हरियो चिया टिप्ने, बोट काट्ने, मिलाउनेलगायत काम वर्षाैंदेखि हातैले गरिरहेका किसान/श्रमिक अब यी काम मेसिनको सहायतले गर्दैछन्। हातैले हरियोपत्ती टिपिरहेका किसानले केही वर्षयता टिपाइको काममा मेसिन प्रयोग गरेका थिए। तर, कटिङका काममा प्रयोग हुने मेसिन थिएनन्।
अहिले चियाको भारिकलम वा पुन्डिङ (बोटको १४ देखि २० सेन्टिमिटरबीचमा काट्ने) र डिएस (अर्काे वर्ष हरियोपत्ती पलाउने भाग) काट्ने कामसमेत मेसिनबाटै भइरहेको छ। यी काम गर्दा समय र जनशक्ति बचत हुने भएपछि किसान आकर्षित भएका हुन्।
मेसिन प्रयोग गर्दा थोरै जनशक्तिले धेरै काम गर्न सकिन्छ। एकजनाले मेसिन चलाउँदा तीन जनाभन्दा बढीको काम गर्न सक्ने किसान र श्रमिकको भनाइ छ। डिएस मेसिन प्रयोग गर्दा दुई जनाले एकै दिनमा ६ सयभन्दा बढी बोट चिया काटेर मिलाउन सकिन्छ। ‘हातले त्यति नै काम गर्न चार जनाभन्दा बढी लाग्छ,’ कन्याम चिया बगानका श्रमिक राम मगरले भने, ‘घन्टामा आधा लिटरजति पेट्रोल खर्च हुन्छ।’ मेसिन प्रयोग गरेर पुन्डिङको काम गर्न पनि निकै सहज भएको उनले बताए। ‘दुई जनाले मेसिन चलाउँदा दिनमा साढे सात सयजति बोट काट्न सकिन्छ,’ उनले भने, ‘यही काम मान्छेले गर्दा चारदेखि पाँच जनाले सकिँदैन।’
तर, मेसिन चलाउन अलि बढी नै बल प्रयोग गर्नुपर्ने भएकाले आफूहरूलाई अलि गाह«ो भएको इलाम चिया बगानकी श्रमिक सरस्वती चौंलागाईंले बताइन्। ‘महिलाले चाहिँ यो मेसिन दिनभर प्रयोग गर्न निकै गाह«ो भएको छ,’ उनले भनिन्, ‘चिया बगानमा महिलाकै संख्या धेरै हुन्छ तर मेसिन चाहिँ निकै गहकिला छन्।’
हरियोपत्ती टिप्ने मेसिन प्रयोगमा आएपछि दैनिक चिया टिपाइको परिमाण बढेको छ। सबैजसो श्रमिकले प्रयोग गर्न सक्ने हातेमेसिनले हरियोपत्ती टिप्न सजिलो भएको श्रमिक लीला थापाले बताइन्। ‘सानो मेसिनले एकजनाले दिनमा ३० देखि ४० किलो टिप्न सकिन्छ,’ उनले भनिन्, ‘ठूलो मेसिन दुई जनाले चलाउँदा दिनमा सय किलोभन्दा बढी टिप्न सकिन्छ।’ हरियोपत्तीको मुख्य सिजन (असार–साउन)मा यो परिमाण पुग्ने भएपनि अरू सिजनमा भने चिया टिपाइ कम हुनेगरेको उनले बताइन्।
हातले दिनमा १५ देखि २५ किलोसम्म हरियोपत्ती टिप्न सकिने भएपनि मेसिन प्रयोग गर्दा दोब्बरसम्म पुग्नेगरेको छ। ‘सानो मेसिनमा इन्धन लाग्दैन,’ श्रमिक गोमा प्रधानले भनिन्, ‘चिया टिप्ने ठूलो मेसिनमा पनि घन्टाको आधा लिटर हाराहारी पेट्रोलमात्रै लाग्छ।’ मेसिनले चिया टिप्दा र काट्दा हात दुख्ने, हातमा चोट लाग्ने र फोहोर हुने समस्या कम भएको श्रमिक बताउँछन्। चियाको बोट गोडमेल, मल हाल्नेजस्ता काम चाहिँ मेसिनमार्फत् नहुने भएकाले हात नै प्रयोग गर्नुपर्छ।
मेसिन प्रयोग गर्न थालेपछि चिया बगानको काम सहज भएको इलाम चिया उद्योगकी प्रबन्धक इन्दिरा गुरुङले बताइन्। ‘हातले चियाको काम गर्न अलि गार्हो थियो, मेसिन प्रयोग गर्न थालेपछि श्रमिकलाई सहज भएको छ,’ उनले भनिन्, ‘हरियोपत्ती टिपाइको परिमाण बढेको छ भने बोट कटिङको काम पनि निकै छिटो हुनेगरेको छ।’