चिनी उद्योगले उखु पाउनै छोडे
०२ फागुन २०७७
•
३ मिनेट पाठ
चिनी उद्योगले उखु पाउनै छोडे
दशक अघिसम्म पश्चिम नवलपरासीमा ३२ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो। जिल्लाका तीनवटा चिनी उद्योगले तीन महिना लगातार उखु क्रसिङ गर्थे। दुई लाख ८८ हजार क्विन्टल हाराहारी चिनी उत्पादन हुन्थ्यो। तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासीनताले अहिले उखु किसानलाई मात्रै होइन चिनी उद्योगलाई पनि धराशयी बनाएको छ।




उद्योगीको दादागिरीबाट आजित किसानले उखु खेती मासेका छन्। भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन। यही कारण यहाँका तीनवटा चिनी मिल सञ्चालन हुन सकिरहेका छैनन्। सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोस्रो साता क्रसिङ सुरु गरेको थियो। पर्याप्त उखु नपाएपछि एक साता नहुँदै मिल बन्द गरियो।

क्रसिङको सूचना किसानका घरघरै पुर्‍याउँदा पनि अधिकांश किसानले भेली उद्योगलाई उखु बेचिदिए।उखु नै नपाएपछि उद्योग नियमित रूपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए। दैनिक १५ हजार क्विन्टल उखु क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा दुई लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ। पोहोर यो उद्योगले सात लाख ७० हजार क्विन्टल क्रसिङ गरेको थियो।

‘यसपालि उखु पर्याप्त नपाएपछि उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं,’ महाप्रबन्धक काफ्लेले भने। उनका अनुसार पूर्ण क्षमतामा उद्योग चलाउन नपाए उत्पादन लागत बढ्छ। नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ। यी दुई उद्योग पोहोर चलेनन्।

यी उद्योगले दुई वर्षअघिकै उखुको पैसा किसानलाई दिन बाँकी छ। चिनी मिलले भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली उद्योगलाई बेचिदिए। इन्दिराले वर्षौंदेखि किसानलाइ प्रताडित गर्दै आएकाले प्रतापपुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए। ‘इन्दिराले किसानलाई साह्रै रुवायो।

कहिल्यै समयमा पैसा दिएन। आफ्नै पैसा माग्दा हामीलाई नै धम्की दिइयो, धेरै सह्यौं अब सहँदैनौं,’ यादवले भने।सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान वर्षौंदेखि पिडित छन। सरकारले तोकेको मूल्य समेत नदिएर सताएपछि मिल गेट एरियाका किसानले उखु मासेर अन्य बाली लगाए। सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौं भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए।

‘धेरैले उखु मासिसके भएकाले पनि लुम्बिनीलाई नदिने भनेर भेली उद्योगलाई बेचिदिए,’ यादवले भने। २०७५ सालमा दुई लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन। मिल गेट एरियाको उखु मारिएपछि नवलपरासीकै प्रतापपुर क्षेत्र र कपिलवस्तुबाट ल्याउने तयारी छ। आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्विन्टल ५२५ रूपयाँ नगदमा खरिद गर्ने भनेको छ। तर किसान भने अझै पनि उसलाई उखु दिन राजी छैनन्।

लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आचार्यले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्विन्टल ५२५ रूपैयाँ नगदमा उखु खरिदको तयारी भइरहेको बताए। महाप्रबन्धक आचार्यले उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अब नयाँ योजनाका साथ गति लिने दाबी गरे।

‘गुमेको विश्वास फर्काएर उखु खेती बिस्तारका लागि किसानसँग सहकार्य गर्दैछौं,’ आचार्यले भने। मिलगेट एरियाका किसानलाई पुनः उखु खेतीमा फर्काउन सिड लोन (उन्नत बिउ) कार्यक्रम सुरु गरेको जानकारी दिए। उद्योगले दिएको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाई दिनुपर्छ। यति गरेपछि लोन चुक्ता हुनेछ।  

सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन्। पोहोर साढे सात हजार हेक्टरमा लगाइएको उखु यो वर्ष घटेर पाँच हजार हेक्टरमा सीमित भएको छ। उखु लगाएकाले पनि भेली बनाउने उद्योगलाई बेचेका छन्। भेली उद्योगले प्रतिक्विन्टल ५२० रूपैयाँ नगदमा उखु खरिद गरिदिएपछि किसान त्यता आकर्षित भएका हुन्।

उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ। यस्तै अवस्था रहिरहे ३–४ वर्षमा चिनी उद्योगहरू धराशयी हुने निश्चित छ, जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनीमा फेरि परनिर्भरतातर्फ धकेल्ने छ।
अर्को समाचार
चिनी उद्योगले उखु पाउनै छोडे
२९ माघ २०७७
•
३ मिनेट पाठ
चिनी उद्योगले उखु पाउनै छोडे
नवलपरासीको सुस्ता स्थित भेली उद्योगमा क्रसिङकालागि राखिएको उखु र उखुको रस पकाएर भेली बनाइदै । तस्विरः रेखा भुसाल÷नागरिक
एकदशक अघिसम्म पश्चिम नवलपरासीमा ३२ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो । जिल्लाका तीनवटा चिनी उद्योगले तीनमहिना लगातार उखु क्रसिङ गर्थे । करिब २ लाख ८८ हजार क्विन्टल चिनी उत्पादन हुन्थ्यो । तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाइ मात्रै हैन चिनी उद्योगलाइ पनि धरासायी बनाएको छ । उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन् । भएकाले पनि उद्योगलाइ उखु दिनै छाडेका छन् ।




जसका कारण यहाँका तीनवटा चिनी मिल संचालन हुन सकिरहेका छैनन् । सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोश्रो साता देखि क्रसिङ सुरु गरेको थियो । तर प्रयाप्त उखु नपाएपछि एकसाता नहुँदै मिल बन्द गरियो । क्रसिङको सूचना किसानका घरघरै पु¥याउदा पनि अधिकाँश किसानले भेली उद्योगलाइ उखु बेचिदिए  । उखु नै नपाएपछि  उद्योग नियमित रुपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए ।  

दैनिक १५  हजार क्विन्टल उखु  क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा २ लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ । पोहोर यो उद्योगले ७ लाख ७० हजार  क्विन्टल क्रसिङ गरेको थियो । ‘यसपाली उखु प्रयाप्त नपाएपछि  उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं,’ महाप्रबन्धक काफ्लेले भने । उनका अनुसार पूर्ण क्षमतामा उद्योग चलाउन नपाउँदा उत्पादन लागत बढ्छ ।

नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ । यी दुइ उद्योग पोहोर चलेनन् । यी उद्योगले दुइवर्ष अघिकै उखुको भुक्तानी अझै पुरा दिएका छैनन् । तीन बर्ष अघिकै भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली  उद्योगलाइ उखु बेचिदिए । इन्दिराले बर्षौदेखि किसानलाइ प्रताडित गर्दै आएकाले प्रतापुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए । ‘इन्दिराले किसानलाइ साह्रै रुवायो । कहिल्यै समयमा पैसा दिएन । आफ्नै पैसा माग्दा हामीलाइ नै धम्की दिइयो, धेरै सहयौं अब सहदैनौ,’ यादवले भने ।

सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान बर्षौदेखि पीडित छन । सरकारले तोकेको मुल्य समेत नदिएर सताएपछि मिल गेट एरीयाका किसानले उखु मासेर अन्य बाली लगाएका छन् । सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौसम्म भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए । ‘धेरैले उखु मासिसके, भएकाले पनि लुम्बिनीलाइ उखु नदिने भनेर भेली उद्योगलाइ बेचिदिए,’ यादवले भने ।  
२०७५ सालमा २ लाख क्विन्टल बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन । मिल गेट एरीयाको उखु मासिएपछि नवलपरासीकै प्रतापुर क्षेत्र र कपिलबस्तुबाट उखु ल्याउने तयारी छ । आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्विन्टल ५२५ रुपैयाँ नगदमा खरिद गर्ने भनेको छ । तर किसान भने अझैपनि उसलाइ उखु दिन राजी छैनन । लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आर्चायले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्विन्टल ५२५ रुपैयाँ नगदमा उखु खरिदको तयारी भइरहेको बताए ।

महाप्रबन्धक आर्चायले  उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अव नयाँ योजनाका साथ गती लिने दावी गरे । ‘गुमेको विश्वासलाइ फर्काएर उखु खेती बिस्तारका लागि किसानसँग सहकार्य गर्दैछौ,ं’ आर्चायले भने । मिल गेट एरियाका किसानलाइ पुनः उखु खेतीमा फर्काउन सिड लोन अर्थात उन्नत बिउ कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । उद्योगले प्रदान गरेको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाइ दिएपछि सिड लोन चुक्ता हुनेछ ।  

सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन । पोहोर साढे ७ हजार हेक्टरमा लगाइएको उखु यो बर्ष घटेर जम्मा ५ हजार हेक्टरमा सिमित भएको छ । उखु लगाएकाहरुले पनि भेली बनाउने उद्योगलाइ उखु बेचेका छन । भेली उद्योगले प्रतिक्विन्टल ५२० रुपैयाँ नगदमा उखु खरिद गरिदिए पछि किसानहरु त्यतातिर आकर्षित भएका हुन ।

उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ । यस्तै अवस्था रहिरहे ३÷४ बर्षमा चिनी उद्योगहरु धरशायी हुने निश्चित छ । जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनी उत्पादनलाइ फेरि परनिर्भता तर्फ धकेल्नेछ ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस