पर्यटनमन्त्री भानुभक्त ढकालको विहीबार बिहान पौने ११ बजे भैरहवाबाट पोखराका लागि उड्ने तालिका थियो । तर, उनी चारघण्टा ढिला गरेर मात्र भैरहवाबाट उड्न पाए । पोखरा आउन ढिलाई हुँदा मन्त्री ढकाल सहभागि हुने भनिएका कार्यक्रम समेत प्रभावित भए ।
त्यस्तै काठमाडौंबाट हेलिकप्टरमा पर्वतको शंकरपोखरी जान थालेका कांग्रेस सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आकस्मिक अवतरण ग¥यो । केहीबेर पालुङटार रोकिएको हेलिकप्टर पछि उडेर पर्वत पुगेको थियो ।
ढकाल र देउवाको उडानमा ढिलाई र अवरोध हुनुमा बाक्लो हुस्सु कारक थियो । पोखरा र आसपासको क्षेत्रमा पछिल्लो केहीदिनदेखि बाक्लो हुस्सु लाग्दा त्यसको अप्ठेरो हवाई उडानमा परेको छ । बाक्लो हुस्सुको त्यही मारमा मन्त्री ढकाल र सभापति देउवा परेका थिए । तोकिएको समयमा गन्तव्यमा पुग्दा नसक्दा कार्यक्रम समेत प्रभावित भएका थिए ।
हुस्सुले पछिल्लो चारदिनदेखि मध्यान्ह १२ बजेपछि मात्र पोखरा विमानस्थलबाट उडान भईरहेको उनले बताए । घाम लागेपनि हुस्सुले नछाड्दा ढिलाई भइरहेको उनको भनाई छ । बिहानभर रोकिएका उडान विमानस्थल खुलेसँगै एकैपटक उडाउँदा यात्रु र जहाज व्यवस्थापनमा पनि अप्ठेरो पर्ने गरेको उनले बताए । ‘१२ बजेपछि विमानस्थल खुल्छ । अनि छोटो समयभित्रै ५–६ वटा जहाज काठमाडौंबाट पोखराका लागि उड्छन,’ उनले भने, ‘जहाज अवतरण गरेपछि ओर्लिएका र पोखराबाट उडानको पर्खाइमा रहेका यात्रु चढाउने व्यवस्थापन गर्न पनि कठिन हुने गरेको छ ।’
लामो समय उडान रोकिँदा टर्मिनल भवन पनि भीडभाड हुन गरेको छ । कुनैदिन त पाँचसय जना यात्रुसम्मको भीडभाड हुने गरेको छ । कोरोना भाइरस संक्रमणको कारणले यात्रुलाई भौतिक दूरी कायम राखेर व्यवस्थापन गराउनुपर्ने भएपनि उडान रोकिँदा यात्रु चाँप बढ्ने उनले बताए । ‘टर्मिनलभित्र दुईसय जना यात्रुलाई मात्र राख्न सकिन्छ । भीड बढ्दा कतिपय यात्रु बाहिरै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘लामो समय रोकिएका उडान एकैपटक सुचारु हुँदा यात्रुलाई हतारो समेत हुने गरेको छ ।’
यतिबेला यती एयरलाइन्सले पोखराबाट काठमाडौंका लागि दैनिक चारवटा उडान गरिरहेको छ । त्यस्तै श्री एयरलाइन्सले एउटा उडान गर्छ । बुद्धले काठमाडांै मात्र सातवटा, भैरहवा र भरतपुर समेत गर्दा बुद्धका दैनिक उडान नौवटासम्म हुने गरेका छन् । हुस्सुले गर्दा भरतपुर र भैरहवाका विमानस्थल खुल्न पनि समय लाग्ने गर्दा त्यसको मार पोखराले पनि खेप्नुपरेको सुवेदीको भनाई छ ।
हुस्सुका कारण उडानमा अवरोध हुँदा व्यवस्थापनमा समेत हम्मेहम्मे हुने गरेको एयरलाइन्सका पदाधिकारीको भनाई छ । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने, ‘यात्रु सम्हाल्नै गाह्रो हुन्छ । बेलैमा उड्न नपाउँदा यात्रु र एयरलाईन्सलाई तनाव हुन्छ ।’ हरेक वर्ष यो सिजनमा हुस्सुले उडानमा अवरोध गरेपनि यो पटक लामो समयदेखि नियमितजसो अप्ठेरो पारेको उनले बताए । ‘एकमहिनादेखि बारम्बार उडानलाई बाक्लो हुस्सुले रोकेको छ,’ बरालले भने, ‘विमानस्थल खुल्नै समय लाग्दा तोकिएको समयमा उडान हुन सकेका छैनन ।’

सामान्य अवस्थामा पछिल्लो समय पोखराबाट बिहान ८ः४५ मा काठमाडौंका लागि उडान सुरु हुन्छ । पोखराबाट हुने अन्तिम उडानको समय ३ः४५ बजे हो । तर, हुस्सुका कारण पछिल्लो समय कुनैपनि हवाई उडान समयमा हुन सकेका छैनन् । त्यसले यात्रुलाई मार परेको छ । समयमा हवाई उडान नहुँदा यात्रुलाई गन्तव्यमा पुग्न सकस परेको छ । घन्टौ समय कुरेर मात्र यात्रुले यात्रा गर्न पाएका छन् ।पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पछिल्लो चारदिनदेखि पोखराबाट हुने हवाई उडानमा निकै नै अवरोध आईरहेको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी नपुग्दा तोकिएको समयमा उडान हुन नपाएको उनले बताए । सुवेदीका अनुसार हरेकदिनका उडान तीनघण्टासम्म ढिलाई हुने गरेको छ । ‘काठमाडौंबाट बिहान आठबजे नै जहाज पोखरा आइपुग्नुपर्ने हो । तर, हुस्सुले गर्दा विमानस्थल खुल्दा नै १२ बजिसकेको हुन्छ,’ सुवेदीले भने, ‘डाँडाकाँडा ढाकिने गरि बाक्लो हुस्सु लाग्दा विमानस्थल खुल्नै पाउँदैन । त्यही भएर उडान ढिला हुने गरेको छ ।’ ढिलागरि उडान हुँदा यात्रु व्यवस्थित गर्न हम्मेहम्मे हुने गरेको उनले बताए । बिहान ढिलाई हुँदा बेलुकीसम्मका उडान पनि प्रभावित हुने उनले बताए । पोखराबाट काठमाडौंका लागि हुने अन्तिम उडानको समय ३ः४५ बजे भएपनि बेलुकी पाँचबजेसम्म पनि उडान गर्नुपरेको उनले बताए । ‘१०–१५ मिनेट ढिलाई हुनु सामान्य हो । तर, अहिले घन्टौसम्म उडान रोकिँदा यात्रुलाई सकस हुन्छ । उडान व्यवस्थापन गर्न, यात्रु सम्हाल्न विमानस्थललाई पनि हम्मेहम्मे पर्छ,’ सुवेदीले भने ।
हुस्सुले पछिल्लो चारदिनदेखि मध्यान्ह १२ बजेपछि मात्र पोखरा विमानस्थलबाट उडान भईरहेको उनले बताए । घाम लागेपनि हुस्सुले नछाड्दा ढिलाई भइरहेको उनको भनाई छ । बिहानभर रोकिएका उडान विमानस्थल खुलेसँगै एकैपटक उडाउँदा यात्रु र जहाज व्यवस्थापनमा पनि अप्ठेरो पर्ने गरेको उनले बताए । ‘१२ बजेपछि विमानस्थल खुल्छ । अनि छोटो समयभित्रै ५–६ वटा जहाज काठमाडौंबाट पोखराका लागि उड्छन,’ उनले भने, ‘जहाज अवतरण गरेपछि ओर्लिएका र पोखराबाट उडानको पर्खाइमा रहेका यात्रु चढाउने व्यवस्थापन गर्न पनि कठिन हुने गरेको छ ।’
लामो समय उडान रोकिँदा टर्मिनल भवन पनि भीडभाड हुन गरेको छ । कुनैदिन त पाँचसय जना यात्रुसम्मको भीडभाड हुने गरेको छ । कोरोना भाइरस संक्रमणको कारणले यात्रुलाई भौतिक दूरी कायम राखेर व्यवस्थापन गराउनुपर्ने भएपनि उडान रोकिँदा यात्रु चाँप बढ्ने उनले बताए । ‘टर्मिनलभित्र दुईसय जना यात्रुलाई मात्र राख्न सकिन्छ । भीड बढ्दा कतिपय यात्रु बाहिरै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘लामो समय रोकिएका उडान एकैपटक सुचारु हुँदा यात्रुलाई हतारो समेत हुने गरेको छ ।’
यतिबेला यती एयरलाइन्सले पोखराबाट काठमाडौंका लागि दैनिक चारवटा उडान गरिरहेको छ । त्यस्तै श्री एयरलाइन्सले एउटा उडान गर्छ । बुद्धले काठमाडांै मात्र सातवटा, भैरहवा र भरतपुर समेत गर्दा बुद्धका दैनिक उडान नौवटासम्म हुने गरेका छन् । हुस्सुले गर्दा भरतपुर र भैरहवाका विमानस्थल खुल्न पनि समय लाग्ने गर्दा त्यसको मार पोखराले पनि खेप्नुपरेको सुवेदीको भनाई छ ।
हुस्सुका कारण उडानमा अवरोध हुँदा व्यवस्थापनमा समेत हम्मेहम्मे हुने गरेको एयरलाइन्सका पदाधिकारीको भनाई छ । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले भने, ‘यात्रु सम्हाल्नै गाह्रो हुन्छ । बेलैमा उड्न नपाउँदा यात्रु र एयरलाईन्सलाई तनाव हुन्छ ।’ हरेक वर्ष यो सिजनमा हुस्सुले उडानमा अवरोध गरेपनि यो पटक लामो समयदेखि नियमितजसो अप्ठेरो पारेको उनले बताए । ‘एकमहिनादेखि बारम्बार उडानलाई बाक्लो हुस्सुले रोकेको छ,’ बरालले भने, ‘विमानस्थल खुल्नै समय लाग्दा तोकिएको समयमा उडान हुन सकेका छैनन ।’
पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा उडान हुन्छ । भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ । तर बाक्लो हुस्सुले पोखरा विमानस्थलको भिजिविलिटी निकै नै कम हुने गरेको सुवेदी बताउँछन् । हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण संचालन हुन्छ । एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ । सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ । यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ । किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।तर, मौसम बिग्रदा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन । यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ । आइएफआरमा ढिला उडान हुने ती पदाधिकारी बताउँछन् । प्रविधिमा आधारित रहेर उडान गर्ने भएकोले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ । भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाज डिले हुने र आकाशका होल्ड गर्नुपर्ने प्राविधिकहरुको भनाई छ । पोखरामा सधैं भिएफआरबाट उडान संचालन हुन्छ । ‘हामीले भिएफआरबाट उडान गर्नुपर्दा पनि समस्या परेको हो,’ सुवेदीले भने, ‘यदि आइएफआरबाट उडान हुन्थ्यो भने यो समस्या कम हुन्थ्यो ।’