मेलम्ची खानेपानी सुरुङ परीक्षण : स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग
२३ असार २०७७
•
४ मिनेट पाठ
मेलम्ची खानेपानी सुरुङ परीक्षण : स्थानीय क्रुद्ध, पानीको रोयल्टी माग
मेलम्ची पानी काठमाडौं उपत्यकामा बितरण गर्नुअघि नै प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने रोयल्टीको सुनिश्चितता गर्न आयोजनास्थलका सरोकारवालाले माग गरेका छन्। साथै उनीहरूले स्थानीयलाई थाहै नदिइ मेलम्ची पानी पथान्तरण(सुरुङमा छिराउने) गरिएको भन्दै खेदसमेत व्यक्त गरेका छन्।




स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, व्यवसायी, मजदुर, प्रभावित बासिन्दा लगायत सरोकारवालाले मेलम्चीमा भेला गर्दै मेलम्ची आयोजना र खानेपानी मन्त्रालय प्रभावित बासिन्दालाई पेलेर अघि बढिरहेको आरोप लगाए । ‘आयोजना र मन्त्रालयको व्यवहारले अब मेलम्ची दिन्नौँ भन्ने अवस्था आइसकेको छ,’ आक्रोश व्यक्त गर्दै उनीहरूले एकस्वरमा भने । भेलाले अझै पनि स्थानीयको माग बुझ्न नसके आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।  

आयोजनाले आइतबार मात्र परीक्षणका लागि मेलम्ची पानी सुरुङमा छिराउने (पथान्तरण) काम गरेको थियो । स्थानीयलाई बेवास्था गर्दै पथान्तरणको काम गरेको भन्दै सम्वद्ध सरोकारवाला क्रुद्ध बनेका छन् । आयोजनाको मुहान रहेको हेलम्बु गाउँपालिका, प्रभावित स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दललाई खबरै नगरी सुटुक्क सुरुङमा पानी हालेको उनीहरूको गुनासो छ ।  

मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले खानेपानीमन्त्री स्थानीयलाई पेलेर एकलौटी अघि बढेको आरोप लगाए । सरकारले स्थानीयको माग बुझ्न नसकेको उनको भनाइ छ । मेलम्ची पानी राजधानी पुग्नु अगाबै स्थानीयले पाउने रोयल्टी निर्धारण गर्न उनले माग गरे । ‘मेलम्ची काठमाडौँ पुगेपछि बेच्ने हो । बेचेको शुल्कको २५ प्रतिशत रोयल्टी स्थानीयले पाउने सुनिश्चित हुनु प¥यो,’ उनले भने ।  

आयोजनाको काम सुरु हुँदै नै रोयल्टीको माग उठाउँदै आए पनि हालसम्म सुनुवाइ नभएको उनले गुनासो गरे । ‘मेलम्ची राजधानीवासीको तिर्खा मेट्न जाँदै छ तर मेलम्ची क्षेत्रकै बासिन्दाले पानी खान पाएका छैनन्,’ प्रमुख अर्यालले आक्रोश पोख्दै प्रश्न गरे, ‘के स्थानीयले चाहीँ पानी खानु पर्दैन ? मेलम्ची सुरुङबाटै अर्को चरणमा लार्के र याङ्री खोलासमेत काठमाडौँ लगिने हँदा इन्द्रावती नदी करिडोर सुख्खाग्रस्त क्षेत्र हुने भन्दै उनले बातावरणीय प्रभाव न्यूनिकरणमा काम गर्न सरकारलाई सचेत गराए ।  

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले स्थानीयलाई थाहै नदिइ पथान्तरण गरेर मेलम्ची खोलै दिने सिन्धुवासीको अपमान गरेको धारण राखे । ‘हाँसी खुशी पानी दिन तयार स्थानीयलाई पेलेर जाने नियत आयोजना र मन्त्रालयमा देखियो,’ प्रमुख तामाङले भने, ‘आयोजनाले यतिसम्म पेल्यो कि, मेलम्ची मुहान रहेको हेलम्बु गाउँपालिकालाई नै सुरुङमा पानी पठाउने कार्यक्रमबारे कुनै जानकारी दिएन ।’ मेलम्ची लगेबापत सरकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै प्राकृतिक स्रोतमाथि स्थानीयको अधिकारको सुनिश्चितता हुनु पर्ने तर्क उनले गरे ।  

राप्रपाका क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहालले रोयल्टी निर्धारण नगरी यसैगरी पेलेर अघि बढ्न खोजे मुहानको ड्याम खोलिदिने चेतावनी दिए । आयोजनाको आपूर्तिकर्ता चिरन तामाङले रोयल्टी सुनिश्चित नभएसम्म मेलम्ची पानी राजधानी जान नसक्ने अडान लिए । अर्का आपूर्तिकर्ता विश्वमणि आचार्यले आयोजनाको पूर्वइटालीयन ठेकेदार कम्पनी सिएमसीसँग काम गरेका नौ सय मजदुर र आपूर्तिकर्ताको भूक्तानी बाँकी रहेको भन्दै त्यसको पनि सँगै सुनिश्चितता हुनुपर्ने आवाज उठाए ।  

मेलम्ची नगरपालिका–५ का वडाध्यक्ष सुदर्शन लुईँटेलले आयोजनाले स्थानीय समुदायलाई बिगतदेखि नै ढाँट्दै आएको दुःखेसो पोखे । आयोजनासँग बिगत २२ वर्षदेखि काम गरिरहेका स्थानीय बुद्धिकृष्ण लामिछानेले प्रभावित बासिन्दालाई आयोजनाले सुरुदेखि नै बेवास्था गर्दै अघि बढेको अनुभव सुनाए ।  

पथान्तरणको खेद प्रस्ताव, मन्त्रीलाई चेतावनी  

बिनाजानकारी स्थानीयलाई पेलेर परीक्षणका नाममा मेलम्ची पानी सुरुङमा प्रवेश गराएको भन्दै भेलाले आयोजना र खानेपानी मन्त्रालयविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । पथान्तरण जस्तो महत्वपूर्ण कार्यको स्थानीयले पूर्वजानकारी पाउनुपर्ने भेलाको ठहर थियो । साथै भेलाले खानेपानीमन्त्री बिना मगरले स्थानीयलाई लक्षित गरी सार्वजनिक गरेको मन्तव्यप्रति आपत्ति प्रकट गरेको छ ।  

सुरुङमा कालो बोको काटेर सरकारी अधिकारीले स्वीच दबाएर पानी छिराएपछि मन्त्री मगरले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेकी थिइन् । सो क्रममा उनले आयोजनास्थलमा सामाजिक र राजनीतिक समस्या रहेको तर त्यसको बाबजुद पनि आयोजना अन्तिम चरणमा पुगेको बताएकी थिइन् । मन्त्रीले सिन्धुवासीको बदनाम गरेको निष्कर्ष भेलाले निकालेको छ ।  

‘आफ्ना भनाइ तत्काल सच्चाउँन मन्त्रीलाई आग्रह गर्छौँ,’ चेतावनीसहित खेद प्रस्तावमा भनिएको छ । त्यसो त मन्त्रीले भने जस्तो आयोजनास्थलमा कुनै राजनीतिक र स्थानीयले उब्जाएको सामाजिक समस्या भने छैन । बरु आयोजनाले इटालीयन ठेकेदारसँग काम गरेका मजदुर र सप्लायर्सको करोडौँ रुपैयाँ भूक्तानी दिने बाटो खोज्न सकेको छैन । भूक्तानी नपाउँदा टाट पल्टने अवस्थामा रहेका आपूर्तिकर्ता र हातमुख जोर्ने समस्या भएका मजदुर रुवावासी गर्न बाध्य छन् । त्यस्तै मेलम्ची मुहान रहेको हेलम्बु गाउँपालिकाले समेत आयोजना र मन्त्रालयले गरेको व्यवहारप्रति दुःख व्यक्त गरेको छ ।
अर्को समाचार
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
०६ फागुन २०८०
•
१ मिनेट पाठ
मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष (सूचीसहित)
मेलम्ची खानेपानी आयोजनामा ७ अर्बभन्दा बढीको भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।




आयोगले आयोजनामा  ७ अर्ब ७२ करोड भ्रष्टाचार भएको भन्दै आइतबार तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भ्क्तान गरेकोलगायतका गुनासोउपर उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस