पर्यटक बसलाई यात्रु अभाव, यात्रु नपाएपछि आलोपालो सेवा
२८ पौष २०७७
•
४ मिनेट पाठ
पर्यटक बसलाई यात्रु अभाव, यात्रु नपाएपछि आलोपालो सेवा
कोरोना भाइरस महामारीले पर्यटन क्षेत्र नथलिएको भए यो बेला पोखरा–काठमाडौं–पोखरा रुटमा दैनिक डेढ दर्जन हाराहारीमा पर्यटक बस गुडिरहेका हुन्थे। ती बसका सबैजसो सिट स्वदेशी रविदेशी यात्रुले भरिएका पनि हुन्थे। तर, कोरोनाको मारमा परेरयात्रु नपाउँदा महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्ने सुविधासम्पन्न ती पर्यटक बस कामविहीन भएरथन्किएका छन्। ६ महिनासम्मको लकडाउन खुकुलो पारेसँगै गत असोज एकदेखि राजधानी काठमाडौंलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्नेगरी पर्यटक बस सञ्चालन सुरु भएपनि यात्रु नपाउँदा ती सबै बस अझैसम्म गुड्न पाएका छैनन्।




व्यवसायीका अनुसार चैतमा लकडाउन गर्नुअघि पोखरा–काठमाडौं–पोखरा रुटमा झन्डै डेढ दर्जन संख्यामा पर्यटक बस एकतर्फी रूपमा आउजाउ गर्थे। तर, अहिले यो रुटमा दिनमा तीनवटा बसमात्र गुडेका छन्। त्यस्तै राजधानी काठमाडौंलाई अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहा जोड्नेगरी दैनिक एकदर्जन पर्यटक बस चल्ने भएपनि अहिले एउटा मात्र गुडिरहेको छ।  

पोखरालाई चितवन जोड्नेगरी दिनमा तीनवटा पर्यटक बस ओहोरदोहोरगर्ने भएपनि अहिले एउटा मात्र सञ्चालनमा छ। पोखरा–लुम्बिनी पनि तीनवटा बस चल्ने गरेकामा अहिले एउटा मात्र आउजाउ गर्छ। कुनै दिन त यात्रु नै नभएपछि पोखराबाट लुम्बिनी रचितवन चल्ने एउटै पर्यटक बस पनि गुड्दैन। नेपाल एसोसिएसन अफ टुरएन्ड टाभल्स (नाट्टा) गण्डकीका प्रथम उपाध्यक्ष हरिराम अधिकारी भन्छन्, ‘लकडाउन खुकुलो भएसँगै पर्यटक बस गुड्न थालेको चारमहिना पुग्न थाल्यो, तर, हाम्रा गाडी कुनैदिन पूर्ण यात्रु बोकेरगुड्न पाएका छैनन्। यात्रु अभावमा पालैपालो चलाउँदा पनि खर्च धान्न मुस्किल भएको छ।’  

अधिकारीका अनुसारकम्तिमा ५० प्रतिशत यात्रु भएमा मात्र गाडीको खर्च उठ्छ। तर, अहिले यात्रु अभावमा ३० प्रतिशत सिट मात्र भरिने गरेको उनले बताए। ‘काठमाडौं–पोखरा रुटका गाडीमा आक्कलझुक्कल ६० प्रतिशतसम्म यात्रु हुने गरेपनि सधैं त्यो आकारमा पाएनौं,’ उनले भने, ‘पर्यटक बसका लागि यात्रु नै पर्याप्त भएनन्। यो बेला आन्तरिक पाहुना मात्र भएकाले उनीहरू घुम्न ननिस्केसम्म अभाव भइरहने अवस्था छ।’ गाडीमा यात्रु अभाव भएपछि नियमित रूपमा बस सेवा दिइरहेका कम्पनीले अहिले आलोपालो गरेरगाडी गुडाइरहेको उनले बताए। ‘भएजतिका कम्पनीले गुडाउने हो भने ती सबै गाडी रित्तै हुन्छन्,’ उनले भने, ‘त्यही भएरपालैपालो चलाएका छौं। तरपनि यात्रु पाएका छैनौं।’

दसैं–तिहारका बेला रअंग्रेजी नयाँ वर्षमा आयोजित सडक महोत्सवका कारण त्यो बेला पर्यटक बसलाई केही यात्रु पाएपनि अरूबेला अभाव रहेको उपाध्यक्ष अधिकारीले बताए। अधिकारीका अनुसारआन्तरिक यात्रु अहिले बसमा हिँड्न नरुचाउनुको अर्को कारण हवाई सेवा सस्तो भएकाले पनि हो। अहिले काठमाडौं–पोखरा रुटमा हवाई भाडा निकै नै सस्तो छ। बिदाको दिन बाहेक सस्तोमा यात्रुले हवाईजहाजबाट यात्रा गर्न पाउँदा पनि बसमा हिँड्न रुचाएनन्। त्यसले गर्दा पनि स्थलमार्गका सवारीलाई यात्रु अभाव भएको हो।  

त्यसबाहेक पोखरा रआसपासका क्षेत्रका गन्तव्य नखुल्दा पनि पर्याप्त मात्रामा आन्तरिक पर्यटक घुम्न निस्कन पाएका छैनन्। ती गन्तव्य बल्ल खुल्ने क्रममा छन्। ‘कतिपय गन्तव्यले कोरोनाको पिसिआरपरीक्षण गरेरनेगेटिभ रिपोर्ट खोज्ने गरेकाले पनि यात्रुहरू घुमफिरमा निस्कन हच्केका हुन्,’ उनले भने, ‘पिसिआरको नेगेटिभ रिपोर्ट खोज्ने प्रावधान पनि हटाउनुपर्छ।’

कोरोना संक्रमण नहुँदो हो त यो बेला पर्यटकीय गन्तव्यमा पर्याप्त आन्तरिक पर्यटक भेटिन्थे। आन्तरिक पाहुनाको त्यही भीडमा विदेशी पाहुना पनि थपिँदा पर्यटक बसलाई यात्रु अभाव खासै हुँदैनथ्यो। तर, अहिले भने आन्तरिक पर्यटक पनि कमै संख्यामा घुम्न निस्केका छन् भने विदेशी पाहुना आउने अवस्था नै छैन। त्यसले गर्दा पर्यटक बस रित्तै भएको उनले बताए।

‘पोखराको पर्यटनमा साथ दिन भारतीय रआन्तरिक यात्रुको आकारबढ्नुपर्छ। सबैतिरनिर्धक्क घुम्ने वातावरण बनेन। अझैपनि घुम्न जानका लागि आन्तरिक यात्रुले सहजता देखेनन्,’ अधिकारीले भने, ‘त्यही भएरपनि हाम्रो व्यवसाय उकासिन नसकेको हो।’ आम्दानी नै नभएपछि कतिपय व्यवसायीले गाडी नै बिक्री गर्ने योजना पनि बनाएका थिए, तर, किन्ने मान्छे पनि नपाएपछि व्यवसायी ऋणको भारथप्दै बसिरहेको अधिकारीले बताए।

मुख्य पर्यटकीय गन्तव्यलाई दिनहुँ जोड्नेगरी करिब ८० पर्यटक बस गुड्ने गरेपनि अहिले दैनिक मुस्किलले एक दर्जन हाराहारीमा मात्र गुडिरहेको व्यवसायीको भनाइ छ। आम्दानीबिना गाडी गुडाउनुपर्दा सेवा सुचारु राख्ने कि नराख्ने भन्नेबारे दोधारभएको व्यवसायीले बताएका छन्। पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा दिइरहेको ब्लू स्काइ ट्राभल्सका सञ्चालक केदारनाथ शर्मा भन्छन्, ‘सातामा एकदिन पोखरा–काडमाडौ बस गुडाएरखर्च धान्ने अवस्था नै रहन्न।’ शर्माका तीनवटा पर्यटक बस छन्। कोरोना संक्रमण सुरु हुनुअघि दिनहुँ तीनवटै बस पोखराबाट काठमाडौं रकाठमाडौंबाट पोखरा, चितवन रुटमा उनका बस गुडिरहेका हुन्थे। तर, अहिले सातामा एक दिन पोखरा–काठमाडौं रुटमा ब्लु स्काईको बसको पालो आउँछ।  

‘सातामा एकपटक पोखराबाट काठमाडौं जाने पालो पर्छ। पहिला दिनदिनै आउजाउ गर्ने गाडी अहिले सातामा एकदिन मात्र गुडिरहेको छ,’ शर्माले भने, ‘यो खालको व्यवसायले हामी धानिने अवस्थामा छैनौं।’ गाडीको आम्दानीले कर्मचारीको खर्च पनि नथेग्ने शर्माले बताए। ‘गाडी गुडेका मात्र छन्, चलेका छैनन्, कमाइ केही छैन,’ उनले भने, ‘कमाउनका लागि गाडी चलाएका छैनौं।  

सेवालाई निरन्तरता मात्र दिएका हौं।’ हवाईभाडा सस्तो भएकाले पनि अहिले यात्रु घन्टौ लगाएरबसमा यात्रा गर्न छाडेको उनले बताए। ‘सस्तोमा हवाई यात्रा हुन्छ। छोटो समयमा गन्तव्यमा पुग्न पाइने भएपनि बसले यात्रु पाउने अवस्था नै रहँदैन,’ उनले भने। त्यसबाहेक पछिल्लो समयमा निजी सवारीको संख्या पनि बढेको छ। कोरोना संक्रमण देखिनुअघि यात्रुहरू सकेसम्म पर्यटक बसमा यात्रा गर्न रुचाउँथे। तर, अहिले सार्वजनिक सवारीको साटो निजीमा हिँडडुल गर्न चाहेका छन्। त्यसले पनि ठूला सवारीलाई यात्रुको खाँचो भएको शर्माले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस