पोखराको नयाँ बञ्जी : साहसिक पर्यटक पर्खिदैछ
१९ साउन २०७७
•
३ मिनेट पाठ
पोखराको नयाँ बञ्जी : साहसिक पर्यटक पर्खिदैछ
पोखराको रातोपहिरोमा निर्माण गरिएको बञ्जी । तस्बिरः उमेश पुन/नागरिक
साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प सञ्चालनको तयारी भईरहेको छ । कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनले रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै बञ्जी सञ्चालनमा ल्याउने तयारी गरिरहेको सञ्चालकले बताएका छन् । सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको तयारी गरिरहेको छ ।  




भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रोसातादेखि सञ्चालनको तयारी भईरहेको बञ्जी नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक सन्तोष भट्टराइले जानकारी दिए । उनका अनुसार गत वैशाख १ देखि नै यो बञ्जी सञ्चालनको तयारी भएकोमा कोरोना संक्रमणका कारण पछाडि सारिएको हो । 

‘हामीले वैशाख १ गतेदेखि नै सञ्चालनको तयारी गरेका थियौ, तर, कोरोनाका कारण गरिएको लकडाउनले त्यो बेला सकिएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने दिनको प्रतिक्षामा छौ । भदौ १ गते अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रो सातामा सञ्चालनको लक्ष्य राखेको उनले बताए । त्यो बेलासम्म केही विदेशी आउनसक्छन्। हाम्रो बञ्जीले तिनै साहसिक पर्यटक पर्खिरहेको छ ।’

भट्टराईका अनुसार अहिले नेपालका विभिन्न ठाउँमा संचालित भन्दा यो बञ्जी प्राविधिक रुपमा केही फरक छ । यहाँ हामफालेका पर्यटक तल ओर्लेर हिड्दै आउनुपर्दैन, मेसिन (विनचिङ)ले नै माथिसम्म तान्छ । त्यसले गर्दा फरक अनुभव यहाँको बञ्जीमा लिन सकिने उनले बताए । ‘भिन्दै मेसिन थपेका छौं, जसले हाम फालेका पाहुनालाई डोरीको सहायताले माथि नै तान्नेछ,’ उनले भने, ‘तल ओर्लेर हिड्नुपर्ने बाध्यता छैन । सबै पाहुनाको लागि यो नयाँ अनुभव हुनेछ ।’

पोखरा महानगरपालिका–१७ को रातोपहिरोमा यो बञ्जीजम्प बनाइएको छ । यसको नजिकै पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि छ । भट्टराईका अनुसार यो बञ्जीमा रमाउने पर्यटकले १२५ मिटर तलसम्म झरेर सेतीनदीको खोंच, आसपासका हरियाली सहित हिमाली श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । हिमाल खुलेको बेला पर्यटकले छ्यांगै हिमाली सौन्दर्य पनि अवलोकन गर्न पाउँछन् । प्राउजसो ठाउँमा खोँचमा हाम फल्नेगरि झोलुंगे पुलमा बञ्जी सञ्चालन गरिएपनि यहाँ भने पुलको साटो क्यान्टिलिभर पुलमार्फत टुप्पोमा पुगेर पर्यटक हामफाल्न सक्छन । यहाँ हाम फाल्न जाने पर्यटकले ५५ मिटर लामो क्यान्टिलिभर पुलको टुप्पोमा पुग्नुपर्छ । खोंचमा हामफाल्न मिल्नेगरि यहाँ क्यान्टिलिभर पुल बनाइएको छ । क्यान्टिलिभर पुलसँगै ३५ मिटर अग्लो भ्यू टावर पनि बनाइएको छ । भ्यू टावरबाट पनि पाहुनाले पोखरा क्षेत्र अवलोकन गर्न सक्छन् । सबैभन्दा बढी १२५ किलो र सबैभन्दा कम ४० किलो तौल भएका व्यक्ति यहाँ बञ्जी गर्न सक्नेछन् ।  

भट्टराईका अनुसार आठजनाको समुह मिलेर आठकरोड रुपैयाँ बढी लगानी गरेर यहाँ बञ्जीजम्प बनाइएको हो । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट करिब तीनकिलोमिटर टाढा रहेको यो बञ्जी सञ्चालन हुँदा पोखरा आएका विदेशी तथा स्वदेशी पाहुना साहसिक गतिविधिमा रमाउन पाउने उनले बताए । ‘पोखराको लेकसाइड बजारबाट नजिक भएकोले आउँजाउ पनि सहज छ । सहज अवस्थामा उनीहरू सिधै आएर यहाँ मज्जा लिन सक्छन,’ उनले भने, ‘पाहुनालाई आउजाउ सहज भएकोले पनि यो उपयुक्त हुने ठानेका छौं ।’  

भट्टराईका अनुसार यहाँ बञ्जी गर्दा नेपाली र विदेशी जो कोही पाहुनाका लागि प्रतिव्यक्ति ५५ सय रुपैयाँ तोकिएको थियो । तर, कोरोनाका कारण पोखरामा आउने पर्यटक कम हुने सम्भावना भएकोले नै आन्तरिक पर्यटक तान्नका लागि केही छुट दिइने उनले बताए । ‘अहिले नै धेरै विदेशी पाहुना आउने सम्भावना छैन । त्यही भएर आन्तरिक पाहुनालाई तान्नका लागि पनि केही सस्तो बनाउन जरुरी छ,’ उनले भने, ‘तर, कति शुल्कमा आन्तरिक पाहुनालाई सेवा दिने भन्ने अझै निश्चित भईसकेको छैन ।’

डेढवर्ष अघि देखि यो बञ्जी बनाउन थालिएको थियो । पाँचरोपनी जग्गामा यसको स्टेशन बनाइएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखेकोले साहसिक पर्यटक भित्रिने आशमा बञ्जी निर्माण गरेको भट्टराईले बताए । ‘सरकारले २० लाख विदेशी पर्यटक भित्रिने भनेपछि हामी पनि आशावादी भयौ । त्यही भएर ठुलो लगानी पनि गर्यौं,’ उनले भने, ‘तर, कोरोनाका कारण मारमा परेका छौ । तोकिएको समयमा सञ्चालन गर्न पनि सकेका छैनौ । अब पनि अवस्था सहज छैन ।’

पोखरामा विदेशी साहसिक पाहुना आउने र पछिल्लो समय आन्तरिक पर्यटको आगमन बढेको अवस्थामा पर्यटनमा लगानी सुखद हुने अपेक्षा सहित गरेको उनले बताए । पोखरामा यसअघि पनि हेम्जामा बञ्जीजम्प सञ्चालन भईसकेको छ । पोखरा उपत्यकाभित्रको यो दोश्रो बञ्जी भएको छ ।
अर्को समाचार
पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प
१४ मंसिर २०७९
•
३ मिनेट पाठ
पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प
हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन। घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्।




दुईपटक त उनले बञ्जीजम्प गरिसके। परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन्। यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउँछन्। हेटौँडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उनको भनाइ छ।

घिमिरे भन्छन्, ‘म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ।’

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताइन्। टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउँछिन्। ढकालले भनिन्, ‘बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ।’

उनले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताइन्। ‘यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो’, उनले भनिन्।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताइन्। उनी यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउँछिन्। उनले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताइन्।  

‘यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ’, उनले भनिन्, ‘यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला।’

पोखराबाट घुम्न आएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताइन्। घिमिरे भन्छिन्, ‘नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ।’

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो। बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए। उनले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए। पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ।

‘बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ’, प्रधानले भने।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन्। ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ। अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ। उनका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन्। 

बञ्जीजम्प निर्माण गर्दा सुरुमा २० करोड रुपैयाँ लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म ५० करोड रुपैयाँको हाराहारीमा खर्च भइसकेको उनको भनाइ छ। यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उनी बताउँछन्।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ। बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस