लाइसेन्सको ट्रायल नखुल्दा पाँच लाख सेवाग्राही मर्कामा
२४ मंसिर २०७७
•
३ मिनेट पाठ
लाइसेन्सको ट्रायल नखुल्दा पाँच लाख सेवाग्राही मर्कामा
संघीय तथा प्रदेश सरकारले नौ महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा कसरी सञ्चालन गर्ने अझैसम्म टुंगो लगाउन सकेका छैनन्। संघीय सरकार मातहतको यातायात व्यवस्था विभाग र प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले समयमै आवश्यक निर्णय गर्न नसक्दा करिब पाँच लाखभन्दा धेरै सेवाग्राही मर्कामा परेका छन्।  




सरकारहरूले कोभिडको कारण रोकिएका अधिकांश सेवा सुरु गरे पनि लाइसेन्स परीक्षाको विषयमा भने अहिलेसम्म विकल्प खोज्न सकेका छैनन्। यसमा संघीय सरकार मातहतको यातायात व्यवस्था विभाग र प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय एक अर्काेलाई दोषारोपण गरेर पन्छिने गरेका छन्। संघीय सरकारले गत असोज १ गतेदेखि मुलुकभर लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएको थियो। तर गत चैतदेखि रोकिएको ट्रायल कहिले खुल्छ भन्ने अन्योल कायमै छ।

नौ महिनादेखि सवारी चालक अनुमतिपत्रको लाइसेन्स परीक्षा रोकिँदा पाँच लाखभन्दा धेरै सेवाग्राही मर्कामा परे पनि अहिलेसम्म लिखित र प्रयोगात्मक परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललेप्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बताए। ‘सवारी चालक अनुमतिपत्रको परीक्षा सधैं रोकेर सम्भव हुँदैन। अब आवश्यक स्वास्थ्य सर्तकता अपनाएर खोल्ने बेला भइसक्यो,’ उनले भने, ‘हामीले प्रदेश सरकारसँग आवश्यक छलफल गरिरहेका छौं। सम्भवतः एक महिनाभित्र आवश्यक मापदण्ड तथा निर्देशिका तयार पारेर सञ्चालन गर्नेछौं।’ महानिर्देशक हमालले सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा कसरी सञ्चालन गर्ने विषयमा आवश्यक तयारी भइरहेको बताए। ‘तयारी गरिरहेका छौं। अहिलेसम्म मिति टुंगो लागेको छैन,’ उनले भने।  

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले यातायात व्यवस्था विभागले आवश्यक निर्णय गर्न नसक्दा लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न नसकेको बताए। ‘विभागले कोभिडको कारण देखाउँदै परीक्षा रोकेको हो। विभागले निर्णय नगर्दासम्म खोल्न सक्दैनौं,’ उनले भने, ‘विभागले कार्यालयको कोटा र अनलाइन आवेदन फारम खोल्नेबित्तिकै परीक्षा लिन सकिन्छ।’ प्रवक्ता सिंहले सवारी चालक अनुमतिपत्र अत्यावश्यक सेवा अन्तर्गत नपरेकाले तत्कालै सुरु नभएको बताए। ‘अन्य सेवाजस्तै सवारी चालक अनुमतिपत्र अत्यावश्यक सेवामा परेको छैन। त्यसैले लाइसेन्सको लिखित र ट्रायल खुलाउन नसकेको हो।’  

यातायात कार्यालयले अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण र लाइसेन्स वितरण मात्रै गरिरहेको छ। कोभिड १९ को संक्रमण बढेसँगै दुईपांग्रे र चारपांग्रे सवारी साधन किन्नेको संख्या उल्लेख्य बढे पनि सरकारले लाइसेन्सबारे निर्णय नगर्दा लाखौं सेवाग्राही समस्यामा परेका छन्।  

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बर्दिबासका प्रमुख भक्तबहादुर भण्डारीले कोरोना महामारीको संक्रमण अझै बढिरहेकाले तत्कालै कार्यालय सञ्चालन गरेर लाइसेन्सको परीक्षा गर्न सम्भव नहुने बताए। ‘यातायात कार्यालयमा चाहेर पनि सामाजिक दुरी कायम गर्न सकिँदैन,’ उनले भने, ‘संघीय तथा प्रदेश सरकारले आवश्यक निर्णय नगर्दासम्म हामीले खुलाउन सक्दैनौं।’ काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ स्थानबाट अनुमतिपत्र वितरण हुन्छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस