दिगो विकास लक्ष्यतर्फ सूर्याेदयको बजेट
१५ साउन २०७७
•
३ मिनेट पाठ
दिगो विकास लक्ष्यतर्फ सूर्याेदयको बजेट
इलामको सूर्याेदय नगरपालिकाको चालू आर्थिक वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै । तस्बिर : भीम/नागरिक
पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ । ‘सबै नगरबासीलाई सँगसँगै हिँडाउने’ प्रतिज्ञासहित नगरले ‘सूर्याेदय नगरपालिकाको समृद्धता : प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता’लाई आफ्नो मुख्य नीति बनाएको छ ।  




सातौं नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम १ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सार्वजनिक गरे । स्थानीय तहमा जनप्रतिनिधि आएयता उत्कृष्ट र नयाँ अवधारणासहित चर्चा बटुलिरहेको सूर्याेदयले चालू वर्षका लागि १ अर्ब १७ करोड १० लाख रुपैयाँको आय–व्यय अनुमान गरेको छ । सेवाप्रवाहमा मितव्ययिता अपनाउने नीति लिँदै नगरले प्रशासनिक खर्च १३ करोड ५४ लाख रुपैयाँमा सीमित गरेको छ ।  

सामाजिक विकासमा ४२ करोड ४ लाख, पूर्वाधारमा ३३ करोड ६९ लाख, आर्थिक विकासमा २० करोड ४३ लाख र सुशासन तथा अन्तर्निहित क्षेत्रमा ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  मेयर रणबहादुर राईले विनियोजित बजेट नगरबासीको विकास र समृद्धिको आधारशिला बन्ने आशा गरेको बताए । ‘यो बजेटलाई उत्तरदायी, प्रतिस्पर्धी, नवीन र बढी प्रभावकारी बनाउन सबै क्षेत्रसँग हातेमालो गरिनेछ,’ उनले भने, ‘यसले नगरको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महŒवपूर्ण योगदान गर्नेछ ।’

१ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरिसकेको सूर्याेदय नगरले चिया, दूध र तरकारीजस्ता कृषिजन्य उत्पादनमा प्रचुर सम्भावना बोकेको छ । गृहजिल्ला इलाम नै भएका मन्त्री मगरले सूर्याेदय नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरले देशमै चर्चा हुने उत्कृष्ट काम गरिरहेको बताए । ‘पर्यटन र कृषिमा सम्भावनै सम्भावना बोकेको सूर्याेदयको लक्ष्य र प्रगति आशलाग्दो छ,’ उनले भने, ‘अहिलेसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका काम विश्लेषण गर्दा सूर्याेदयले पूर्वबाट देशमै समृद्धिको ढोका खोल्ने संकेत गरिरहेको छ ।’  

उनले ‘चियाको राजधानी’ सूर्याेदयमा नेपाली चियाको अनुसन्धानस्थल बनाउनु आवश्यक रहेको भन्दै प्रदेश सरकारले त्यसबारे योजना बनाउने बताए । ‘कृषिबाली उत्पादनभन्दा बजारीकरण चाहिँ मुख्य आवश्यकता हो,’ मन्त्री मगरले भने, ‘विदेशी मुद्रा आर्जनको भरपर्दाे माध्यम बनेको नेपाली चियाको बजारीकरण र गुणस्तरबारे हामी सबै सचेत र चिन्तित हुनुपर्छ, सरकारले किसान र उद्योगीलाई वातावरण बनाउन सघाउने छ ।’  

बजेट सार्वजनिकीकरण कार्यक्रममा संविधानसभा सदस्यहरू सूर्यबाला राई, लीला श्रेष्ठ र टीकाराम लेप्चा, प्रदेश सांसदहरू धिरेन शर्मा र खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईलगायत सहभागी भए । वक्ताले सूर्योदय नगरले ल्याएको बजेट, नीति तथा कार्यक्रम नगरको विकासमा कोसेढुंगा हुने प्रतिक्रिया दिए ।

४० भन्दा बढी सम्मानित

बजेट सार्वजनिकीकरण समारोहमा सूर्याेदयले नगरको विकासमा योगदान गर्ने ४० भन्दा बढी संघ–संस्था र व्यक्तिलाई सम्मान गरेको छ । कृषिदेखि सञ्चार क्षेत्रसम्ममा योगदान गर्ने संघ–संस्था र व्यक्ति सम्मानित भएका हुन् ।  

कोरोना नियन्त्रणमा आर्थिक सहयोग गर्ने धनबहादुर लोहार, सूर्याेदय नगरगानमा संगीत भर्ने मानसिंह थुलुङ, सञ्चार क्षेत्रमा योगदान गर्ने गोरखापत्रकी जिल्ला संवाददाता कोकिला ढकाल तथा उत्कृष्ट चिया उद्योगका रूपमा नेपाल ग्रिन एन्ड स्पेसियालिटी उद्योग सम्मानित भए ।  

उत्कृष्ट सहकारीतर्फ एकता बचत तथा ऋण सहकारी, ज्येष्ठ नागरिकलाई स्याहार गरेवापत् विष्णुमाया आचार्य, सबैभन्दा बढी कर संकलन गर्ने वडा नम्बर ८, सुरक्षातर्फ नेपाल प्रहरीका इन्स्पेक्टर रमेश राई र सशस्त्र प्रहरी इस्पेक्टर नवीन खतिवडा पनि नगरबाट सम्मानित भए । उत्कृष्ट किसानहरू केशर तामाङ र कल्पना राई, खेलकुदतर्फ एन्फा रेफ्री रञ्जु योल्मु, अगुवा चिया किसान धनबहादुर याङ्माली, मानबहादुर लेप्चा र उत्कृष्ट गाई फार्मका रूपमा शिखर गाई फार्मलगायतलाई त्यस अवसरमा सम्मान गरियो । नगरले नगरपालिकाका विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस