‘रानीमहललाई हेरिटेज होटल बनाउनु हुँदैन’
१३ फागुन २०७७
•
४ मिनेट पाठ
‘रानीमहललाई हेरिटेज होटल बनाउनु हुँदैन’
तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन् । नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो । ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने भन्दै यहाँ भित्रिने पर्यटक तथा स्थानीय बताउँदै आएका छन् ।  




यही सोमबार खोटाङबाट रानीमहल अवलोकनका लागि आएको लोमस निरौलाको नवजोडी दिनभर रानीमहल क्षेत्रमा फोटो खिच्न व्यस्त थियो । रानीमहलको नाम सञ्चारमाध्यमबाट धेरै सुनेकाले आफूहरूको पहिलो गन्तव्य रानीमहल बनेको बताउँदै थिए । ‘पुरातात्विक महत्वको राष्ट्रिय सम्पत्ति हो । यसलाई होटल बनाउनुभन्दा यसको जगेर्ना गर्ने र पहिलेको जस्तो संरचना थियो, त्यस्तै संरचना राखेर हामी पछाडिका ५०औं पुस्ताले रानीमहल अवलोकन गरी प्रेम साटासाट गर्ने अवसर प्राप्त गरून्,’ लोमसले भने, ‘रानीमहल होटल होइन, रानीमहलकै रूपमा रहनुपर्छ ।’  

वामिटक्साल गुल्मीबाट रानीमहल वनभोज खान पुगेकी शिला खराल भन्छिन्, ‘यति धेरै महत्व बोकेको, यति धेरै पुरानो, पुरातात्विक सम्पदालाई होटल बनाउनु यसको गलत प्रयोग गर्नु हो । यसको प्रवद्र्धन गर्नुपर्छ, यसको संरक्षण गर्नुपर्छ, यसलाई पर्यटकीय स्थल बनाउनुपर्छ ।’  

पर्वतका रामप्रसाद ढकालले नेपालकै ऐतिहासिक ठाउँ देश तथा विदेशमा नेपालको ताजमहल भनेर चिनिने भएकाले यसको उचित संरक्षरण, संवद्र्धन र प्रवद्र्धन हुन नसकेको कारण अझै पनि कताकता ओझेलमा परेको हो कि भन्ने लागेको बताए । ‘पछिल्लो केही वर्षयता देशविदेशबाट पर्यटकहरू आउने क्रम बढेको छ,’ शिक्षकसमेत रहेका ढकालले भने, ‘युवापुस्तालाई यसले आकर्षित गरेको छ । यसलाई तिनै तहको सरकारले विशेष पहल गरेर विशेष विकास गरिनुपर्छ न कि होटलको रूपमा ।’  

तिलोत्तमा नगरपालिका रुपन्देहीकाका विष्णुप्रसाद ज्ञवालीले हजारौं पुर्खाको त्याग र परिश्रमबाट रानीमहलले स्वरुप प्राप्त गरेको भन्दै होटल बनाउने कुराबाट आफू आश्चर्यमा परेको बताए । बुटवल रुपन्देहीका रामप्रसाद पंगेनीले रानीमहललाई नै होटल होइन यसको आसपासमा राम्रा होटलको व्यवस्थापन गर्नुपर्ने बताए ।  

नेपाल पर्यटन बोर्डले सात प्रदेशका सात वटा महत्वपूर्ण पर्यटकीय प्रोडक्टको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउने विषयमा रानीमहललाई पनि अगाडि सारेपछि रानीमहल चर्चामा आएको हो । रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा र्‍याफ्टिङ, गण्डकीकिनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा अगाडि सारेको छ । रानीमहललाई खण्डहरबाट जोगाउन व्यावसायिक उपयोगमा लैजानुपर्ने पर्यटन बोर्डले बताएको छ ।  

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने बताए । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने श्रेष्ठको सुझाव छ । ‘रानीमहलमा म्युजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न ।’ जिल्लाका सरोकारवालाहरूले रानीमहललाई होटल बनाउन नहुने भन्दै सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । कालीगण्डकीको उत्तरवाहिनी मोड, गण्डकी तटमा अवस्थित रानीमहललाई नेपालमा प्रेमको प्रतीक रुपमा लिने गरिएको छ । सरकारले होटलको प्रस्ताव अगाडि सारेर रानीमहलप्रति चिन्ता व्यक्त गरेकोमा पाल्पाका कृष्ण थापाले धन्यवाद व्यक्त गरे । तर रानीमहलमा होटलको नभई संरक्षणको आवश्यकता रहेको उनको तर्क छ । तानसेन नगरप्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालन गर्ने भनेर तानसेन नगरपालिकाले निर्णय गरिसकेको बताए ।  

के हो रानीमहल ?  

१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । रानीमहल १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदीको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको थियो ।  

प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ । प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भीड लाग्ने गर्दछ । धार्मिक र प्रर्यटकीय रूपले महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।  

तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको थियो । साउन १० गते मन्त्रालयमा आयोजित समारोहबीच तत्कालीन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई रानीमहल हस्तान्तरणको सहमति पत्र प्रदान गरेका थिए ।
अर्को समाचार
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
२१ फागुन २०७९
•
२ मिनेट पाठ
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो।




पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ। विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ। रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो।  

नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन्। दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन्। गत वर्ष सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ। 'विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व संकलन गरेको थियो', प्रवक्ता कार्की भन्छन्, 'यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो।'

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो। यो वनभोजस्थल पनि हो। पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ। चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन्। शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन्।

श्रीनगर अवलोकनबाट नगरपालिकाले १५ लाख राजस्व संकलन गरेको छ। यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ। श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको सङ्ख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए। चालु आवदेखि नगरपालिका आफैंले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो।  

नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि ५० तोकेको छ। सार्क देशका लागि ८० र अन्य मुलुकका नागरिकले एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन्। त्यस्तै श्रीनगर अवलोकनका लागि २०  लिने गरिएको छ। नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन्। रासस
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस