प्रदेश २ को विकास बजेट मन्त्रीकै जिल्लामा, प्रतिपक्षीसँगै सत्तापक्ष समेत आक्रोशित
२४ असार २०७७
•
३ मिनेट पाठ
प्रदेश २ को विकास बजेट मन्त्रीकै जिल्लामा, प्रतिपक्षीसँगै सत्तापक्ष समेत आक्रोशित
प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले  आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट आफ्नो जिल्ला र क्षेत्रमा अधिकांश योजना लगेका छन् । प्रदेश सरकारले सांसदहरूलाई उपलब्ध गराएको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम पुस्तिका (रेडबुक) मा मन्त्रालयले छनौट गरेको तीन सय ५३ वटा योजनामध्ये मन्त्री रामनरेश रायले गृहजिल्ला सर्लाहीमा मात्र एक सय १३ वटा योजना लगेका छन् ।  




मन्त्रालयको विनियोजित कुल ८० करोड ९६ लाख रुपैँयामध्ये मन्त्री रायले गृहजिल्लामा २८ करोड ५१ लाख रुपैयाँको योजना तथा कार्यक्रम पारेका हुन् । त्यसमध्ये उनले स्थायी बासिन्दा रहेका पर्सा गाउँपालिकामा मात्रै ३१ वटा योजनामा पाँच करोड ७५ लाख रुपैयाँ छुट्ट्याएका छन् ।  

यसैगरी, सोही मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डलले आफ्नो गृहजिल्ला सिरहामा कुल ४९ वटा योजनाका लागि १० करोड २५ लाख रुपैयाँ छुट्ट्याएका छन् । मण्डलले आफ्नो गृह पालिका सिरहाको कल्याणपुर नगरपालिकाका लागि १७ वटा योजनामा तीन करोड १५ लाख २० हजार रुपैयाँ छुट्ट्याएका छन्।  

यस्तै मन्त्री रायका निकट जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संसदीय क्षेत्र केन्द्रित गरी महोत्तरीमा कुल ५२ वटा योजनाका लागि ११ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  

सबैभन्दा कम बारा जिल्लामा १७ वटा योजनाका लागि ३ करोड ४० लाख, पर्सामा १५ वटा योजनाका लागि ४ करोड ४० लाख, सप्तरीमा २० वटा योजनाका लागि ४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै मन्त्रालयले प्रदेशको अस्थायी राजधानी जनकपुर समेत गरी धनुषामा ६७ वटा योजनामा १४ करोड ४० लाख रुपैँया छुट्याएको छ ।  

मन्त्रालयले मन्त्रीमुखी बजेट तथा कार्यक्रम तयार पारेको भन्दै प्रतिपक्षी दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेससँगै सत्तारुढ दल जसपाले समेत आपत्ति जनाउँदै योजना तथा कार्यक्रम संशोधनको माग गरेको छ ।  

प्रदेशसभाको बुधवारको बैठकमा खर्च कटौतीको प्रस्ताव सहित विनियोजन विधेयकमाथि वतावरणमन्त्रालयको छलफलको क्रममा नेकपा सांसद रामचन्द्र मण्डलले मन्त्री रायले मर्यादा विपरित मन्त्रालयको बजेट तथा कार्यक्रम विनियोजन गरेको भन्दै संशोधनको माग गरे ।

‘१ सय १३ वटा योजना सर्लाहीमै त्यसमा पनि आफ्नो गाउँपालिकामै केन्द्रित गर्ने ? तपाईँ वडाध्यक्ष कि गाविस अध्यक्ष ? मर्यादा ख्याल नगर्ने अनि मन्त्री  भन्न सुहाउँछ ?,’ उनले भने, ‘आसोपासे माननीयलाई बढी योजना दिने, ५२ वटा योजना । के हो योजनाकालागि हामी पनि तपाईँको प्रेमी बन्नुपर्छ ?’  

राज्यमन्त्री मण्डलकै जिल्लामा ४९ वटा योजना दिइएकोमा समेत उनले आपत्ति जनाए । काँग्रेस सांसद उपेन्द्र कुशवाहाले मन्त्रीमुखी बजेट फिर्ता लिन माग गर्दै यथास्थितीमा बजेट पास हुन नदिने चेतवावनी दिए । ‘प्रदेशको समृद्धिकालािग यस्ता मन्त्री घातक छन् । वहाँले खराब नियतले बजेट छर्किनु भएको छ । अधिकांश योजना आफ्नै गाउँमा लानु भएको छ । सांसदहरूसँग विभेद गरेर प्रदेशको विकास हुँदैन्,’ उनले भने ।  

नेकपाका अर्का सांसद दिलिप साहले सरकारले ल्याएको रेडबुक मन्त्रीको खल्तीको बुक रहेको टिप्पणी गरे । मन्त्रीले आफ्नो क्षेत्र तथा गाउँकेन्द्रित बजेट लगेकोमा आपत्ति जनाउँदै उनले प्रदेश सरकार संघीयताकालागि घातक रहेको आरोप लगाए ।  

‘यो विकास होइन यो कमिसनको खेल हो । कमिनस दिए मात्र बजेट पाउने के सहिदको कुर्वानी यसैकालागि हो ? संघीयतको जननी भनिने मधेसमा संघीयता खतम भए तपाईँहरूले जिम्मा लिनुपर्छ,’ उनले भने । प्रदेश सरकारको मन्त्रीकेन्द्रित बजेट तथा कार्यक्रमको सत्तापक्षकै सांसद करिमा बेगमले समेत आलोचना गरिन् ।  

‘कसैलाई थालमा खाना अनि कसैलाई गिलासमा पानी पनि छैन् । बारा पर्सा र रौतहटका मानीयनलाई अपमान गरिएको छ । यो संशोधन हुनुपर्छ । संशोधन नभए हामी चुप लागेर बस्दैनौं,’ उनले भनिन् । सत्तापक्षकै अर्की सांसद चमेली देवी दासले सांसदलाई सोधखोज नै नगरी योजना छनौट गरेको गुनासो पोखिन्। ‘हामी योजना लिएर जाँदा मन्त्रीजीले कहिले सचिवलाई दिन भन्नुहुन्छ भने कहिल्यै छोरालाई दिन भन्नुहुन्छ ।’ उनले थपिन् ।
अर्को समाचार
प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित
३० जेष्ठ २०७७
•
३ मिनेट पाठ
प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित
सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति  प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार  संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।




बिहीबार सुरु भएर शुक्रबार अबेरसम्म चलेको नेकपा प्रदेश १ संसदीय दलको बैठकमा बोल्ने अधिकतर सांसदले विकास आयोजनाहरुमा, प्रदेशलाई अधिकारसम्पन्न बनाउने सवालमा चरम वेवास्ता देखाएको भन्दै आपत्ति प्रकट गरेका हुन् । ‘आफ्नै दलको नेतृत्वमा रहेको संघीय सरकार संघीयताको मर्मविपरित अघि बढेको सबैजसोको ठहर छ’ ओली गुटकै  एक सांसदले दुई दिनसम्म चलेको बैठकबारे जानकारी दिँदै भने ‘त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडाको कार्यशैलीको सबैभन्दा धेरै विरोध भएको छ ।’

सासद राजेन्द्र राईले संघीय सरकार संघीयताको अभ्यासमा रमाउनै नचाहेको बताउँर्दै प्रदेशले पनि आफ्नो भूमिका बलियो नबनाएको बताए । ‘संघीय सरकार नै सबैभन्दा बढी संघीयता विरोधी काम गर्दैछ’, राईले बैठकमा भने ‘प्रदेशले पनि निरीहपन देखायो ।’ प्रदेशका मन्त्रीहरुको र सरकारको मुल्यांकन हुने बेलाभएको उल्लेख गर्दै राईले थपे ‘अब मुल्यांकन गर्ने बेला भयो । राम्रो नतिजा नदिएका मन्त्रीहरुलाई हटाएर नयाँलाई अवसर दिनुपर्छ । राम्रो काम गर्नेहरुलाई निरन्तरता दिनुपर्छ । अहिलेका  मन्त्रीहरु परीक्षा पास गरेर वा वंशाणुगत अधिकार लिएर आएका होइनन् होला !’

युवराज खतिवडा नेतृत्वको अर्थ मन्त्रालयले ज्यादै साना आयोजनाहरुमा पनि जिल्ला–जिल्लामा जथाभावी बजेट खर्चेको , सांसद, स्थानीय तह कसैलाई जानकारी नदिई योजनाहरु छनौट गरेर पैसा निकासा हुने गरेको भन्दै सांसदहरुले अर्थमन्त्रीको कडा आलोचना गरेका छन्  । ‘योजनाका विचौलियाहरुसँगको सेटिङमा यो सबै काम भइरहेको छ’, सांसद लिलम बस्नेतको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘झिना मसिना आयोजनामा अर्थ मन्त्रालय आफै अघि सर्ने हो भने संघीय संरचनाहरुको के अर्थ ?’ केन्द्र र प्रदेश सरकार दुवै आफू मात्रै अधिकार र स्रोतको अभ्यासमा लागेको सांसदहरुलाई भूमिकाहीन बनाएको उनको भनाइ थियो ।

अर्थमन्त्री खतिवडा विभिन्न विवादमा मुछिएको घटनाले सरकार र नेकपाकै बद्नामी गरेको बताउँदै सांसदहरुले उनीप्रति प्रधानमन्त्री ओलीले देखाएको मोह झनै आश्चर्यजनक रहेको बताएका थिए । ओलीकै गृहजिल्ला झापाका सांसदहरु गोपाल बुढाथोकी, एकराज कार्की, श्रीप्रसाद मैनाली, बिर्ख प्रधान लगायतले यस्तो आरोप लगाउँदै संघीयताको मर्ममा केन्द्रले लगातार प्रहार गरिरहेको तर प्रदेशले त्यसमा प्रतिवाद नगरेको भन्दै आपत्ति जनाएका थिए । ‘केन्द्रले कपाल काट्ने तालिम पनि आफै सञ्चालन गर्ने प्रदेशलाई रमिते मात्रै बनाउने ?’, उनीहरुले सोधेका थिए ‘यस्तो बेलामा प्रदेश आफ्नो भूमिका खोज्न दरिलो भएर लाग्नुपर्छ ।’ ताप्लेजुङका सांसद बलबहादुर साम्सुहाङले पनि केन्द्र सरकारको रवैया संघीयता कमजोर बनाउने खालको रहेको भन्दै आलोचना गरे । ‘अधिकार, स्रोत सबै आफू कसेर राख्ने’, उनले भने ‘अनि संघीयता सफल हुन्छ भन्ने कल्पना कसरी गर्न सकिन्छ ? अहिले केन्द्रबाट त्यही भइरहेको छ ।’

असार १ गते आउने बजेटबारे छलफल गर्न मुख्यमन्त्री शेरधन राईले आह्वान गरेको बैठकमा प्रदेश सरकारकै पनि सांसदहरुले आलोचना गरेका छन् । ‘हाम्रो प्रहरी अझै पनि संघीयताको मर्म अनुसार चल्दैन, मुख्यमन्त्रीकै आदेश पनि पालना गर्दैन’, सांसद लीलाबल्लभ अधिकारीले भने ‘तर, प्रदेश सरकार चाहिँ त्यही प्रहरीको भवन बनाउन, गाडी किन्न ठूलो बजेट खर्च गर्दैछ । कि प्रहरी प्रदेश मातहत ल्याउनपर्यो, कि यस्तो खर्च संघलाई गर्न लगाउनुपर्यो । प्रदेशबासी नागरिकको गाँस काटेर प्रहरी पोस्न बन्द गर्नुपर्छ ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस