प्रदेश नं १ का १४ मध्ये ४ वटा जिल्ला समन्वय समिति आफ्नो बेरुजु रकम शून्य बनाउन सफल भएका छन्। महालेखा परीक्षकको ५७ औं प्रतिबेदन अनुसार मोरङ, धनकुटा, तेह्रथुम र सोलुखुम्बु जिल्ला समन्वय समितिका नाममा लेखा परीक्षण भएको आर्थिक २०७५/०७६ सम्ममा बेरुजु रकम छैन।
प्रदेश नं १ का जिल्ला समन्वय समितिमध्ये सबैभन्दा बढी बेरुजु झापा जिल्ला समन्वय समितिको नाममा रहेको छ भने शून्य बेरुजु बाहेक सबैभन्दा कम संखुवासभा जिल्ला समन्वय समितिको रहेको पाईएको छ। महालेखा परीक्षकको प्रतिबेदन अनुसार झापा जिल्ला समन्वय समितिको बेरुजु १२ करोड ८८ लाख ५९ हजार रुपैयाँ रहेको छ। संखुवासभा जिल्ला समन्वय समितिको बेरुजु रकम ६ लाख ९३ हजार रुपैयाँ मात्र रहेको मलेप प्रतिबेदनमा उल्लेख गरिएको छ। प्रतिबेदन अनुसार ताप्लेजुङ जिल्ला समन्वय समितिको ३२ लाख ६५ हजार रुपैयाँ रहेको छ।
ताप्लेजुङ जिससको १७ करोड ५ लाख ७ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो। यस्तै पाँचथर जिससको ७ करोड २३ लाख ९४ हजार रुपैयाँको लेखा परीक्षण हुँदा २६ लाख २३ हजार रुपैयाँ अझै बेरुजु कायम छ। ११ करोड ५१ लाख ३५ हजार रुपैयाँको लेखा परीक्षणमा इलाम जिससको बेरुजु रकम २७ लाख १ हजार रुपैयाँ बेरुजु कायम रहेको छ। बेरुजु फस्र्यौटमा झापा जिसस प्रदेश नं १ मै कमजोर देखिएको छ। मलेप प्रतिबेदन अनुसार १५ करोड ९५ लाख ५२ हजार रुपैयाँको लेखा परीक्षण गराएको झापा जिससको बेरुजु रकम १२ करोड ८८ लाख ५९ हजार रुपैयाँ रहेको छ।
८० करोड ८५ लाख ८१ हजार रुपैयाँको लेखा परीक्षण गराउँदा मोरङ जिससले बेरुजु रकम शून्य बनाएको छ। बेरुजु फस्र्यौटमा मोरङ जिससको सफलतालाई ऐतिहासिक मान्न सकिन्छ। २६ करोड ७९ लाख ३१ हजार रुपैयाँको लेखा परीक्षण गराएको सुनसरी जिससका नाममा ४ करोड १५ लाख १५ हजार रुपैयाँ बेरुजु छ। २१ करोड ३८ लाख ३ हजार रुपैैयाँको लेखा परीक्षण गराएको धनकुटा जिसस र ५ करोड ५८ लाख ७८ हजार रुपैयाँको लेखा परीक्षण गराएको तेह्रथुम जिससको बेरुजु रकम पनि शून्य छ।
५ करोड ६३ लाख ९४ हजार रुपैयाँको लेखा परीक्षण गराएको संखुवासभा जिससको बेरुजु रकम ६ लाख ९३ हजार रुपैयाँ छ। बेरुजु रकम रहेको मध्ये सबैभन्दा कम अंक संखुवासभाको हो। ६ करोड ७७ लाख ६१ हजार रुपैयाँको लेखा परीक्षण गराएको भोजपुर जिससको बेरुजु रकम ७ लाख ७८ हजार रुपैयाँ रहँदा २६ करोड १९ लाख ६७ हजार रुपैयाँको लेखा परीक्षण गराउँदा सोलुखुम्बु जिससको बेरुजु रकम भने शून्य छ। ९ करोड ७९ लाख ८६ हजार रुपैयाँको लेखा परीक्षण गराएको ओखलढुङ्गा जिससको बेरुजु रकम लेखा परीक्षण अंकको झण्डै एकतिहाई अर्थात् ३ करोड २ लाख ४६ हजार रुपैयाँ रहेको छ।
२ करोड ४६ लाख ८९ हजार रुपैयाँको लेखा परीक्षण गराएको खोटाङ जिससको बेरुजु ३५ लाख ६२ हजार रुपैयाँ तथा ४ करोड ९१ लाख ९ हजार रुपैयाँको लेखा परीक्षण गराएको उदयपुर जिससको बेरुजु रकम १ करोड २ लाख ८० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ।