ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी रकम बेरुजु
२४ साउन २०७७
•
२ मिनेट पाठ
ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी रकम बेरुजु
ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड रुपैयाँ बढी रकम बेरुजु देखिएको छ । रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो । 




महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिबेदन अनुसार यहाँका ९ स्थानीय तहमा २५ करोड २१ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण भएको बजेटको अनुपातलाई तुलना गरेर हेर्ने हो भने ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु मिक्वाखोला गाउँपालिकाको रहेको महालेखाले जनाएको छ । ४५ करोड ४८ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण हुँदा मिक्वाखोलाको ७ करोड २३ लाख २२ हजार रुपैयाँ बेरुजु कायम रहेको मलेप प्रतिबेदनमा उल्लेख छ । लेखा परीक्षण गरिएको अंकलाई आधार मान्दा यो १५.९० प्रतिशत हो ।  

लेखा परीक्षण गरिएको अंकलाई आधार मानेर हेर्दा यहाँका स्थानीय तहमध्ये दोस्रो ठूलो बेरुजु पाथीभरा याङ्वरक गाउँपालिकामा देखिएको छ । ६७ करोड ६४ लाख ३३ हजार रुपैयाँको लेखा परीक्षण हुँदा यो गाउँपालिकाको ६ करोड ८ लाख ३ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । लेखा परीक्षण भएको अंकका आधारमा यो बेरुजु ८.९९ प्रतिशत हो ।  

यस्तै ६४ करोड ९८ लाख ९० हजार रुपैयाँको लेखा परीक्षणमा मेरिङ्देन गाउँपालिकाको ४ करोड ५१ लाख ६६ हजार रुपैयाँ बेरुजु छ । लेखा परीक्षणका आधारमा यो ६.९५ प्रतिशत बेरुजु हो ।  

५४ करोड १५ लाख ८४ हजार रुपैयाँ लेखा परीक्षणमा गएकोमा मैवाखोला गाउँपालिकाको ३.५३ प्रतिशत अर्थात् १ करोड ९१ लाख ४४ हजार रुपैयाँ बेरुजु कायम रहेको पाईएको छ । फक्ताङ्लु गाउँपालिकाले ६७ करोड २८ लाख ७८ हजार रुपैयाँको लेखा परीक्षणका लागि कागजात पेश गरेकोमा १ करोड ९२ लाख ३९ हजार रुपैंया रुजु भएन । लेखा परीक्षणमा गएको अंकका आधारमा फक्ताङ्लुङको २.८६ प्रतिशत बेरुजु कायम रहेको देखिएको छ । फुङ्लिङ नगरपालिकाले १ अर्ब १० करोड ९१ लाख ४६ हजार रुपैयाँ लेखा परीक्षण गराउन कागजात तथा बिवरण पेश गरेकोमा १ करोड ५२ लाख ९६ हजार रुपैयाँ मात्र बेरुजु देखियो । 

लेखा परीक्षण गरिएको रकमका आधारमा फुङ्लिङ नगरपालिकाको बेरुजु फस्र्यौटलाई उल्लेख्य मान्न सकिएपनि १.३८ प्रतिशत बेरुजु फस्र्यौट गर्न दायित्व भने उ संग अझै बाँकी नै रहने छ । ६४ करोड ७९ लाख ९५ हजार रुपैैयाँ लेखा परीक्षण गर्न पेश भएकोमा सिदिङ्वा गाउँपालिकाको ७७ लाख ६७ हजार बेरुजु देखिएको छ । परीक्षण अंकका आधारमा यो १.२० प्रतिशत हो । ७० करोड ४६ लाख १ हजार रुपैैयाँको लेखा परीक्षण भएकोमा आठराई त्रिबेणी गाउँपालिकाको ६२ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यो १ प्रतिशत भन्दा कम अर्थात् ०.८८ प्रतिशत मात्र हो । यस्तै ७९ करोड २३ लाख ७७ हजार रुपैयाँ लेखा परीक्षणमा समाबेश गरेको सिरिजङ्घा गाउँपालिकाको ६१ लाख ६० हजार रुपैयाँ देखिएको छ । यो पनि यो १ प्रतिशत भन्दा कम अर्थात् ०.७८ प्रतिशत मात्र हो ।
अर्को समाचार
ताप्लेजुङका स्थानीय तहमा साढे ३० करोड बढी बेरुजु, कुन पालिकाको कति ?
०२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
ताप्लेजुङका स्थानीय तहमा साढे ३० करोड बढी बेरुजु, कुन पालिकाको कति ?
ताप्लेजुङका ९ स्थानीय तहमा साढे ३० करोडभन्दा बढी बेरुजु रहेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार ताप्लेजुङका ९ स्थानीय तहको बेरुजु ३० करोड ५९ लाख ६६ हजार रुपैयाँ रहेको देखिएको हो ।  




लेखा परीक्षण रकमलाई आधार मानेर बेरुजु प्रतिशत निर्धारण गर्ने गरिन्छ । ताप्लेजुङमा मैवाखोला गाउँपालिकाको बेरुजु ६ करोड ९९ लाख ६० हजार रुपैयाँ रहेको छ । मैवाखोलाको ८२ करोड ८८ लाख ६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो ।  

यस्तै फक्ताङलुङ गाउँपालिकाको बेरुजु ४ करोड ८९ लाख ४३ हजार रुपैयाँ देखिएको छ । फक्ताङलुङको ९० करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको लेखा परीक्षण भएको थियो ।  

मेरिङदेन गाउँपालिकाको बेरुजु ४ करोड ६२ लाख ६ हजार रुपैयाँ देखिएको छ । उक्त पालिकाको ९३ करोड २५ लाख ७६ हजार रुपैयाँको लेखा परीक्षण भएको थियो ।  

७० करोड ७७ लाख ३१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको मिक्वाखोला गाउँपालिकाको बेरुजु ४ करोड ३ लाख ६८ हजार रुपैयाँ देखिएको छ । १ अर्ब ३२ करोड ५१ लाख २६ हजार रुपैयाँको लेखा परीक्षण भएको फुङलिङ नगरपालिकाको बेरुजु २ करोड ९१ लाख १८ हजार रुपैयाँ देखिएको छ ।  

१ अर्ब २ करोड ३० लाख २ हजार रुपैयाँको लेखा परीक्षण गरिएको आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २ करोड ६३ लाख ४६ हजार रुपैयाँ देखिएको छ ।  

८१ करोड ६५ लाख २४ हजार रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको सिदिङ्वा गाउँपालिकाको बेरुजु २ करोड २७ लाख ४८ हजार रुपैयाँ देखिएको छ ।  

१ अर्ब ८ करोड ६६ लाख ६९ हजार रुपैयाँको लेखा परीक्षण गरिएको सिरिजङ्गा गाउँपालिकाको बेरुजु १ करोड १७ लाख १० हजार रुपैयाँ रहेको छ । प्रतिशतका हिसावले सिरिजङ्गा गाउँपालिकाको बेरुजु जिल्लाकै सबैभन्दा कम हो ।  

८८ करोड ९३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १ करोड ५ लाख ६७ हजार रुपैयाँ रहेको छ ।  

मलेपको ६२ औं बार्षिक लेखा परीक्षणलाई आधार मान्दा ताप्लेजुङका स्थानीय तहमा बेरुजु रकम कम हुने पालिका भने पाथीभरा याङवरक हो । तर,लेखा परीक्षण रकमको आधारमा बेरुजु प्रतिशत निर्धारण हुने भएकोले प्रतिशतलाई नै मापनको मुख्य सूचक मानिन्छ ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस