कन्टेनर व्यवसायीको पीडाः ८ महिनादेखि गाडी देखिएन, बैंकको पत्र आको आइ
२१ असोज २०७७
•
२ मिनेट पाठ
कन्टेनर व्यवसायीको पीडाः ८ महिनादेखि गाडी देखिएन, बैंकको पत्र आको आइ
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुका फूर्पा तामाङले ८ महिनादेखि आफ्नो गाडी देख्न पाएका छैनन्। गएको माघ १५ गतेदेखि उनको गाडी रसुवागढी भन्दा केही पारी चिनियाँ भूभागमा रोकिएको छ।  




नाका सञ्चालनमा आइसके पनि उनको गाडी वारी आउने अझै छाँटकाँट छैन। आफ्नो गाडी वारी ल्याउन नपाएपछि उनको व्यवसाय ठप्प छ। ८ महिनादेखि उनको कमाइ शुन्यमा झरेको छ। नाका पारी अड्किएका गाडी ल्याउन नपाएपछि उनी अहिले निकै तनावमा छन्। लकडाउनपछि किस्ता नतिरेकाले उनलाई बैंकले किस्ताको लागि कहिले मौखिक रूपमा भन्ने गरेको छ भने कहिले पत्र पठाउने गरेको छ।  

‘मंगलबार पनि बैंकले किस्ता तिर्नका लागि पत्र पठाएको छ’, उनले भने, ‘गाडी चलाउन पाएको भए पो कमाएर तिर्नु अव कसरी तिर्नु।’ उनले खरिद गरेका दुवै गाडी चीनतर्फ अड्किएका छन्। ‘समयमै किस्ता नतिरे गाडी बैंकले तान्छ’, ‘उनले भने, ‘अहिले किस्ता तिर्न सक्ने अवस्था छैन।’  

लकडाउन हुनभन्दा अगाडि ८ लाख ३४ हजार बैंकलाई बुझाउन बाँकी थियो। समयमै किस्ता बुझाउन नसक्दा अहिले बढेर ९ लाख ५९ हजार पुगेको छ। कोभिड–१९ आउनुपूर्व उनलाई किस्ता बुझाउन समस्या थिएन। कमाइ राम्रै थियो। गाडी नियमित सञ्चालन भइराखेको थियो।  

गएको माघ १३ गते उनले नेपाली सामग्री लिएर केरुङ गएका थिए। ल्होसारका कारण सामग्री आयात हुने सम्भावना भएन। ल्होसारका कारण १० दिन नाकामा आयात निर्यात नहुने भएकाले उनले खाली कन्टेनर नाका पारी ल्याएर राखेका थिए।  

त्यहाँ राख्दा नाका खुल्ने बित्तिक्कै जान पाइन्थ्यो। तर पछि कोरोनाको त्रासले नाका बन्द भयो। उता राखिएका गाडी नेपाल ल्याउन पाइएन। यता भएका गाडी पनि त्यसै थन्किएका थिए। तर नाका खुलेपछि नेपालतर्फ भएका गाडीले भने धेरथोर सामग्री ढुवानीको काम पाएका छन्।  

अर्का व्यवसायी राजु श्रेष्ठको पनि दुई वटा कन्टेनर उतै रोकिएको छ। ल्होसारपछि सामग्री लिन छिटो जान पाउने आसामा चिनियाँ भूभागमा छोडिएको गाडी अहिले नेपाल ल्याउन नसक्दा समस्या बढ्दै गएको छ। ‘उता रोकिएका गाडी ल्याउन सकिएको छैन’, उनले भने, ‘बैंकले किस्ता तिर्न ताकेता गरेको गरै छ।’ उनले लामो समयदेखि पारी रोकिएका गाडी ल्याउनका लागि पहल गरिरहेका छन्। तर यसको नतिजा आएको छैन।  

रसुवा कन्टेनर व्यवसायी समितिका अध्यक्ष किप्पा घलले पारी रहेका कन्टेनर ल्याउनका लागि पहल गर्दै आएको भएपनि हालसम्म कुनै पनि निकायले ठोस जवाफ नदिएको बताए। ‘हामीले पहल गरिराखेका छौं’, उनले भने, ‘तर जसलाई भने पनि कुरा भइराखेको छ भन्ने जवाफ आउँछ।

चीनतर्फ गाडी रोकिँदा धेरै जनाको घरबास गुम्ने अवस्थामा पुगेको रसुवा चेम्वर्स अफ कर्मसका अध्यक्ष सन्जिव अमात्यले बताए। ‘अहिले धेरै कन्टेनर व्यवसायी किस्ता तिर्न नसकेर ठूलो पीडामा परेका छन्’, उनले भने, ‘यसका लागि सम्बन्धित निकायले बेलैमा पहल गरिदिन पर्छ।’ नाका पारी ७/८ वटा कन्टेनर छन्। बाँकी कन्टेनर केरुङमा छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले चीनतर्फ रोकिएका गाडी तत्काल आउने संकेत नदेखिएको बताए। ‘हामीले चिनियाँसँग कुराकानी गरिराखेका छौं’, उनले भने, ‘अहिले नेपाली चालक पठाएर गाडी ल्याउने विषयमा उनीहरूले केही बताएका छैनन्।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस