खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय विद्युत विस्तार गरिएको छ। स्थानीय तह कार्यान्वयनमा आएसँगै विद्युत विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखामा केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरेको हो। आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराएको एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा विद्युत विस्तार गरिएको हो।
वाप्लुखामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदीप राईले रिवन काटेर विद्युत उद्घाटन गरेका हुन्। गाउँपालिकाका अनुसार वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घरमा विद्युत पुगेको छ। वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई लगायत वाप्लुखा पुगेका थिए।
खोटेहाङ गाउँपालिकाले हाल विद्युतको पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको छ। गाउँपालिका अध्यक्ष राईका अनुसार अब खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई मात्र विद्युतले छुन बाँकी छ। यद्यपी लिकुवापोखरीको सीमासम्म मेनलाइन विस्तार भइसकेको छ। खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा पनि मेनलाईनमा विद्युत बलिसकेको छ। ९ वडामध्ये हालसम्म खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत पुगिसकेको छ।
आगामी आर्थिक वर्ष सबै वडामा विद्युत विस्तारको कामलाई पुरा गरिने गाउँपालिका अध्यक्ष राईले बताए। विद्युत विस्तारका लागि चालु आर्थिक वर्ष १ करोड विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। ‘हामी निर्वाचित भएको बेला खोटाङबजार, सिमपानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युतको मेनलाइन मात्र विस्तार भएको अवस्था थियो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ। बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्र बनाएका छौँ। आगामी आर्थिक वर्ष सबै वडामा विद्युत पुर्याउने हाम्रो लक्ष्य छ ।’