विद्युत् आयोजना रोकिदिने चेतावनी
१२ साउन २०७७
•
४ मिनेट पाठ
विद्युत् आयोजना रोकिदिने चेतावनी
माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाले आफूहरूसँग समन्वय नै नगरी निर्माणको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाबारे स्थानीयलाई स्पष्ट नपारिए काम रोकिदिने चेतावनीसमेत दिएका छन् ।  




आज (सोमबार) सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीयले आयोजनाको सामाजिक उत्तरदायित्व के–कति हो भन्ने पनि कसैलाई थाहा नभएको बताए । आयोजनाले आफूहरूको जानकारीबिनै स्थानीय २ वटा खोलाको पानीसमेत प्रयोग गर्नेगरी संरचना तयार गरिरहेको उनीहरूले गुनासो गरेका छन् । आयोजना व्यवस्थापन पक्षलाई पटक–पटक आग्रह गर्दा पनि आफूहरूले आयोजनाबारे कुनै सूचना नपाएको स्थानीयको भनाइ छ ।  

आयोजनाले स्थानीयका माग नसमेटेको भन्दै आन्दोलनका लागि उनीहरूले संघर्ष समितिसमेत गठन गरेका छन् । समिति अध्यक्ष गोपाल थेबेले स्थानीयलाई विस्तृत जानकारी नै नदिई जलविद्युत् आयोजनाले काम गरिरहेकाले आफूहरू चुप लागेर नबस्ने चेतावनी दिए । ‘विकास त हुनुपर्छ तर स्थानीयलाई गुमराहमा पार्न पाइँदैन,’ उनले भने, ‘प्रभावित क्षेत्रका सर्वसाधारणलाई पाखा लगाएर केही टाठाबाठालाई आफ्नो कब्जामा लिइ आयोजना निर्माण गरिँदैछ ।’ स्थानीय सर्वसाधारणले मागेको आधारभूत सूचनासमेत आयोजनाले नदिएको उनले जनाए ।

स्थानीय कुशबहादुर थेबेले आयोजनाको सामाजिक उत्तरदायित्व स्पष्ट गर्न माग गरे । ‘आयोजना निर्माण सम्पन्न हुन लाग्दासम्म पनि उसले प्रभावित क्षेत्रका लागि पूरा गर्नुपर्ने दायित्वबारे स्थानीयलाई जानकारी भएन,’ उनले भने, ‘बरु, स्थानीयको सहमतिबिनै इङ्ला र समाहा खोलाको पानीसमेत आयोजनामा मिसाइएको छ ।’ उनले आयोजनाविरुद्ध आफूहरूले आन्दोलन गर्ने र कानुनी उपचारमा पनि जाने बताए । थेबेले संघर्षका लागि स्थानीयको हस्ताक्षर संकलन भइरहेको सुनाए । संघर्ष समिति सदस्य डाकप्रसाद गौतमले स्थानीय सरकारले आयोजनाबाट सामाजिक उत्तरदायित्वको रकम लिएर समुदायको चाहनाविपरीत खर्च गरेको सूचना पाएको बताए । ‘आयोजनाले केही रकम स्थानीय सरकारलाई दिएको भन्ने पनि सुनियो तर ज्यादै थोरै खर्च गरेर धेरै गरेको देखाइएको छ,’ उनले भने, ‘उत्तरदायित्वमा पर्ने रकम कति हो भन्नेबारे आयोजनाले स्थानीयलाई स्पष्ट पार्नुपर्छ ।’  

संघर्ष समिति सचिव मानबहादुर गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई थाहै नदिई जनप्रतिनिधिले आयोजनाको रकम बाँडेको जनाए । ‘जहाँ खर्च गर्नुपर्ने हो, त्यहाँ भएन,’ उनले भने, ‘जो वास्तविक प्रभावित हो, उसले न्याय पाएन ।’ संघर्ष समितिकै सदस्य हुकुम थेबेले सरकारको गलत नीतिका कारण जलविद्युत् आयोजनाहरूले स्थानीयलाई दुःख दिइरहेको बताए । ‘सरकारले स्थानीय बासिन्दालाई के असर हुन्छ भन्ने वास्तविकता नै नहेरी विद्युत् उत्पादनको लाइसेन्स बाँडेको छ,’ उनले भने, ‘कतिपय सर्वसाधारणको खानेपानी सुकेको छ, कतिपयको सिँचाइ सुविधा खोसिएको छ । धार्मिक क्षेत्रसमेत अतिक्रमित भएको छ ।’ स्थानीयले इङ्ला र समाहा खोला आयोजनाले प्रयोग गर्दा स्थानीय जलचर, थलचर प्राणी संकटमा पर्ने अवस्था आएको जनाएका छन् । आयोजनाले मापदण्डअनुसार पानी नछाड्दा खोलाहरू हिउँदमा पूरै सुक्ने गरेको स्थानीयले बताए ।

९.६ मेघावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपैयाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजनाले जनाएको छ । आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले आयोजनासँग भौगोलिक रूपमा जोडिएका कतिपय स्थानीय तहले रकम लगिसकेको जनाए । ‘आयोजनाको जिम्मेवारीमा परेको रकम स्थानीय जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका लागि खर्चको बाँडफाँटसमेत गरिसकेका छन्,’ उनले भने, ‘कतिपयले रकम लगिसके, कतिपयले चाहिँ लैजान बाँकी छ ।’  

आयोजनास्थलसँग इलाम नगरपालिकाको वडा २, माइजोगमाई गाउँपालिकाको वडा ६ तथा सन्दकपुर गाउँपालिकाका ३ र ५ वडा जोडिएका छन् । आयोजनाले प्रदान गरेको रकममध्ये इलाम नगरपालिकापट्टि ५६ लाख, सन्दकपुरलाई ५० लाख र माइजोगमाईलाई २० लाख रुपैयाँ जनप्रतिनिधिले आफ्नो वडाका लागि बाँडफाँट गरेको कार्कीको भनाइ छ । यसबाहेक पनि कतिपय स्थानमा आयोजनाले आफैं एक्स्काभेटर लगाएर सडक निर्माणको काम गरेको उनले जनाए ।  

आयोजनाले सरकारको सहमतिबेगर कुनैपनि खोलाको पानी प्रयोग नगरेको कार्कीको दाबी छ । ‘जुन खोलाको पानी प्रयोग गरिएको छ, ती सबै अनुमति लिइएका खोलाहरू हुन्,’ उनले भने, ‘ऐन–कानुनविपरीत गएर आयोजना निर्माण गर्ने कुरा कल्पना पनि गर्न सकिन्न ।’ उनले आयोजना सुरु हुनेबेला पटक–पटक सार्वजनिक सुनुवाई आयोजना गरिएको र स्थानीय नागरिक सहभागी भएको बताए । ‘तैपनि, असन्तुष्ट स्थानीयसँग अझै थप छलफल गर्न सकिन्छ,’ उनले भने, ‘तर, छलफलको वातावरण नै भएन, आक्रोशित तबरले धम्क्याउनेखालका फोन धेरै आएका छन् । यस्तो नभइदिए हुन्थ्यो ।’ १ अर्ब ७९ करोड रुपैयाँ लागतको आयोजनाबाट वार्षिक ५६.४६ गिगावाट÷आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस