भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्न माग गरिएको छ। संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाकोमा पुगी यो माग गरेका हुन्।\
टोलीले औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका निर्देशक तथा अधिकारीहरूसँग भएको छलफलमा भक्तपुर औद्योगिक क्षेत्रलाई नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरियो। औद्योगिक क्षेत्रको स्थापनाको उद्देश्यअनुसार भक्तपुर साना औद्योगिक क्षेत्र कायम गरी टेक्सटाइल, डाइङ र अन्य रसायन प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायत उद्योगहरू स्थानीय पीडित जनताको निवेदन र भक्तपुर नगरपालिकाको पत्रअनुसार अविलम्ब हटाउन आग्रह गरियो।
छलफलमा संघीय सांसद सुवालले मानव बस्तीभित्र अवस्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण फाल्ने उद्योगहरू जनताको चाहनाबमोजिम स्थानान्तरण हुनुपर्ने माग राखे। उनले त्यहाभित्रको नेपो इण्डष्ट्रिजलगायतबाट स्थानीय जनता पीडित भएको हुँदा त्यस्ता टेक्सटाइल र डाइङलगायत ध्वनी धुलो फाल्ने उद्योग सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिए। साना औद्योगिक क्षेत्रको रुपमा स्थापित उद्योग क्षेत्रमा अपारदर्शी ढंगले काम भइरहेकोमा आपत्ति जनाउँदै सांसद सुवालले मानव बस्तीभित्र सञ्चालित उद्योगहरूले जनताको चाहनाबमोजिम सञ्चालन हुनुपर्नेमा औद्योगिक क्षेत्र व्यवस्थापन लि. को ध्यानाकर्षण गराए।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ढिलो न्याय दिनु अन्याय भएको बताउँदै जनताको गुनासो सम्बन्धित निकायबाट समयमै सम्बोधन नभए अराजकता ल्याउन सक्नेतर्फ ध्यानाकृष्ट गराए। विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक नगरभित्र सञ्चालित सो उद्योगहरूले पर्यटकीय नगरमा नकारात्मक असर पारिरहेको बताउँदै नेपो उद्योगलाई ध्वनी र धुँवा प्रदूषण नहुने गरी बिहान १० देखि ५ बजेसम्म चलाउने निर्देशन दिइएकोमा कार्यान्वयन नभएको हुँदा तत्काल कारबाही गर्नुपर्ने माग राखे।
औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणको विषयमा उद्योग मन्त्रालयले समिति गठन गरी आवश्यक निरीक्षणपश्चात कसरी अगाडि बढ्नु उचित हुने टुंगो लाग्ने बताए। कुनै पनि उद्योग स्थानीयको चाहनाविपरीत अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै सिटौलाले दर्ताविना सञ्चालन भएका उद्योगहरू कानुनको दायरामा आउने प्रष्ट पारे।
छलफलमा उक्त उद्योग रहेको भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका सृजना श्रेष्ठ, कार्यालयका निर्देशक सञ्जयलाल मानन्धर, भक्तपुर नपाका कर्मचारी गौतमप्रसाद लासिवा र पीडित स्थानीय विनोदचरण रायको टोली सहभागी थिए।