कोरोनाको बढ्दो संक्रमणले अन्योलग्रस्त बन्दै पर्यटन क्षेत्र
२७ साउन २०७७
•
४ मिनेट पाठ
कोरोनाको बढ्दो संक्रमणले अन्योलग्रस्त बन्दै पर्यटन क्षेत्र
पोखरामा पार्किङ गरिएका पर्यटक बस । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड । फाइल तस्बिरः नागरिक
कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहेको भन्दै सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानसहित लामो दूरीका सवारी संचालन गर्ने तयारी गरेको थियो । तर, यो अवधिमा संक्रमण झनै बढ्न थालेको भन्दै भदौ १ गतेदेखिको उडान र लामो दूरीको सवारी संचालन सरकारले रोकेको छ । थप केहीदिन हवाई र स्थल यातायात संचालन हुन नदिने सरकारी निर्णयले व्यापारको पर्र्खाइमा रहेका व्यवसायी भने अन्योलमा परेका छन् ।




अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानसहित लामो दूरीको सवारी संचालन होला र व्यावसाय सुचारु गरौंला भन्ने तरखरमा रहेका व्यवसायी अब भने के र कसो गर्ने भन्ने दोधारमा छन् । राजधानी काठमाडौंसहित मुख्य सहरमा संक्रमण तीव्र बढ्दा पछाडी धकेलिएको उडान र लामो दूरीको सवारी संचालन झनै अनिश्चित बनेको उनीहरुको भनाई छ । व्यावसाय संचालन गर्न नपाउँदाको नोक्सानीले थिलोथिलो भएको उनीहरुको भनाई छ ।

‘भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक उडानसहित लामो दूरीको यातायात संचालन हुने भनेपछि भदौ १५ देखि होटल खोल्ने योजना बनाएका थियौ,’ लेकसाइडस्थित होटल एशियाका संचालक धर्मराज पन्थी भन्छन्, ‘तर भदौ १ गतेदेखिका उडान र लामो दूरीको सवारी संचालन रोकियो । यसले झनै अन्योल बनायो ।’ अहिलेकै संक्रमण बढदै जाँदा भदौभर उडान र लामो दूरीको सवारी संचालन हुने अवस्था नरहेको उनले बताए ।  

‘अन्तर्राष्ट्रिय र आन्तरिक उडानसहित लामो दूरीको सवारी संचालन भएको १५ दिनपछि होटल खोल्ने योजना हो । त्यही अनुसार भदौ १५ देखि होटल खोल्ने लक्ष्य थियो,’ उनले भने, ‘तर, त्यो योजना अनुसार होटल खोल्ने अवस्था रहेन । जुनदिन हवाई र सवारी संचालन हुन्छन, त्यसको १५ दिनपछि बल्ल होटल संचालन गर्ने लक्ष्य राखेका छौ । तर, अब भने अझै अनिश्चित रहयो ।’ अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानसहित लामो दूरीको सवारी संचालन नभएसम्म पाहुना आउजाउ हुने अवस्था नरहेको उनले बताए । ‘राजधानी काठमाडौंमा संक्रमण झनै बढदो छ । त्यसैले काठमाडौं सहज नहुँदासम्म पाहुना आउने अवस्था रहन्न,’ उनले भने ।

भदौ १ देखि उडान र लामो दूरीको सवारी संचालनको तयारीले यसअघि केही व्यावसायीले होटल खोल्ने योजना पनि बनाईसकेका थिए । तर, अब ती व्यावसायीले योजना अनिश्चितकालसम्म रोकेका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिले संक्रमण बढ्दै जाँदा व्यावसायी नै अन्योलमा परेको बताए ।  

‘यो बेला सहज होला भनेको त संक्रमणले झनै डरलाग्दो अवस्था ल्याउन थालेको छ,’ तुलाचन भन्छन्, ‘यसले व्यावसायीमा पनि अन्योल सिजर्नना भएको छ ।’ साउन १५ देखि होटल र रेस्टुरेन्ट खोल्न सरकारले अनुमति दिँदा व्यावसायीमा केही उत्साह थपिएको भएपनि अहिले त्यो उत्साह बिस्तारै कमजोर बन्दै गएको उनले बताए ।

‘सुरुमा (साउन १५ तिर) अलिअलि उत्साह थियो, तर संक्रमण बढ्दै जाँदा झनै व्यावसाय खुलाउने आँट छैन,’ उनले भने, ‘व्यवसाय संचालन गरेकालाई पनि अन्योल भएको छ ।’ संक्रमणको अवस्थालाई पर्ख र हेर गरिरहेका व्यावसायीको योजना झनै पछाडि सरेको उनले बताए । ‘चाँडबाँड पनि आउन थालेको छ । यो बेला संक्रमण झनै डरलाग्दो रुपमा बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा व्यावसाय संचालन गर्ने आँट व्यवसायीमा छैन ।’

पोखरामा मात्र नभई आसपासका क्षेत्रमा जान नपाउँदा पनि पाहुना आगमन हुने सम्भावना नरहेको उनको भनाई छ । ‘घुमघामका सबै गतिविधि बन्द हुँदा होटलमा मात्र बस्न पाहुना आउँदैनन् । अन्य पर्यटकीय गतिविधि बन्द हुँदा होटलमा थुनिन कोही आउँदैनन्,’ उनले भने, ‘यो बेला त खोलेका होटल पनि मारमा छन् ।’ कोरोना भाइरस संक्रमणले काठमाडौं केन्द्र बनिरहँदा अब झनै त्रास छाएको उनले बताए । ‘तराईबाट पाहुना बोलाउने अवस्था अझै रहेन,’ उनले भने, ‘अलि बढी पाहुना आउने ठाउँ काठमाडौं पनि बढी जोखिममा हुँदा अन्योल थपियो ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल पनि भदौ १ देखि पोखरा–काठमाडौं रुटमा पर्यटक बस संचालनका लागि योजना बनाइरहेको बेला एकाएक लामो दूरीको सवारी संचालन गर्ने दिन पछाडि धकेल्दा अन्योलग्रस्त बनेको बताए । उनका अनुसार भदौ १ देखि पर्यटक बस संचालन गर्ने योजनासहित सवारी चालक, सहयोगी कर्मचारी लगायतलाई बोलाएर प्रशिक्षण दिन थालिएको छ । नाट्टामा आवद्ध १२० जना कर्मचारीलाई तीन सिफ्टमा बाँडेर मंगलरबादेखि प्रशिक्षण दिन थालिएको छ । उनीहरुलाई दुईदिनसम्म प्रशिक्षण दिइनेछ ।  

नाट्टाले ती कर्मचारीलाई प्रशिक्षणमा सुरक्षा प्रोटोकल, पर्यटन सेवा र फोहर व्यवस्थापनबारे जानकारी दिएको छ । त्यसबाहेक लामो समय रोकिएका गाडी मर्मतसम्भार गर्ने क्रम पनि चलिसकेको अध्यक्ष सिग्देलले बताए । ‘लामो समय रोकिएका गाडी मर्मतसम्भार थाल्यौ, घर पुगेका कर्मचारीलाई बोलाएर प्रशिक्षण दियौं,’ उनले भने, ‘तर, अब तोकिएको दिनमा गाडी चलाउन नपाएपछि ती कर्मचारीलाई के र कसो गर्ने भन्ने अन्योल भएको छ ।’

‘अहिले नियमित रुपमा गाडी नचल्दा सर्वसाधारणले महंगोमा साना गाडी रिजर्भ गरेर हिडडुल गरेका छन् । सबै मापदण्ड पुरा गरेर गाडी चल्न दिने हो भने ती यात्रुलाई केही राहत मिल्थ्यो,’ उनले भने, ‘पोखरा–काठमाडौं रुटमा दिनमा ३/४ वटा बस चलाउने योजना हो । तर, सरकारले त्यसमा सहजीकरण गर्न चाहेन ।’ उनका अनुसार ३५ सिटका ती पर्यटक बसमा १७ जना मात्र यात्रु बोकेर संचालन गर्ने योजना थियो । भदौ १ को समय पछाडि धकेलिँदा अझै अन्योल भएको उनले बताए ।  

व्यावसायीलाई यो बेला सबैभन्दा अप्ठेरो काममा फिर्ता बोलाएका कर्मचारीलाई काम दिन नपाउँदा भएको छ । ‘घरमा बसेका कामदारलाई फिर्ता बोलाएर प्रशिक्षण दियौ । अब गाडी चलाउन पाँइदैन,’ उनले भने, ‘बोलाएका कर्मचारीलाई कहाँ पठाउने भन्ने अन्योल छ । कामका लागि बोलाएका कर्मचारीलाई अब घर पठाउने अवस्था रहेन । उनीहरुलाई कामविहीन अवस्थामा राख्नुपर्दा दोहोरो मार पर्ने छ ।’
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
२ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस