अनुमति हामीले दिएको होइन: गापा अध्यक्ष
२५ साउन २०७७
•
३ मिनेट पाठ
अनुमति हामीले दिएको होइन: गापा अध्यक्ष
सन्दकपुर गाउँपालिका र कुनैपनि वडाले विवादित सुपरमाई–ए जलविद्युत् आयोजना निर्माण क्षेत्रका लागि अनुमति नदिएको गाउँपालिकाले दाबी गरेको छ । अहिलेका जनप्रतिनिधि चुनिएर आउनुअघि नै तत्कालीन गाउँ विकास समितिले दिएको अनुमतिअनुसार आयोजनाले काम गरिरहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जनाए ।  




स्थानीय खोलाहरू सम्बन्धित क्षेत्रका बासिन्दालाई सोध्दै नसोधी जलविद्युत् आयोजनालाई दिएको भन्दै माइखोलामा निर्माणाधीन आयोजनाप्रति त्यस क्षेत्रका बासिन्दा आक्रोशित छन् । उनीहरूले आयोजना क्षेत्रका बासिन्दालाई थाहै नदिई सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका वडाहरूले आयोजनालाई खोला प्रयोग गर्ने अनुमति दिएको भन्दै आन्दोलनको चेतावनी दिइरहेका छन् । 

तर, स्थानीय तहमा आफूहरू आएपछि आयोजनाले गरेको सार्वजनिक सुनुवाईमा पहिले नै पाएको अनुमतिबारे जनप्रतिनिधिलगायत स्थानीयलाई जानकारीमात्र गराइएको अध्यक्ष राईले बताए । ‘आयोजना निर्माणका लागि निर्माण कम्पनीले पाएको अनुमतिका कागजात मैले काठमाडौंबाट समेत मगाएर हेर्दा नयाँ जनप्रतिनिधिले कुनै अनुमति दिएको देखिँदैन,’ अध्यक्ष राईले भने, ‘हामी आउनुभन्दा अघि दिइएको अनुमतिबारे हामीलाई सार्वजनिक सुनुवाईमा जानकारी चाहिँ दिइएको थियो ।’

आयोजना निर्माण क्षेत्रका बासिन्दा संघर्ष समिति नै गठन गरी विरोधमा उत्रिँदैछन् । स्थानीय कुशबहादुर थेबेले कसैको सहमतिबिनै इङ्ला र समाहा खोलाको पानीसमेत माइखोलाको आयोजनामा मिसाइएको बताए । ‘हामीले आयोजनासँग निर्माण कार्यबारेका कागजात माग्दासमेत दिइएन,’ उनले भने, ‘प्रत्येक नागरिकले पाउनुपर्ने सार्वजनिक महत्वको सूचना माग्दासमेत आयोजना व्यवस्थापन पक्षले दिँदै नदिने अड्डी लिइरहेको छ ।’ उनले आयोजनाले सूचनाको हकसम्बन्धी ऐनको समेत उपेक्षा गरी आफूहरूलाई गुमराहमा राखेको बताए ।  

स्थानीयले आयोजनाले सामाजिक उत्तरदायित्वका कामबारे पनि कसैलाई स्पष्ट रूपमा जानकारी नदिएको बताइरहेका छन् । तर, गाउँपालिका अध्यक्ष राईले भने आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गतको १ करोड २७ लाख र त्यसबाहेक पनि आयोजनास्थल छेउछाउको क्षेत्रमा सहयोग गरेको बताए । ‘आयोजनाले स्थानीय सडक, खेलमैदानलगायतका लागि सहयोग नगरेको होइन,’ उनले भने, ‘कतिपय काम हुन बाँकी छ, कतिपय भइसक्यो होला तर आयोजनाले सामाजिक उत्तरदायित्व नै पूरा गरेन भन्नु चाहिँ आरोपमात्रै हो ।’  

प्रभावित क्षेत्रका बासिन्दाले सर्वसाधारणलाई पाखा लगाएर केही टाठाबाठालाई आफ्नो कब्जामा लिइ आयोजना निर्माण गरिएको आरोप लगाइरहेका छन् । आयोजनाले केही रकम स्थानीय सरकारलाई दिएर ज्यादै थोरै खर्च गरी धेरै खर्च भएको देखाइएकोसमेत स्थानीयको आरोप छ । तर, आयोजनाले स्थानीय सरकारमार्फत् प्रभावित क्षेत्रलाई गरेको सहयोगबारे स्पस्ट हिसाब–किताब गाउँपालिकामा राखिएको पनि अध्यक्ष राईले जनाए ।    

९.६ मेघावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपैयाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजनाले जनाएको छ । आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले आयोजनाको जिम्मेवारीमा परेको रकम स्थानीय जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका लागि खर्चको बाँडफाँटसमेत गरी काम गरेको बताए ।

आयोजनास्थलसँग इलाम नगरपालिकाको वडा २, माइजोगमाई गाउँपालिकाको वडा ६ तथा सन्दकपुर गाउँपालिकाका ३ र ५ वडा जोडिएका छन् । १ अर्ब ७९ करोड रुपैयाँ लागतको आयोजनाबाट वार्षिक ५६.४६ गिगावाट/आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस