कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् । लामो लकडाउनका कारण बन्द रहेका होटल/होमस्टेले मुख्य सिजन (असोज–कात्तिक)मा चाहिँ राहत अनुभव गरेका छन् ।
दैनिक हजारौं आन्तरिक पर्यटक आउने इलाम वर्षको अर्काे मुख्य सिजन (चैत/वैशाख) पर्यटकशून्य रह्यो । चैतयता बन्द होटल र होमस्टे साउनपछि तंग्रिएर कात्तिकमा आइपुग्दा झन्डै अरूबेलाकै हाराहारीमा पर्यटकलाई स्वागत गर्दैछन् । मुख्य पर्यटकीय क्षेत्र अन्तु, कन्याम, सन्दकपुरमा विगत वर्षकै तुलनामा पर्यटक नआएपनि व्यवसाय अब आशलाग्दो भएको व्यवसायीले बताएका छन् ।
सातायता इलामको मौसम सफा रहेकाले पनि पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लाग्दैछ । मेची राजमार्गसँगै जोडिएको कन्याममा अहिले दैनिक २ हजार हाराहारी पर्यटक घुम्न आइरहेका छन् । शनिबार र मंगलबार यो संख्या अझ धेरै हुने गरेको कन्याम इन होटलका सञ्चालक प्रेम आचार्य बताउँछन् । ‘साउनयता कन्याममा अलि–अलि पर्यटक आउन थालेका हुन्,’ उनले भने, ‘अहिले मेरो होटलमा दैनिक ५० भन्दा बढीले खाना खान्छन्, धेरैलाई त्यसै फर्काउनुपरेको छ,’ । आचार्यले होटलका कोठा दिनहुँ बुक भएको बताए ।
कन्याम चियाबारीको सौन्दर्य यहाँको मुख्य आकर्षण हो । मौसम खुलेका बेला हर्कटे, पाथीभरा र कन्याम चियाबारीबाट कञ्चनजंघासहितका हिमाल नजिकै देखिन्छन् । यो सिजनमा कन्याममा वनभोज खान आउनेको धुइरो लाग्छ । पर्यटकहरू घोडामा चढेर, स्थानीय जातजातिका पोसाक लगाएर रमाउँछन् । नजिकै पाथीभरादेवीको मन्दिर पनि रहेकाले यहाँ अरू दिनभन्दा शनिबार र मंगलबार चाहिँ पर्यटकको भिड लाग्ने गरेको छ ।
झापा र इलामको सीमा जोरकलशदेखि कन्याम हुँदै फिक्कलसम्म सयभन्दा बढी होटल/रिसोर्ट छन् । यी होटल/रिसोर्टमा यतिबेला दिनहुँ पर्यटकको घुइँचो लागिरहेको छ । ‘तर, गतवर्षहरूमा अहिलेभन्दा झन्डै दोब्बर पर्यटक हुन्थे,’ व्यवसायी आचार्यले भने, ‘पूर्णरूपमा पर्यटक आउन नसकेपनि कोरोनाको सन्त्रासले लामो समय बन्द रहेका होटललाई अहिले आएर केही राहत महसुस भएको छ ।’
अर्काे पर्यटकीय क्षेत्र अन्तुमा अहिले दिनहुँ ८ सयदेखि १ हजार ३ सय हाराहारी पर्यटक आउँदैछन् । चैतदेखि बन्द रहेर असोजयता मात्रै सञ्चालमा आएका यहाँका ७६ होमस्टे र ३३ भन्दा धेरै होटलमा अहिले पर्यटकको चहलपहल बढेको हो । स्थानीय होमस्टे व्यवसायी रुद्र घिमिरेले इलामसहित झापा, मोरङ, सुनसरी र पाँचथरलगायत स्थानबाट पर्यटक आइरहेको बताए । ‘दिनहुँ सयौंको संख्यामा आउने बंगाली पर्यटक नाका बन्द भएकाले आएका छैनन्,’ उनले भने, ‘पोहोर, परार यो सिजनमा दिनहुँ १ हजार ७ सयजति पर्यटक अन्तु आइपुग्थे ।’
अन्तु आएका पर्यटक कम्तीमा १ रात यहीं बिताउँछन् । सूर्याेदय, हिमशृंखला, अन्तुपोखरी, चियाबारीको मनमोहक दृश्य यहाँका मुख्य आकर्षण हुन् । नेपालकै लोपोन्मुख लेप्चा जातिको संस्कृति अध्ययन÷अवलोकनका लागि पनि अन्तु प्रख्यात छ । मेची राजमार्गबाट नजिकै (१४ किलोमिटर) पर्ने भएकाले पनि अन्तुमा बर्सेनि हजारौैं पर्यटक आइपुग्छन् । लकडाउन सुरु हुने बेलामात्रै पनि यो क्षेत्रमा २० होमस्टे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए । १० देखि ४५ लाख रुपैयाँ लगानी गरेर खुलेका होटल लकडाउनभर बन्द हुँदा लाखौं रुपैयाँको घाटा भएको व्यवसायीले बताएका छन् । अन्तु क्षेत्रको एउटै होमस्टेमा पर्यटकीय सिजनमा महिनामै ६० देखि साढे ३ हजार जनासम्म पर्यटक आउने गरेका छन् । होमस्टे व्यवसायीले महिनामा ६० देखि १ लाख रुपैयाँसम्म कमाउने गरेको होमस्टे व्यवसायी धनकुमार आलेको भनाइ छ ।
भारतीय सीमासँगै रहेको सन्दकपुर डाँडामा चाहिँ यो वर्ष पर्यटकको उपस्थिति पातलो छ । भारततिरबाट हजारौंको संख्यामा आउने बंगाली पर्यटक कोभिड–१९ को त्रासले आउन पाएनन् । इलामकै बाटो भएर बाहिरी जिल्लामा पर्यटक पनि धेरै नपुगेको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाका बालनगाउँ, चोयाटार, सिद्धिथुम्का, माइपोखरी, सन्दकपुरलगायत पर्यटकीय क्षेत्रमा रहेका होमस्टेमा पनि पर्यटकको संख्या दिनहुँ थपिँदैछ । तर, विगत वर्षहरूमा जस्तो ढुक्कले पर्यटक आउन, घुम्न र बस्न चाहिँ नपाएको व्यवसायीको भनाइ छ ।
गतवर्षको यतिबेला मुखमा आउँदै गरेको ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी मेची राजमार्ग आसपासमा मात्रै ३ दर्जनभन्दा बढी नयाँ होटल/रिसोर्ट खुलेका थिए । ती होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ । लगानी गर्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायीलाई बैंकको ऋण तिर्न आपत् परेका बेला अहिले केही राहत मिलेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले बताए । ‘इलाममा त्यसै पनि पर्यटन व्यवसाय फस्टाउँदै गएकाले होटलमा ह्वात्तै लगानी बढेको थियो,’ उनले भने, ‘तर, लकडाउनले नयाँ र पुराना दुवैखाले व्यवसायीलाई नराम्रोगरी डुबाइसकेको छ ।’
एसोसिएसनका अनुसार जिल्लामा साढे ४ सय होटल तथा रेस्टुरेन्ट छन् । तीमध्ये ठूला ६०, मझौला २ सय र सानाको संख्या १ सय ९० छ । यी होटल र रेस्टुरेन्टमा मात्रै २ हजार ३ सय ७० जनाभन्दा बढीले रोजगारी पाएका थिए । कोभिडका कारण आधाभन्दा धेरैको रोजगारी गुमेको छ । लकडाउन अवधिमा होटल व्यवसायमा मासिक करिब २२ करोड ६२ लाख रुपैयाँ घाटा भएको अध्यक्ष पौडेलको अनुमान छ ।
जिल्लामा हुने पर्यटकीय खचाखचले कोभिड–२९ को संक्रमण भने बढाउने सम्भावना रहेको भन्दै सामाजिक सञ्जालहरूमा स्थानीयको डर पोखिएको छ । तर, होटलमा आउने पर्यटकलाई व्यवसायीले संक्रमण नियन्त्रण मापदण्डका लागि आग्रह गरिरहेपनि कार्यान्वयन भने नभएको एसोसिएसन अध्यक्ष पौडेल स्वीकार्छन् । ‘इलाम आउने पर्यटकको संख्या बढेको छ तर कोभिडविरुद्धको मापदण्ड कार्यान्वयन गर्न नसकिएको साँचो हो,’ उनले भने, ‘व्यवसायीले त मापदण्ड पालनाका लागि आग्रह गरिरहेकै छन् । तर, पर्यटकहरू नै अब कोरोनादेखि डराउन छाडेकोजस्तो लाग्छ ।’
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...