किबी राख्न घरेलु कोल्डस्टोर तयार
०३ पौष २०७७
•
३ मिनेट पाठ
किबी राख्न घरेलु कोल्डस्टोर तयार
सदरमुकाममा आधा दशकअघि पाँच करोड रूपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको कोल्डस्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ। तर, गाउँका किसान आफ्नो कृषिउपज भण्डारण गर्न नपाएर बारीमै कुहाउन बाध्य छन्।




बिक्री हुन नपाएको कृषिउपज बारीमा कुहिइरहेका बेला सन्दकपुर गाउँपालिका–३, सुलुबुङका अगुवा किसान तारमणि खतिवडाले भने स्थानीय प्रविधिको कोल्डस्टोर बनाएर किबी भण्डारण गरेका छन्। गाउँमै उत्पादित कच्चापदार्थ प्रयोग गरेर निर्माण गरेको कोल्डस्टोर किबी भण्डारण गर्न सफल भएको हेस्टी किबी प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका खतिवडाले बताए। सिमेन्ट ढलान गरिएको पोखरी, पोखरीमाथि काठ र बाँसको चोयाबाट बनेका चित्रा प्रयोग गरेर कोल्डस्टोर बनाइएको छ। तीन वर्ष लगाएर बनाएको कोल्डस्टोर किबी भण्डारण गर्न प्रभावकारी भएको उनको भनाइ छ।  

चीन, जापान, भियतनाम र उत्तर कोरियालगायत देशमा आधुनिक कोल्डस्टोर प्रयोगमा आउनुअघि कृषिउपज कसरी भण्डारण गरिन्थ्यो भन्नेबारे इन्टरनेटमार्फत् अध्ययन गरेर आफूले कोल्डस्टोर निर्माण गरेको खतिवडाले बताए। ‘परार साल कोल्डस्टोर बनाइयो, पोहोरको किबी भण्डारण गर्न सफल भएपछि यो वर्ष पनि केही विस्तार गरेका छौं,’ उनले भने, ‘अहिले यसमा आठ हजार किलोजति किबी भण्डारण गर्न सकिन्छ।’

चैत–वैशाखमा फूल लाग्ने किबी असोजदेखि मंसिरसम्ममा फल टिप्ने हुन्छ। टिपेको किबी तीन सातासम्म त्यत्तिकै राख्न सकिन्छ। तर, त्यसपछि पाकेर कुहिने भएकाले भण्डारण गर्न समस्या हुन्छ। यहाँ निर्माण गरिएको कोल्डस्टोरमा कात्तिकको किबी असारसम्म बचाएर राख्न सफल भएको खतिवडाले जनाए। ‘सुरुमा किबी टिपेका बेला यसको परिमाण धेरै हुने भएकाले मूल्य कम हुन्छ,’ उनले भने, ‘जति ढिलोसम्म किबी बचाएर राख्न सक्यो, उत्तिकै बढी मूल्य पाइन्छ।’ उनले किबीको माग बढी भएका बेला बेच्नेगरी भण्डारण गर्न किसानलाई समस्या हुनेगरेको बताए। ‘देशकै ठूला सहरमा होटलहरूमा बाह«ै महिना किबीको माग छ,’ उनले भने, ‘तर, हामीसँग टिपेका बेलामात्रै हुन्छ, उच्च मूल्य पाउने बेला चाहिँ किबी नै हुँदैन।’

किबीलाई शून्यदेखि दुई डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु आवश्यक भएपनि स्थानीय प्रविधिमै निर्माण गरेको कोल्डस्टोरमा पाँचदेखि सात डिग्री सेल्सियससम्म कायम गर्न सफल भएको उनले जनाए। ‘अरू कृषिउपज राख्ने कोल्डस्टोर किबीका लागि चाहिँ उपयुक्त हुँदैन,’ खतिवडाले भने, ‘यो पनि नेचुरल कोल्डस्टोर भएकाले शतप्रतिशत उपयुक्त त होइन तर किबीलाई पाँच–सात महिनासम्म जोगाउनसक्नु पनि सफलता नै हो।’ विज्ञहरूसमेतसँग सल्लाह लिएर आफूले निर्माण गरेको कोल्डस्टोरमा राख्दा किबीको गुणस्तरसमेत जस्ताको तस्तै रहेकाले थप उत्साहित भएको उनले जनाए।  

खतिवडाले नै १३ वर्षअघि इलाममा किबी खेती भिœयाएका हुन्। अहिले जिल्लाको करिब दुई सय हेक्टरमा किबी खेती हुँदैछ। तर, किबी भण्डारणका लागि पटक–पटक ‘हारगुहार’ गर्दा पनि उपयुक्त कोल्डस्टोर बन्न नसकेको किसानले गुनासो गरिरहेका छन्। ‘हामीले बनाएको कोल्डस्टोर पनि अन्तिम विकल्प होइन,’ खतिवडाले भने, ‘यसलाई थप अनुसन्धान गरी एयर कन्डिसनसहितको कोल्डस्टोरका रूपमा विकास गरियो भने अझ प्रभावकारी हुनसक्छ।’ खतिवडाले यो कोल्डस्टोरमा बिजुली प्रयोग नगरिएको बताए। ‘पोखरीमा उपयुक्त मात्रामा पानीको बहाव मिलाइएको छ, ऊर्जाका रूपमा पानीमात्रै प्रयोग गरिएको छ,’ उनले भने।  

प्रालिले ६ सय बोट किबी खेती गरेको छ। यसमध्ये भदौ–असोजतिर पाक्ने रेड किबी करिब दुई सय बोट रहेको प्रालि अध्यक्ष पार्वती खतिवडाले बताइन्। ‘वर्षमा १२ हजार किलोसम्म फल र १५ हजारजति बिरुवा उत्पादन हुँदैछ,’ उनले भनिन्, ‘किबी फल प्रतिकिलो अढाई सयदेखि साढे तीन सय रूपैयाँसम्ममा बिक्री हुन्छ।’ यो वर्ष कोभिड–१९ को असरले किबीको मूल्य ज्यादै कम भएको उनले जनाइन्। ‘देशभित्रै पनि किबीको माग धान्न सकिँदैन तर कोभिड–१९ ले चाहिँ यो वर्ष अरू क्षेत्रमा जस्तै यसको बजारमा ज्यादै असर पुगेको छ,’ उनले भनिन्, ‘महामारी अन्त्य भएपछि पुनः किबीको बजार र मूल्य पुरानै अवस्थामा फर्किने आशामा छौं।’ खतिवडाले इलामलगायत प्रदेश १ का विभिन्न जिल्लामा उत्पादित किबी बिक्रीका लागि झापाको बिर्तामोडमा पसलसमेत सञ्चालन गरिरहेकी छिन्। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस