कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र
१८ मंसिर २०७७
•
४ मिनेट पाठ
कन्याममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र
इलामको सूर्याेदय नगरपालिका–७ मा निर्माण हुन लागेको नेपालकै पहिलो चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र भवन शिलान्यासपछि आयोजित समारोहमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई । तस्बिर : भीम/नागरिक
‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकामा बन्न लागेको देशकै पहिलो चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र शिलान्यास गरिएको छ । २३ करोड रुपैयाँ लागतमा बन्ने केन्द्र भवनको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बिहीबार शिलान्यास गरे ।  




शिलान्यासपछि आयोजित समारोहमा मुख्यमन्त्री राईले देशभरको चिया चाख्ने र बजार प्रवर्द्धनमा सघाउनेगरी निर्माण भएको केन्द्रलाई अध्ययन/अनुसन्धान केन्द्र पनि बनाउने बताए । ‘नेपालको चिया गुणस्तरीय बनाउन र विश्वबजारमा चिनाउन केन्द्र आवश्यक थियो,’ उनले भने, ‘यो आयोजना अरूजस्तो होइन, निर्धारित समयभित्रै भवन निर्माण सकेर सेवा सुरु भइहाल्छ ।’ उनले चियाका लागि निर्माण भएको केन्द्रले पर्यटन प्रवर्द्धनमा पनि सघाउने बताए । ‘चिया परीक्षण र प्रवर्द्धनका माध्यमबाट इलामको पर्यटनमा केन्द्रले सहयोग गर्नेछ,’ उनले भने, ‘यसलाई अनुसन्धानसँग जोडेर प्रयोगमा ल्याउनेतिरसमेत प्रदेश सरकारको ध्यान जानेछ ।’

१ नम्बर प्रदेशका भूमिसुधार, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले केन्द्र स्थापनापछि विश्वभरका व्यापारी इलाम आएर चिया चाख्न पाउने बताए । ‘यो केन्द्रमा नेपालभरको चिया विश्वभरका व्यापारीले आफैं चाखेर रोजी–रोजी किन्न पाउनेछन्,’ गृहजिल्ला इलाम नै भएका उनले भने, ‘गुणस्तर थाहा पाएपछि नेपाली चियाको मूल्य बढ्छ ।’ १ नम्बर प्रदेशमा देशकै ९९ प्रतिशत चिया उत्पादन हुनेगरेको भन्दै उनले केन्द्रका लागि मेसिन, औजार, कर्मचारीलगायत सबै आवश्यक पूर्वाधार समयमै पूरा हुने बताए ।  

सूर्याेदय नगरपालिका वडा ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा ५ करोड हाराहारी रकम खर्च हुने अनुमान छ । आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिनेछन् । आयोजना निर्माणका लागि गत फागुनमा प्रदेश सरकार र सूर्याेदय नगरपालिकाबीच लगानी सम्झौता भएको थियो ।  

नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले केन्द्र स्थापना हुनु नेपाली चियाको गुणस्तर र बजारीकरणका लागि कोसेढुंगा भएको बताए । ‘नेपाली चियाको लोगोसमेत कार्यान्वयनमा आइसकेको अवस्थामा चिया परीक्षण केन्द्र स्थापना हुनु ठूलो अवसर हो,’ उनले भने, ‘यसलाई अनुसन्धान केन्द्रका रूपमा समेत विकास गर्न बोर्डले तयारी गरिरहेको छ ।’ उनले चिया क्षेत्रमा कुनै समस्या नभएको तर किचलो चाहिँ भएको बताए । ‘चियामा भएको किचलो दीगो मूल्यशृंखलाको पद्दतिमा समाधान गरी मूल्य निर्धारण गर्दा समाधान हुन्छ,’ उनले भने, ‘समस्या समाधान गर्न वैज्ञानिक पद्दति अपनाउनुपर्छ ।’  

नेपाली चियालाई विश्वबजारमा विक्री गर्नेक्रममा भारतीय पक्षबाट बेला–बेला विभिन्नखाले झमेला हुनेगरेको भन्दै उनले चीन सरकारसँगै चिया व्यापारको सम्झौता (जिटुजी) गर्ने प्रक्रिया अघि बढेको बताए । ‘अब केही समयपछि नेपाली चिया विश्वबजारमा पुर्‍याउन अरूको भर पर्नुपर्दैन,’ उनले भने, ‘इमान्दारी, अनुसन्धान र परिमाण हुने हो भने हामीले आफ्नो उत्पादन सोझै तेस्रो मुलुकमा बेच्न सक्छौं ।’ उनले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको पनि जानकारी दिए ।  

८ हजारभन्दा बढी किसान चियामै आबद्ध रहेको सूर्याेदय नगरपालिकामा ५ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् । चिया उत्पादन परिमाणका हिसाबले जिल्लाकै पहिलो सूर्याेदयमा देशमै पहिलो चिया परीक्षण र प्रवर्द्धन केन्द्र स्थापना हुन लागेको हो । यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको नीति–कार्यक्रम नै रहेको मेयर रणबहादुर राईले बताए । ‘नेपालमा चिया रोपण सुरु भएको १ सय ५७ वर्षपछि भएपनि चिया परीक्षण र प्रवद्र्धन केन्द्र स्थापना गर्न पाउनु गर्वको विषय हो,’ उनले भने, ‘विश्वमा नेपाल चिनाउन पनि इलामको चियाको महत्वपूर्ण भूमिका रहन्छ ।’  

सूर्याेदय नगरले २ वर्षअघि देशमै पहिलोपटक हरियो चियाको न्यूनतम् समर्थन मूल्यसमेत निर्धारण गरी कार्यान्वयन गरेको छ । चियालगायत सबै कृषिजन्य वस्तु अर्गानिक बनाउन ‘अर्गानिक नगर’ घोषणा गर्नेगरी योजना अघि बढाएको छ । नगरले २ सहकारीलाई अनुदान दिएर चिया प्रशोधनमा गुणस्तर कायम गर्न प्रोत्साहन गरेको मेयर राईले बताए । ‘चिया परीक्षण केन्द्रमा देशभर कहाँ कस्तो गुणस्तरको चिया उत्पादन हुन्छ भन्ने थाहा पाइन्छ,’ उनले भने, ‘केन्द्र बनेपछि चियाको गुणस्तर जाँच्न चियाविज्ञ र व्यापारीहरू उद्योग–उद्योग पुगिरहनुपर्दैन । बर्सेनि हजारौंको संख्यामा इलाम आउने पर्यटकले पनि इलामको चिया यहीं चाख्न पाउनेछन् ।’  

नेपालमा अर्थाेडक्स, अर्गानिक अर्थाेडक्स र क्रस टियर कर्ल (सिटिसी) चिया उत्पादन हुन्छ । इलाममा ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छन् । चिया प्राविधिकका अनुसार अर्थोडक्स चियामा पनि २८ प्रकारका उत्पादन प्रयोगमा छन् । नेपालमा उत्पादित तयारी चिया भारत, जर्मनी, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा समेत निर्यात भइरहेको छ ।  

यहाँका किसान र उद्योगीकै प्रयासमा मात्र यहाँको चियाले विश्वबजारमा पहुँच बढाउँदैगरेका बेला सूर्याेदय नगरले किसान–उद्योगीलाई साथ दिएको हो । ‘चिया हजारौं किसानको हातमुख जोर्ने मेलो त हुँदै हो, यसले विदेशी मुद्रा आर्जनसमेत गरिरहेको छ,’ मेयर राईले भने, ‘चियाको गुणस्तर र परिमाण दुवै बढाएर व्यापारीकरण गर्ने हो भने निर्यात गर्न सकिने कृषिउपजमा देशकै राम्रो हिस्सा ओगट्ने निश्चित छ ।’ 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस