पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा ज्ञानप्रसाद मिश्र चयन भएका छन्। महासंघको छैटौं साधारणसभाले मिश्र अध्यक्ष रहेको ९ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा केशवप्रसाद भट्टराई, सचिवमा भेषराज पौडेल र कोषाध्यक्षमा यिगेन्द्रकुमार गुरुङ चयन भएका छन्। इन्द्रबहादुर गुरुङ, दिनेश अधिकारी, खेमराज पौडेल, दिनेश भट्टराई र खेमराज केसी सदस्यमा चयन भएको समिति अध्यक्ष मिश्रले जानकारी दिए।