एशियाली विकास बैंक(एडिबीले)मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिका क्षेत्रमा सञ्चालन हुने समुदाय सिँचित व्यवस्थापन परियोजनाका बारेमा पुस ९ गतेभित्र आम सहमति जुटाउन सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङलाई समयसीमा दिएको छ।
परियोजना सञ्चालन केन्द्र माङमाया खोला भएको भन्दै प्रभावित क्षेत्रका स्थानीयले आयोजना अघि बढाए आफूहरुका सिँचाइ क्षेत्र र विद्युत परियोजनामा असर गर्ने भन्दै परियोजना सञ्चालन प्रकृयाको बिरोध अवरोध गर्दै आएका छन्।
सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख ऋषिभक्त कोजुले स्थानीयको अहिलेको बिरोध निरुपण गरी परियोजना सञ्चालनको वातावरण बनाउन एडिबीबाट पुस ९ गतेसम्मको समयसीमा आएको बताए। ‘आम सहमति भयो भने योजना अघि बढ्छ, नभए अघि बढाउन सकिँदैन भन्ने एडिबीको भनाइ छ’ कोजुले भने। उनले सिँचाइ आयोजना माङ्माया खोलाबाट नभइ पात्ले खोला क्षेत्रबाट अघि बढाउने प्रकृयामा बृहत्त सहमतिको प्रयास भइरहेको बताए। यसका लागि परियोजनाको शीर्षक नै परिवर्तन गर्ने प्रकृयाको प्रारम्भिक चरण समेत सुरु भएको कोजुले जानकारी दिए।
पात्ले खोला क्षेत्रबाट सिँचाइ योजना सञ्चालनका लागि सहमति कायम भए परियोजना शीर्षक बदल्न एडिबीलाई अनुरोध गरिने भएको छ। यसो गर्नका लागि यसअघि कायम रहेको चाँगे माङ्माया खोला जल उपभोक्ता परियोजनाको शीर्षकलाई शंसोधन गर्न जल उपभोक्ता समितिको बिधानमै परिवर्तन गरी चाँगे पात्ले खोला जल उपभोक्ता परियोजना कायम गर्न सकिने अवधारणा अघि सारिएको छ। एडिबीले सञ्चालन गर्न लागेको समुदाय सिँचित व्यवस्थापन परियोजनाको नाममा माङ्माया खोला सिँचाइ परियोजना पर्न गएको तर योजना पात्ले खोलाबाट माङ्माया खोला नै नछुने र नभेट्ने गरी परियोजना अघि बढाउन सहमतिको प्रयास भइरहेको हो। यसैका लागि जिल्ला समन्वय समितिको अगुवाइमा पुस ५ गते बृहत्त भेला डाकिएको छ।
जिल्ला प्रशासन कार्यालयमा समन्वय प्रमुख घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँसहितका सुरक्षा अधिकारी, राजनीतिक दल र सिँचाइ डिभिजन कार्यालयका प्रमुख कोजुसहितको बैठकले सहमति खोज्न पुस ५ गते बृहत्त भेला बोलाउने निर्णय लिएको छ। भेलामा मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुख तथा प्रभावित क्षेत्रका वडाध्यक्षहरु, चाँगे माङ्माया खोला जल उपभोक्ता समिति, माङ्माया खोलाबाट परियोजना सञ्चालन गर्न नहुने भनी संघर्ष गर्दै आएको समिति र सिँचाइ योजना सञ्चालनको माग गर्दै आएको सरोकार समितिका ५–५ जना प्रतिनिधिलाई छलफलका लागि बोलाइन लागेको हो।
समुदायका बिभिन्न तर्कहरुका कारण गतसाल पनि करिव अढाइ करोड बढी रकम खर्च हुन नसकी फ्रिज भएकोले यसपटक मध्यमार्गी ढंगबाट सिँचाइ कूलो निर्माण प्रकृया अघि बढाउन छलफल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी चापागाइँले बताए। नेपाल सरकारको साझेदारीमा बन्ने परियोजनाका लागि भ्याटसहित कूल १० करोड ४१ लाख ८८ हजार ६ सय २० रुपैयाँको कूल लागत रहेको थियो। एसियाली एडिबीको लगानीमा बन्ने सिँचाइको मर्मत र विस्तार आयोजनाका लागि ६ करोड ९० लाखमा पाँचथरको याक्थुङहाङ निर्माण सेवाले ठेक्का पारेको सिँचाइ डिभिजन कार्यालय ताप्लेजुङले जनाएको छ।
यो आयोजना ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं १ र २ ढुङ्गेसाँघु तथा आठराइ त्रिबेणी गाउँपालिकाको वडा नं ४ र ५ को सीमा क्षेत्र भइ बग्ने पात्ले खोल्सी क्षेत्रबाट सञ्चालन हुने गरीको तयारी छ। बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर) तयार हुँदा भने माङमाया सिँचाइ आयोजनाको नामबाट भएको देखिएको छ। यसलाइ सच्याएर पात्ले खोल्सीबाट सिँचाइ परियोजना अघि बढाउने गरी परियोजना सञ्चालन क्षेत्रमा देखिएको विवाद सल्टाउने प्रयास गरिएको हो। २०४० को दशमा सिँचाइ योजना सुरु गर्दा माङमाया खोला सिँचाइ योजना भनेर सुरु गरिएको भएपनि अहिले माङ्मायालाई नछोइ पात्ले खोलाबाट सिँचाइ आयोजना अघि बढाउँदा कसैलाई असर नहुने सिँचाइ डिभिजनको बुझाइ रहेको छ।