कोरोना भाइरस संक्रमणले उच्च गति लिइरहेको छ। यहीबेला तिहारले छपक्कै छोपिसकेको छ। तिहारले छपक्क छोपेको यो बेला मखमली र सयपत्री फूलले बगैंचा ढकमक्क भइसकेका छन्। मखमली र सयपत्री फुलेर ढकमक्क हुँदा तिहारको छनक देखिएको छ। तर, ढकमक्क फुलेको त्यही सयपत्री फूलले बजारमा उत्तिसारो गति लिन भने सकेको छैन।
किनकी कोरोना भाइरस संक्रमणको त्रासले त्यही फूल किन्न जानका लागि पनि सर्वसाधारण डराएका छन्। कोरोना मारमा परेको तिहारमा फूलले पनि उत्तिसारो बजार पाउन नसकेको पुष्प व्यवसायीको भनाई छ। ड्यामसाइडस्थित मनकामना सिजनल नर्सरीका संचालक दीलबहादुर गुरुङका अनुसार यो पटक तिहारका लागि सयपत्री र मखमलीको थुंगा किन्न आउने ग्राहक पोहोरजति छैनन्। अघिल्ला वर्ष तिहारका लागि फूलको माग धान्न हम्मेहम्मे हुने गरेपनि अहिले उत्तिसारो माग नभएको उनले बताए।
‘यो पटक कोरोनाले सबैलाई तर्सायो, चाँडबाँड पनि यही कोरोना महामारीबीच परेको छ,’ उनले भने,‘त्यही भएर फूलको ब्यापारमा पनि प्रभाव परेको छ। पोहोर मलाई थुंगा बेच्न भ्याइ न भ्याई हुन्थ्यो, तर, अहिले त्यो अवस्था आइपरेको छैन।’ उनले एकरोपनी जग्गामा झन्डै २२ सयवटा सयपत्री फूलका विरुवा रोपेका छन्। पोहोर त्यत्तिकै विरुवा रोप्दा फुलेको फूल बेचेर उनले झन्डै दुई लाख रुपैयाँ कमाएका थिए। यो पटक पोहोरजस्तो माग नहुँदा आम्दानीको आँकलन पनि गर्न नसकिएको उनले बताए।
‘पोहोर होटल क्षेत्रमा फूलको ब्यापक माग हुँदा हामीलाई पुर्याई नसक्नु हुन्थ्यो। यो पटक भने फूलको माग उत्तिसारो भएन,’ उनले भने, ‘होटल सजाउन र पाहुनालाई स्वागत गर्दा फूलको माला पहिर्याइदिने चलन हो। यो पटक पाहुना नहुँदा होटलमा फूूलको माग छैन। अब तिहारको माला बनाउनका लागि मात्र फूल खोज्ने ग्राहक छन्। त्यही पनि पहिले जस्तो भीड छैन।’
उनका अनुसार यो पटक माला बनाउने फूलको थुंगाको प्रतिगोटा मूल्य ५ रुपैयाँ पर्छ। ‘बजारमा पनि उत्तिसारो मान्छे छैनन्। लकडाउनको छेको पारेर चैतमा गाउँ फर्केका कतिपय बासिन्दा अझै बजार झरेका छैनन्। ‘बजारमा मान्छे कम हुँदा त्यसको प्रभाव पनि तिहारमा पर्दछ,’ उनले भने,‘तर, अहिले तिहारको भाइटीका लगाउन पनि हिँड्डुल सहज छैन। त्यसैले गर्दा फूलको माग पनि कम भएको हो। टीका थाप्न दिदीबहिनीकहाँ जाने अवस्था नहुँदा फूलको मागमा पनि असर परेको छ।’ ढकमक्क फुलेको सयपत्रीले तिहारको छनक दिएपनि कोरोनाले भने मान्छेलाई त्रासमै राख्दा चाँडबाँडको पनि मज्जा नआएको उनले बताए। ‘कोरोना त्रासबीच ढकमक्क सयत्रपीले स्वागत त गरेको छ, तर, नागरिक त्रसित छन्,’ उनले भने।
पोखरा महानगरपालिका–१३ को दुईकुलाको मुहानमा शंकर गुरुङले सयपत्री फूलखेती गरेका छन्। उनले झन्डै दुईरोपनी क्षेत्रफलमा सयपत्रीका ५ हजार विरुवा लगाएका छन्। बगैंचामा सयपत्री फूल फुलेर ढकमक्क भएको छ। ‘कोरोनाले गर्दा यो पटक फूलको विरुवा बिक्री गर्न पाइएन,’ उनले भने,‘विरुवा रोप्ने बेलामा लकडाउन पर्यो। त्यसले गर्दा विरुवाको बिक्रीमा असर परेको हो।’ यो बेला फूल फुलिसकेकोले थुंगा किन्न आउने ग्राहक भएपनि पोहोर–परार जस्तो भीडभाड भने नभएको उनले बताए। ‘फूलको थुंगा किन्न पनि पहिलेजस्तो मान्छे आएका छैनन्। किनकी बजारमा बस्ने एक समूह गाउँमा रोकिएको छ। कोरोनाले मान्छेलाई गाउँमै रोक्यो। त्यसको मार अहिले फूल ब्यापारमा पनि परेको छ।’
उनले सयपत्री फूलको एउटा थुंगालाई ५ देखि ७ रुपैयाँमा बेच्छन्। एउटा माला बनाउन २० देखि ३० वटासम्म थुंगा आवश्यक पर्छ। ‘अहिले त बोटबाटै थुंगा टिपेर लैजाने ग्राहक छन्। आइतबारसम्म सबै फूल बेचिसक्ने योजना छ। शनिबार फूलका सबै थुंगा टिप्ने हो।’
पुष्प व्यसायीको संस्था फ्लोरिकल्चर एशोसिएसन अफ कास्की (फ्यान) की अध्यक्ष सिता रानाका अनुसार यो वर्ष व्यवसायिक रुपमा फूलखेती गरिरहेका व्यवसायीले मात्र सयपत्री र मखमली फूल रोपेका छन्। अघिल्ला वर्षजस्तो तिहारलाई मात्र लक्षित गरेर गरिने फूलखेती यो पटक गरिएको छैन। त्यसले गर्दा पनि बजारमा पोहोरजस्तो बढी उत्पादन नभएको उनले बताईन्। ‘तिहार लक्षित मात्र गरिएको खेती यो पटक छैन। पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले मात्र गरेका छन्,’ उनले भनिन्, ‘पुष्प व्यवसायीले गरेको खेतीमा पनि उत्तिसारो माग बढ्ने अवस्था रहेन।’ रानाका अनुसार तिहारका लागि लक्षित गरि ९० दिन अघि नै सयपत्री र मखमली फूलका विरुवा रोपिन्छ।
पोखरामा मात्र तिहारमा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने गरेको छ। तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी प्रयोग हुन्छ। अघिल्ला तिहारमा पुष्प व्यवसायीसँगै किसानले पनि फूलखेती गर्दथे। तर, यो पटक किसानको खेती छैन। पोखरामा मागको ८० प्रतिशत स्थानीय उत्पादन हुने गरेको छ। करिब २० प्रतिशत भने भारतबाट आयात हुने गरेकोमा यो पटक कोरोनाका कारण भारतबाट आयात नहुने उनले बताईन्। पोखरामा स्याङ्जा, तनहुँ, वागलुङ, गोरखा, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट फूल आउने गर्छ।