रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा लक्ष्यको तुलनामा कम राजस्व संकलन गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो।
नाका खुलेको महिना दिन बितेको भएपनि आयातमा निकै कडाइ गरिएका कारण आयात बढ्न सकेको छैन। प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार आयात बढ्न नसक्नु र बर्खाको कारण स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भइरहने समस्याले राजस्व संकलन बढ्न नसकेको हो।
साउन महिनामा कार्यालयले ६८ करोड १० लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा २३ करोड ५६ लाख ९८ हजार मात्र राजस्व संकलन भएको छ। यो लक्ष्यको ३४.६१ प्रतिशत हो।
नाकामा आयात भइरहेपनि लामो समयदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ। भन्सार विभागले रसुवा भन्सारलाई चालु आर्थिक वर्ष २०७७/७८ का लागि ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको छ। गत आर्थिक वर्षमा पनि लामो समय नाका बन्द भएका कारण वार्षिक लक्ष्य पूरा हुन सकेको थिएन। यो वर्ष पनि लक्ष्य पूरा गर्न कार्यालयलाई कठिनाइ छ।
कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/'७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।
२०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।