समन्वय अभावले श्रमिक निःशुल्क उद्वारमा अलमल
२६ मंसिर २०७७
•
३ मिनेट पाठ
समन्वय अभावले श्रमिक निःशुल्क उद्वारमा अलमल
सरकारी निकायबीच समन्वय नहुँदा वैदेशिक रोजगारीमा समस्यामा परेकालाई उद्वार गर्न छुट्ट्याइएको ७५ करोड रूपैयाँ अझै खर्च हुन सकेको छैन।  




असार १ मा सर्वोच्च अदालतले रोजगारीको क्रममा विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्वार गर्न आदेश दिएपछि वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोषको ७५ करोड रूपैयाँ उद्वारका लागि छुट्ट्याएको छ। तर त्यसपछि गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावास र बोर्ड सचिवालयबीच समन्वय हुन नसकेपछि उद्वार रकम खर्च हुन नसकेको हो।  

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले राजदूतासवासहरूको मागअनुसार नभई आवश्यकताको आधारमा उद्वारका लागि रकम उपलब्ध गराउने गरेको बताए। बोर्ड अधिकारीका अनुसार उद्वारमा गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासहरूको भूमिका महत्वपूर्ण हुन्छ। ‘कसलाई निःशुल्क उद्वार गर्नुपर्ने हो वा होइन भन्नेमा तिनै राजदूतावासले यकिन गर्नुपर्छ,’ श्रेष्ठले भने।  

बोर्डका अधिकारीहरू केही दूतावासले मनलाग्दी रकम माग गरेपछि निकासामा केही कडाइ गरिएको बताउँछन्। ‘दूतावासहरूको मागअनुसार रकम निकासा गरेको भए ठूलो रकम खर्च हुन्थ्यो,’ बोर्डका एक अधिकारीले भने, ‘त्यसैले उद्वारमा छुट्ट्याइएको बजेट कम खर्च भएको हो।’ बोर्डले निकासामा कडाइ गरेपछि गन्तव्य मुलुकमा रहेका दूतासवासहरूले रकम माग गर्न छाडेका छन्।  

बोर्डका अनुसार कोरोना महामारीका कारण रोजगारी गुमाई समस्यामा परेकामध्ये अहिलेसम्म एक सय ५६ को मात्र निःशुल्क उद्वार गरिएको छ। उनीहरूलाई उद्वार गर्न एक करोड १५ लाख रूपैयाँ खर्च भएको बोर्डले जनाएको छ। तर हालसम्म कोरोना महामारीपछि वैदेशिक रोजगारीमा समस्या परेका एक लाख ४० हजार घर फर्किएका छन्। घर फर्केकामध्ये ठूलो संख्याका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्ने भए पनि सरकारी निकायको समन्वय नहुँदा आफैं टिकट खरिद गर्नुपरेको घर फर्केका बताउँछन्। कात्तिक ७ मा दुबईबाट फर्किएका ललितपुर, चापागाउँका सञ्जय श्रेष्ठले रोजगारी गुमे पनि आफूले निःशुल्क उद्वारको सुविधा नपाएको गुनासो गरे। ‘निःशुल्क उद्वार होला भनेर एक महिना जति पर्खें,’ उनले भने, ‘त्यतिबेलासम्म राजदूतावासबाट कुनै प्रतिक्रिया नपाएपछि घरबाट रकम मगाएर हवाई टिकट खरिद गरें,’ उनले भने। सर्वोेच्च अदालतले असार १ मा विदेशमा बेखर्ची नेपालीको निःशुल्क उद्वार गर्न आदेश दिएपछि बोर्ड सचिवालयले तत्कालका लागि भन्दै ७५ करोड रूपैयाँ विनियोजन गरेको थियो। उक्त रकमबाट कम्तीमा १० हजारको निःशुल्क उद्वार गर्न सकिने अनुमान थियो।  

हाल कोषमा पाँच अर्ब रूपैयाँभन्दा बढी मौज्दात छ। त्यो रकम वैदेशिक रोजगारीमा जाने कामदारबाट संकलन गरिएको हो। वैदेशिक रोजगारीमा जानुअघि दुई वर्षसम्मको श्रम स्वीकृति लिनेले प्रतिव्यक्ति एक हजार पाँच सय र त्योभन्दा बढी अवधिको स्वीकृति लिनेले प्रतिव्यक्ति दुई हजार पाँच सय रूपैयाँ कोषमा जम्मा गर्नुपर्छ। सचिवालयले सो रकम विदेशमा मृत्यु तथा अंगभंग हुनेलाई राहत सहयोग लगायत श्रमिकको हितसँग जोडिएका अन्य काममा खर्च गर्छ। कोरोना महामारीले रोजगारी गुमाएकालाई निःशुल्क उद्वार गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका अधिवक्ता सोमप्रसाद लुइँटेल सरकारी निकायले छुट्ट्याइएको बजेट खर्च गर्न नसक्नु लाजमर्दो भएको बताउँछन्।  

सर्वोच्च अदालतले बेखर्ची श्रमिकलाई निःशुल्क उद्वार गर्न आदेश दिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि तयार पारेको थियो। कार्यविधिमा एक वर्षभित्रै रोजगारी गुमाएकालाई उद्वारमा लाग्ने सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने उल्लेख छ।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
५६ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस