जनस्तरबाट तीव्र माग भएका केहि योजनालाई छोड्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड बजेटका ३८ योजना छानेका छन्। जस अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा नाबुखोला–भलायो भिर–सिमलधारादेखि पिपलबोटे प्राविसम्मको मोटरबाटोका लागि १२ लाख बिनियोजन भएको छ।
यस्तै छातेढुङ्गा मावि खेलमैदान निर्माणमा र सिंहदेवी खेलमैदान निर्माणमा समान १०–१० लाख रुपैयाँ बिनियोजन भएको छ। मैवाखोला गाउँपालिकास्थित मैवाखोला मावि तेम्बेको ट्रससहितको सभाहलका लागि १९ लाख, चारभैया–खड्काटोल हुँदै भदन भण्डारी जोड्ने सडकका लागि १० लाख र हातिखावा ढुङ्गेसाँघु खेल मैदान निर्माणका लागि १२ लाख बिनियोजन भएको छ। मेरिङ्देनको आगु लुङ्जा–तेन्थाप हुँदै थुकिमा जाने मोटरबाटोका लागि ४० लाख, मिक्वाखोलाको दुङ्जा–चैलुङ्गे–सालबोटे हुँदै खानीखोला जाने सडक निर्माणका लागि १० लाख, सगरमाथा आधारभूत विद्यालय खेलमैदानका निर्माणका लागि सात लाख, साँवा जलविद्युत परियोजनाका लागि पाँच लाख र सिम्बुक जलविद्युत निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन भएको छ।
फक्ताङ्लुङको लिङ्खिमस्थित भक्त आधारभूत विद्यालयको घेराबाराका लागि पाँच लाख, साँघु–मादिबुङ जोड्ने मोटरबाटोका लागि २० लाख र मानाभरा कृषि सडक खेजेनिमका लागि १० लाख बिनियोजन भएको छ। फुङ्लिङस्थित जिल्ला बाल कल्याण समितिको भवनमा कोरोना संक्रमितका लागि आइसोलेसन कक्ष बनाउन २० लाख, भुटानेचौक हुँदै बुङ्कुलुङ–सत्रमुढेदेखि रामेटार सडक सडक निर्माणका लागि १० लाख, अधेंरी–मेवाराजा–खोदम्बु हुँदै नाङखोल्याङ जोड्ने मोटरबाटो र बालमन्दिर–टीका गुरुङको घर हुँदै नयाँ बसुपार्क जाने मोटरबाटो पक्की ढलानका लागि समान सात–सात लाख रुपैयाँको बजेट बिनियोजन भएको छ।
यस्तै बालसुबोधिनी माविदेखि केनिम बगौंचा जोड्ने मोटरबाटो निर्माण र दीपज्योति आधारभूत विद्यालय खेल मैदानका लागि पनि समान सात–सात लाख रुपैयाँको बजेट बिनियोजन भएको छ। धुपौरे गणेशको घर–टाकुरे–नासपाते कान्छाको घर–रेडक्रस हुँदै गैरी प्रावि फुरुम्बुका लागि पाँच लाख, शहरी स्वासथ्य इकाइ केन्द्र फुरुम्बुको भवन निर्माणका लागि सात लाख र फावाखोला खेल मैदान निर्माण तथा हिले सामुदायिक भवन निर्माण सुकेटारका लागि समान पाँच–पाँच लाख रुपैयाँ बिनियोजन भएको छ। यस्तै पराजुली चौकदेखि बिहीबारे हुँदै चण्डेश्वर धाम जाने सडक स्तरोन्नतीका लागि आठलाख रुपैयाँ बिनियोजन भएको छ। पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु शहीद स्मृति सामुदायिक सभागृहका लागि १२ लाख, गुप्ते–तिरिङ्गे सडक स्तरोन्नतीका लागि १० लाख, डुम्रिसे–ओरक्पेदेखि पाथीभराधाम जाने मोटरबाटो र तुमाङ्खे–फावाखोला मोटरेवल पुल जोड्ने सडकका लागि समान आठ–आठ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ।
सिरिजङ्घास्थित खेवाङ स्र्पोटिङ क्लवको खेलमैदान निर्माणका लागि २० लाख, काबेलीखोला माइक्रो हाइड्रो कूलो निर्माण र मुहान योजना याम्फुदिनका लागि आठ लाख, आम्बेगुदिन(रजा)मावि खेलमैदान निर्माणका लागि १० लाख, जोरपुल–राष्ट्रिय मावि–आँपडाँडा हुँदै खेवाङ मावि जोड्ने मोटरबाटो निर्माणका लागि सात लाख रुपैयाँ बिनियोजन भएको छ। सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचास्थित लक्ष्मी आधारभूत विद्यालयको पहिरो निययन्त्रणका लागि पाँच लाख रुपैयाँ बिनियोजन भएको छ।
सिदिङ्वा गाउँपालिकास्थित हप्पुखोला–मेहेले–रिजनडाँडा हुँदै खेवाङ जोड्ने मोटरबाटोका लागि १० लाख, सिद्धेश्वरी मावि सादेवाको खेल मैदान निर्माणका लागि सात लाख, सुन्तलेखोला लघु जलविद्युत परियोजनालाई केन्द्रीय प्रसारण लाइन मिलान गर्न मेहेलेलाई १५ लाख र खोरिङ्वाघाट–आँगेपा हुँदै सिदिङ्वाधाम जाने मोटरबाटो निर्माणका लागि सात लाख रुपैयाँ बिनियोजन भएको छ। प्रशासनिक खर्च वापत जिल्ला समन्वय समितिमा पाँचलाख रुपैया जाने छ । मन्त्री भट्टराइले योजना छान्दा
फुङ्लिङ जिमीपोखरी धारा तथा पार्क व्यवस्थापन, हप्तामा कम्तिमा तीन दिन ताप्लेजुङमै आँखाका डाक्टर ल्याएर उपचार गर्नेगरी डिचेन डोङ्लाको भवन स्तरोन्नती गर्ने लगायतका तीव्र माग भएका योजना छुटेको भन्दै योजना छनौट प्रकृयाको आलोचना पनि सुरु भएको छ। छनौटमा परेका योजनाबारे भट्टराईको सचिवालयले भने केहि बताएको छैन।