माउन्ट केटूमा नेपालीले रचे इतिहास
०५ माघ २०७७
•
३ मिनेट पाठ
माउन्ट केटूमा नेपालीले रचे इतिहास
पर्वतारोहणको क्षेत्रमा नेपालले विश्वमै दुर्लभ कीर्तिमान कायम गर्न सफल भएको छ। साभेज माउन्टेन अर्थात पलपलमा मारिन सक्ने खतरनाक हिमालको उपमा पाएको माउन्ट केटू हिउँद याममा पहिलो आरोहण गरेर १० जना नेपालीले इतिहास रचेका हुन्। पाकिस्तान र चीनको सिमाना काराकोरम रेन्जमा रहेको ८६११ मिटर अग्लो केटू यसअघि जाडो मौसममा कुनै पनि आरोही चढ्न सकेका थिएनन्।  




यसअघि आठ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये यो हिमालमा मात्रै हिउँदमा आरोहण हुन सकेको थिएन। स्थानीय समय अनुसार शनिबार साँझ चार बजेर ५८ मिनेट जाँदा नेपाली आरोहस्को टोली एकसाथ चुचुरो पुगेको हो। नेपाली टोलीले जाडोयाममा केटूको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको हो।

आरोहण व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौंस्थित सेभेन समिट ट्रेकका अध्यक्ष निङ्मा शेर्पाका अनुसार डिसेम्बर १५ मा आरोहणका लागि ५८ जनाको नेपाली टोली पाकिस्तान गएको थियो। समूहमा विभाजन भएर आरोहण गरेका टोलीका १० आरोहीले इतिहास रचेका हुन्। आरोहण गर्नेमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मातेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावातेम्बा शेर्पा, किलीपेम्बा शेर्पा र दावातेन्जिङ शेर्पा रहेको अध्यक्ष शेर्पाले बताए । आधार शिविरमै रहेर उक्त टोलीको नेतृत्व चाङ दावा शेर्पाले गरेका हुन्।

उनले केटूको चारचोटि आरोहण गरिसकेका छन्। नेपालबाट गएको उक्त टोलीमा अमेरिका, बेलायत, नेदरल्यान्ड्स, बुल्गेरिया, स्पेन, स्विजरल्यान्ड, फिनल्यान्ड र ग्रिसका २६ जना विदेशी आरोही समेत थिए। तर चुचुरोमा भने नेपाली मात्रै पुगेका हुन्। अध्यक्ष शेर्पाका अनुसार सात वर्षयता केटू हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको सेभेन ट्रेकले योपटक पहिलो चोटि जाडोयाममा आरोहण टोलीलाई त्यसतर्फ पठाएको थियो।

‘आरोहण दलमा आठ हजार मिटरमाथिका हिमाल आरोहण गरिसकेका आरोही थिए। आरोहीको साहसकै कारण नेपालको शीर उँचो राख्न सफल भएको छ,’ उनले भने, ‘आरोहण दलको नेतृत्वकर्ता (चाङ दावा शेपा) समेत आठ हजार मिटर उचाइका १४ हिमाल चढिसकेका आरोही हुन्। पछिल्लो समय आरोहणका लागि नेपालका हिमालहरू सुरक्षित छन् भन्ने सन्देश प्रवाह आवश्यक रहेको बेला नेपाली आरोहीको साहसले पुनः विश्वको ध्यान नेपालको आरोहण क्षेत्रमा तानिएको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्।

२४औं पटक सगरमाथा चढेर कीर्तिमान राखिसकेका अग्रज आरोही कामीरिता शेर्पाले नेपाली आरोहण दलले रचेको इतिहासको खुलेर प्रशंसा गरे। संसारभरका आठ हजार मिटरभन्दा माथिका सबै हिमालमा जाडो याममा आरोहण भए पनि केटूमा हुन सकेको थिएन। उनले भने, ‘अन्ततः जोडोमा आरोहण सफल गर्ने टोलीमा नेपाली शेर्पाको साहसले विश्वको मन जितेको छ ।’ केटू आरोहणले नेपालको पर्वतीय पर्यटनमा टेवा नपुगे पनि पाकिस्तानले भने अब हिउँदमा समेत आरोहण गराउन सक्ने उनको भनाइ छ। आरोहणको लागि आउने विदेशीले नेपाली गाइडले भनेको नमान्ने प्रवृत्तिमा पनि सुधार हुन सक्ने उनको अपेक्षा छ। 

‘अत्यन्तै कठिन भूगोलका बाबजुद नेपाली गाइडबाट आरोहण गर्दा वा प्रशिक्षण लिँदा आरोहण सफल र सुरक्षित हुने रहेछ भन्ने केटूको आरोणले विश्व समुदायलाई विश्वास दिलाएको छ,’ उनले नागरिकसँग भने। आरोहणको खबरलाई विश्वविख्यात सञ्चारमाध्यमले प्रमुखताका साथ स्थान दिएका छन्।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१० मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस