानस्थल निर्माणको काममा पनि सघाएँ, अहिले विमानस्थल यो अवस्थामा देख्दा हर्ष लाग्छ।’ उनले विमानस्थल नजिकै सानो अर्काे घर पनि बनाइसकेका छन्।  

त्यतिबेला विमानस्थललाई जग्गा छाडिदिँदा विशाल मात्र होइन, यहाँका ३१ परिवारको अवस्था उस्तै थियो । स्थानीयले थोरै मुआब्जा लिएर भएपनि ठूलो विकासे कामलाई ‘छाती फराकिलो’ बनाइदिएपछि अहिले विमानस्थल उडान–अवतरणको अवस्थामा आइपुगेको हो।

अर्का स्थानीय धनिन्द्र तामाङ आँगनबाटै विमान चढ्ने आफूहरूको मात्र होइन, इलामवासीकै सपना पूरा भएको बताउँछन्। ‘विमानस्थल बन्ने आशामा हामी धेरैले त खुसीले नै जग्गा दिएका थियौं,’ उनले भने, ‘विमानस्थल अहिले निकै आकर्षक भएको छ, अब प्लेन उड्ने अवस्थामा आएको देख्दा खुसी लाग्छ ।’  

उनले आफूले यही विमानस्थलमा परीक्षण उडान पनि हेरेको र खुसी लागेको सुनाए । उनले इलामजस्तो ठाउँमा जहाज आउनु नै गौरवको विषय भएको बताए । तामाङले विमानस्थललाई त्यसबेला ५ रोपनी जमिन दिएका थिए । उनी अहिले विमानस्थलभन्दा केही तल माइखोलाको किनारमा बसाइँ सरेका छन् ।स्थानीय इन्द्र तामाङ, चन्द्र तामाङ, डम्बरबहादुर नेपाल, प्रेम बमजनलगायतले विमानस्थललाई १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए।  

इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ। इलामस्थित पर्यटन सरोकार समिति अध्यक्ष विजय राई इलामबाटै विमान चल्न थालेपछि अहिलेभन्दा पर्यटकको आउ–जाउ बाक्लिने बताउँछन्।

‘विमानस्थल बन्दा इलामकै लागि धेरै पर्यटक थुप्रिहाल्छन् भन्ने त होइन तर आउ–जाउ बढ्न चाहिँ बढ्छ,’ उनले भने, ‘विमानस्थल चलेपछि स्थानीय व्यवसायीलाई फाइदा नै हुन्छ।’ उनले यहाँ विमानस्थल सञ्चालनमा आएपछि ताप्लेजुङ र भद्रपुर विमानस्थल आउने कतिपय जहाजसमेत इलाम नै आउनसक्ने बताए। ‘ताप्लेजुङ र भद्रपुर दुवैतिर विमान उडान–अवतरणका लागि मौसमले निकै असर गरिरहेको हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा पनि इलामको विमानस्थलमा चाप बढ्नसक्छ।’  

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थलमा सामान्य रेखांकनलगायत कामबाहेक निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाइसकेको छ। धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायतका काम पूरा भएको छ भने नाली निर्माणको काम भइरहेको छ।  

‘अब विमानस्थलमा विमान उडान–अवतरण गर्न सकिन्छ,’ प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले भने, ‘नाली निर्माण र सामान्य अरू काम मात्र बाँकी छ । ती काम सक्न पनि अब धेरै समय लाग्दैन।’ यही वैशाखभित्र उडान–अवतरण सुरु गर्ने गरी प्राधिकरणले तयारी गरिरहेको छ। ‘यही वैशाखभित्र उडान–अवतरण गर्नेगरी प्राधिकरणले तयारी गर्दै छ,’ उनले भने, ‘उडान–अवतरण त गर्दा हुने भएको छ तर सामान्य काम पनि सकेर अफिसियल रूपमै टेस्ट फ्लाइट गर्ने तयारी गर्दैछौं।’  

इलामको विमानस्थल काठमाडौंबाट भद्रपुरभन्दा थोरै समयमै आउ–जाउ गर्न सकिने अनुमान छ। यहाँ विमानस्थल बनेपछि इलाम मात्र नभई पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्विनअटर विमानका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन् । ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।  

इलाम नगरपालिकाले नगरको वडा ९ मा निर्माण भएको विमानस्थलका लागि जग्गा व्यवस्थापनको काम गरेको हो । नगरले विमानस्थल कालोपत्रे भइ उडानका लागि करिब तयार भइसकेकाले उडान–अवतरण सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । मेयर महेश बस्नेतले मन्त्रालयले चाँडै नै उडान–अवतरण व्यवस्थापन गर्ने जानकारी आएको बताए।  

धावनमार्गमा १५ महिनाअघि कालोपत्रे निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन पनि निर्माण भइसकेको छ । ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘भर्खरै ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङलगायतको काम भइसकेको छ ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए। धेरै पटकको प्रयासपछि निर्माणाधीन विमानस्थलमा ‘टेस्ट ‘फ्लाइट’ गरिएको थियो। टेस्ट फ्लाइटमा आएका क्याप्टेन सञ्जीव श्रेष्ठले त्यतिबेला कच्ची नै भएपनि यो विमानस्थलमा उडान–अवतरणमा कतै समस्या नभएको र उडान सफल भएको बताएका थिए। उनले भनेका थिए, ‘विमानस्थलको बनावट, वरपरका डाँडाकाँडाको अवस्थितिले पनि साथ दिएको रहेछ।’ अहिले विमानस्थल कालोपत्रे नै भएपछि उडान–अवतरणमा अझ सहज भएको छ।

त्यतिबेला आएका चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरेले रनवेको सतह मिलाउन बाँकी देखिएको बताएका थिए। उनले पिकअप र ल्यान्डिङका बेला हुनसक्ने अप्ठ्यारा सहज बनाउन बाँकी रहेको बताएपछि उनकै सुझावअनुसार पुनः विमानस्थलको अग्लो भाग होच्याएर अझ सम्याइएको छ।  

यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त हुने प्राधिकरणले जनाएको छ। विमानस्थलको उडान र अवतरण हुने बिन्दुलाई प्राविधिक भाषामा ‘०८/२६’ नामकरण गरिएको छ। पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गई विमान मैदानमा बस्ने र विपरीत दिशाबाट उडान गर्ने व्यवस्था मिलाइएको छ । विमानस्थलमा स्थायी टर्मिनल भवन बनाउन बाँकी छ। यो समेत लगानी गर्दा विमानस्थलको जम्मा लागत करिब ४५ करोड रुपैयाँ पुग्ने अनुमान छ। विमानस्थल वरपर सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।  

३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो। २०६७ चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विमानस्थल शिलान्यास गरेका थिए । तर, बजेट नै कम आएकाले निर्माणमा निकै ढिलाइ भएको हो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो।  

जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले निमानस्थलका लागि चन्दा संकलनमा समेत सहयोग गरेका थिए। कांग्रेस नेता, कुलबहादुर गुरुङ, पूर्वसांसद केशव थापालगायतले विमानस्थल निर्माणमा सहयोग गरेका थिए । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया“ खर्च भएको थियो। यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। अहिले इलामका बासिन्दाले करिब ३ घन्टाको दूरीमा रहेको झापाको भद्रपुर विमानस्थल प्रयोग गरिरहेका छन्।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस