रेलमार्गले स्थानीय अन्यौलमा, आन्दोलनको तयारी
०२ साउन २०७७
•
३ मिनेट पाठ
रेलमार्गले स्थानीय अन्यौलमा, आन्दोलनको तयारी
विभिन्न ५ बुंदे माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मोरङ वेलावारीका स्थानीय । तस्बिर : नागरिक
जग्गाधनीसँग छलफल नै नगरी रेल मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भएपछि स्थानीय अन्यौलमा परेका छन् । प्रस्तावित  इनरुवा– काँकडभिट्टा रेलमार्ग निर्माणका लागि रेल विभागले जग्गा अधिग्रहणको सूचना प्रकाशित गरेपछि स्थानीय अन्यौलमा परेका हुन् ।




रेल मार्गले अन्यौलमा पारेको गुनासो गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउन आएका वेलवारीका स्थानीयले आफूहरू अन्यौलमा परेको गुनासो गरे । रेलमार्गका कारण उठीवास लाग्ने खतरा भएको भन्दै स्थानीयले संघर्ष समति गठन गरेर आन्दोलनको तयारीसमेत थालेका छन् । स्थानीयले रेलमार्ग निर्माण गर्दा चलनचल्तीको मूल्यमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका ५ बुंदे माग राखेर आन्दोलन अघि बढाउने तयारी गरेको जनाएका छन् ।  

शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले चलनचल्तीको मूल्यमा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले कतिपय जग्गाहरू रेल मार्गका कारण टुक्रा हुने र कतिपय जग्गामा पुरानो कित्ता नम्बर भएकाले छुट्न सक्ने हुँदा जग्गाको मुआब्जा तथा क्षतिपुर्तिको विषय स्पष्ट पारेर मात्र रेल मार्गको काम अघि बढाउन जिल्ला प्रशासन कार्यालय मोरङलाई आग्रह गरेका छन् । रेलमार्ग विस्थापित समन्वय तथा संघर्ष समितिका सल्लाहकार संयोजक विश्वराज न्यौपानेले सरकारले स्थानीयसँग कुनै छलफल नै नगरि जग्गा अधिग्रहण गर्ने प्रकृया अघि बढाएको गुनासो गरे । 

‘छलफल नै नगरी जग्ग अधिग्रहण गर्न लागिएकाले धेरै अन्यौल भएको छ,’ न्यौपानेले भने, ‘रेलमाार्ग विस्थापित समन्वय तथा संघर्ष समितिले जग्गा अधिग्रहण अगाडि आफूहरूले उठाएका पाँचबुँदे माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।’ बेलबारी वडा नं. ९ र १० का एक सय २५ घर रेलमार्गका कारण विस्थापित हुने भएकोले उनीहरूले पाउने मुआब्जा, क्षतिपुर्तिको बारेमा पहिले नै स्पष्ट गर्नुपर्ने तथा पूनर्बासको सुनिश्चितता हुनुपर्ने संघर्ष समितिले जनाएको छ । विस्थापित परिवारलाई उचित बसोबासको प्रवन्ध गर्नु पर्ने, अधिग्रहण पछि बाँकी रहने प्रयोगमा नआउने खालका टुक्रा जमिनसहितको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने माग स्थानीयले अगाडि सारेका छन् ।

आफूहरू रेलमार्गको बिरोधीनभएको स्थानिाय महाप्रसाद दाहालले बताए । रेलमार्ग निर्माण गर्दा चलनचल्तीको मूल्यमा मुआब्जा उपलब्ध गराउनुपर्ने,रेलमार्ग निर्माणका लागि जग्गा छड्को पारेर काटेकाले थोरै, थोरै जग्गाउव्रिएकाले त्यस्ता टुक्रा जग्गाको पनिमुआब्जाउपलब्ध गराउनु पर्ने आफूहरूको माग गरेको दाहालले बताए ।  

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भजुेलले स्थानीयबासीको सरोकारलाई सरकारले सम्वोधन गर्ने विश्वास दिलाए । उनले विकास निर्माणको काममा सबैको सहयोग र समन्वय जरुरी हुने भन्दै रेल विभागसँगको छलफलमा आफ्नाविषय स्पष्टसँग राख्न स्थानीयलाई आग्रह गरे  ।  

मेचीमहाकाली रेलमार्ग निर्माणका क्रममा इनरुवा–काकडभिट्टा खण्डको जग्गा अधिग्रहण प्रकृया अघि बढाउने भन्दै रेल विभागले गत जेठ २६ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । इनरुवा—काँकडभिट्टा रेल मार्गमा १० वटा स्टेशन प्रस्ताव गरिएको छ । रेलवेको केन्द्रबाट २५ मिटर दायाँ, बायाँ क्षेत्रअधिकार हुने र ७.५ मिटर चौडाइको रेल वे लाइन निर्माण गर्ने तयारी गरिएको छ । चित्रकारले भने‘रेल मार्ग निर्माणका लागि  ५० मिटर चौडाइको  जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ ।’

रेलमार्ग  निर्माणका लागि १० देखि १२ मिटरको बाँध पनि बनाइने छ । विद्युतिय रेल मार्ग निर्माणका लागि विद्युतको व्यवस्थापन गर्न  १ सय ३२ केभी प्रशारण लाईनको पनि निर्माण गरिने डिपीआरमा उल्लेख छ । यस्तै सुनसरीको इटहरी, झापाको दमक र विर्तामोडमा सव स्टेशनको निर्माण पनि गरिने रेल विभागले जनाएको छ । हालको महेन्द्र राजमार्गको दुई देखि अढाई किलोमिटर दक्षिणतर्फबाट रेलमार्गको निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
अर्को समाचार
बजेटमा फ्लाइओभर, सुरुङमार्गदेखि रेलमार्गसम्मको सपना
१६ जेष्ठ २०७७
•
८ मिनेट पाठ
बजेटमा फ्लाइओभर, सुरुङमार्गदेखि रेलमार्गसम्मको सपना
सरकारले आगामी आर्थिक वर्षको बजेटमा राजधानी सहर काठमाडौंमा फ्लाइओभर, सुरुङमार्गदेखि रेलमार्गसम्म निर्माण गर्ने सपना बाँडेको छ । सरकारले एक दशकदेखि बजेट तथा निति कार्यक्रममा फ्लाइओभर निर्माण गर्ने कार्यक्रम राख्दै आए पनि अहिलेसम्म काम सुरु हुनै सकेको छैन । तैपनि अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट वक्तव्यमा काठमाडौंको कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।  




अर्थमन्त्री खतिवडाले संघीय संसदको दुवै ससंदमा आगामी आवको बजेट वक्तव्य प्रस्तुत गर्दै काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाइओभर तथा सुरुङ मार्गको निर्माण प्रारम्भ गरिने बताए । ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गर्न बजेट विनियोजन गरेका छु,’ उनले भने, ।  

सरकारले एक दशकदेखि बजेट तथा निति कार्यक्रममा फ्लाइओभर निर्माण गर्ने कार्यक्रम राख्दै आए पनि अहिलेसम्म काम सुरु भएको छैन । आगामी वर्षको बजेटमा पनि काठमाडौंको कंलकी–कोटेश्वर सडक खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्न बजेट विनियोजन गरेको छ ।  
भौतिक पूर्वाधारमा एक खर्ब ३८ अर्ब

सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत एक खर्ब ३८ अर्ब बजेट विनियोजन गरेको छ । चालु वर्षको तुलनामा आगामी आवका लागि विनियोजित रकम २४ अर्बले कम हो ।

सरकारले आगामी आवको बजेटमा फ्लाइओभर, सुरुङमार्ग, रेल तथा जल यातायातलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौती गरिएको छ ।

आधा दर्जन सुरुङमार्गका आयोजना अघि बढ्ने

सरकारले आगामी आर्थिक वर्ष आधा दर्जनभन्दा धेरै सुरुङमार्गको निर्माण थाल्ने भएको छ । अर्थमन्त्री खतिवडाले आगामी आवमा ती सुरुङमार्गको लागि ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । सरकारले आगामी आवमा नौबिसे–नागढुंगा, सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डमा, खुर्काेट–चियाबारी, विपीनगर–खुटिया–दिपायल, गणेशमान सिंह राजमार्गको  थानकोट–चित्लाङ, र लामाबगर–लाप्चे सडक खण्डमा सुरुङमार्गको काम सुरु गर्ने जनाएको छ । त्यसैगरी, काठमाडौं नुवाकोट रसुवागढी सडकको टोखा–छहरे खण्ड र बेत्रावती स्याफ्रुबेसी खण्डमा सुरुङमार्ग निर्माण थालिने जनाएको छ । सडक स्तरोन्नतिको लागि सडक बोर्डमार्फत १६ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

रेलमार्गको लागि आठ अर्ब ६६ करोड

सरकारले आगामी आर्थिक वर्षमा रेल्वे सेवा सञ्चालन गर्न तथा सम्भाव्यता अध्ययन गर्न आठ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण सुरु गर्ने भएको छ ।  

त्यसैगरी, रसुवागढी–काठमाडौं र वीरगन्ज–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्न पनि बजेट विनियोजन गरिएको छ । जयनगर–जनकपुर बिजलपुरा खण्डमा रेल सञ्चालन गर्न र बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

आफ्नै ध्वाजबाहक पानी जहाज

सरकारले आगामी आर्थिक वर्षमा आफ्नै ध्वाजाबाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी सञ्चालनार्थ आवश्यक पूर्वाधार कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आगामी आवमा आन्तरिक जलयातायात पूर्वाधार विकास गर्न कोसीको चतरादेखि तुम्लिङटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी कर्णालीमा जलयातायातको सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।  

एसियाली मापदण्डको पूर्व–पश्चिम राजमार्ग विस्तार

सरकारले आगामी तीन वर्षभित्रि पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्ग मापदण्ड अनुसारको डेडिकेटेड चार लेनको सुरक्षित र द्रुत सडकको रुपमा स्तरोन्नति गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने पूर्व–पश्चिम राजमार्गको लागि १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।  

सडकका गौरवका आयोजनाको बजेट घट्यो

सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनाको बजेट घटाएको छ । सरकारले आगामी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने पुष्पलाल लोकमार्गको लागि आठ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ ।  

हुलाकी राजमार्गको बाँकी काम तीन वर्षमा सक्ने गरी आगामी आर्थिक वर्षमासात अर्ब एक करोड रुपैयाँ खर्च गर्ने योजना अघि सारेको छ । सरकारले मदन भण्डारी लोकमार्ग पाँच वर्षमा सक्ने गरी तीन अर्ब सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

आगामी आवमा मेची, तमोर, कोसी, तामाकोसी, त्रिशूली, कालीगण्डकी, भेरी कर्णाली, महाकाली करिडोरको कामलाई निरन्तरता दिन सात अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।  

हुम्ला सदरमुकाममा सडक पुर्याउन तथा सबै प्रदेशको राजधानी जोड्ने सडक सम्भाव्यताको आधारमा चौडा कार्यक्रमको लागि पाँच अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयनको लागि पाँच अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । सरकारले काठमाडौं–निजगढ द्रुत मार्ग निर्माणको लागि आठ अर्ब ९६ करोड रुपैयाँ छुट्ट्याएको छ । सूर्यविनायक–धुलिखेल सडक खण्डको स्तरोन्नति गर्न र कान्ति राजपथ निर्माण सक्न एक अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महाकाली सिँचाइ अब राष्ट्रिय गौरवमा

सरकारले आगामी आर्थिक वर्षदेखि महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यो आयोजनाका लागि १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले अघिल्लो वर्ष राष्ट्रिय गौरवको आयोजनामा सूचीकूत गरेको सुनकोसी मरिन डाइर्भसन आयोजना कार्यान्वयनको लागि पनि दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत रानी जमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा, भेरी बबई डाइभर्सन, प्रगन्ना तथा बडकापथ लगायत सिँचाइका आयोजना कार्यान्वयन गर्ने भएको छ । लिफ्ट तथा सोलार ऊर्जामा आधारित सिँचाइ आयोजनाको लागि एक अर्ब ३१ करोड विनियोजन गरेको छ ।  

नदी नियन्त्रण्मा ६ अर्ब

सरकारले जनताको तटबन्ध कार्यक्रम अन्तर्गत आधा दर्जनभन्दा धेरै नदी नियन्त्रण कार्यक्रमको लागि ६ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जल तथा मौसमी विपद्बाट जोगिनको लागि दुई ठाउँमा राडर स्थापना गर्ने कार्यक्रम छ । सरकारले आगामी वर्षमा कृषि क्षेत्रको लागि ४१ अर्ब र सिँचाइको लागि २७ अर्ब बजेट विनियोजन गरेको छ ।  

पहाडी तथा हिमाली क्षेत्रको कृषियोग्य भूभागमा लिफ्ट तथा सोलार ऊर्जामा आधारित सिँचाइको लागि एक अर्ब ३१ करोड रुपैयाँ छुट्ट्याइएको छ । समृद्ध तराई अन्तर्गत आगामी आवमा तराई र भित्री मधेसका २५ जिल्लामा पाँच हजार स्यालो टयुबवेल तथा दुई सय ४७ डिप ट्युबवेलबाट २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्न दुई अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विवादास्पद एमसिसी  निर्माण गरिने

सरकारले विवादास्पद अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)’ आगामी आर्थिक वर्षमा निर्माण गर्ने गरी बजेट वक्तव्यमा समेट्को छ । अर्थमन्त्री युवराज खतिवडाले  ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)’ उल्लेख नगरीकनै ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–राटमाटे–दमौली–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइने’ बताए ।’ तर सतारुढ दलका नेताले एमसिसी आयोजना संशोधनबिना सञ्चालन गर्न नहुने भन्दै विरोध गरिरहेका छन् ।  

सरकारले एमसिसीका आयोजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्दै सोही वर्ष निर्माण थाल्ने जनाएको थियो । त्यसैगरी, झापाको अनारमनीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म, ढल्केबर मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनको निर्माण सुरु गर्ने सरकारी योजना छ । सरकारले विद्युत् प्रसारण तथा सबस्टेसन निर्माणको लागि आगामी आवमा ३६ अर्ब दुई करोड बजेट विनियोजन गरेको छ ।  

सरकारले आगामी आवमा निर्माणाधीन माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्यभोटेकोसी र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट १३ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य राखेको छ । दूधकोसी जलायशयुक्त जलविद्युत् आयोजनालाई चार अन्तर्राष्ट्रिय वित्तीय संस्थाको समिक्षित वित्त लगानीमा निर्माण गर्ने भएको छ ।  

यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणले बाह्य लगानी परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आगामी आवमा माथिल्लो अरुण, किमाथांका अरुण, फुकोट कर्णाली, तामाकोसी ५, चैनपुर सेती जगदुल्ला लगायत आयोजनाको निर्माण थाल्ने बजेट वक्तव्यमा उल्लेख छ ।  

सरकारले जलाशययुक्त तमोर तथा माडी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी अन्तर्गत निर्माण अघि बढाउने जनाएको छ । वैकल्पिक ऊर्जा कार्यक्रमको लागि चार अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । राष्ट्रिय ग्रिड नपुगेका हिमाली तथा पहाडी जिल्लामा ९७ स्थानीय तहमा दुई सयवटा सौर्य मिनी ग्रिड सञ्चालन गर्नेछ ।  

बिजुली महसुलमा छुट

सरकारले लकडाउन अवधिभर बन्द भएका उद्योग कलकारखानालाई डिमान्ड शुल्क छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेटमा सरकारले  रातको समयमा विद्युत् उपयोग गर्ने उद्योग तथा करकारखानाको लागि विद्युत् महसुल ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा लकडाउन अवधिभरमा औद्योगिक तथा व्यापारिक ग्राहकको डिमान्ड शुल्क नलिने घोषणा गरेको छ । १० युनिटसम्म उपयोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गराउनेछ । एक सय ५० युनिटसम्म खपत गर्ने ग्राहकलाई २५ प्रतिशत विद्युत् महसुलमा छुट दिने बजेटमा उल्लेख छ । २५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई १५ प्रतिशत महसुल छुट दिने घोषणा गरेको छ । सरकारले खानेपानी तथा सिँचाइका आयोजनाको लागि सहुलियत दरमा बिजुली उपलब्ध गराउने घोषणा गरेको छ ।

साउनमा मेलम्चीको पानी काठमाडौंमा

सरकारले बहुचर्चित मेलम्ची खानेपानी आयोजना चालु आर्थिक वर्ष (आगामी असार) भित्रै निर्माण सम्पन्न गरेर आगामी आर्थिक वर्षको सुरुवाती चरण (साउन) मै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने भएको छ । दोस्रो चरणको मेलम्ची आयोजनाको लागि पाँच अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

सरकारले आगामी आर्थिक वर्षभित्रमा ९४ प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत सुविधा पुर्याउने लक्ष्य राखेको छ । सरकारले आगामी आवमा खानेपानी तथा सरसफाइ मन्त्रालयको लागि ४३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस