पर्यटन बोर्ड खारेज गर्न निर्देशन
२९ जेष्ठ २०७७
•
३ मिनेट पाठ
पर्यटन बोर्ड खारेज गर्न निर्देशन
कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानुनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष निकाल्दै खारेज गर्न निर्देशन दिएको हो ।




समितिका अध्यक्ष पदम रोकायाले बोर्ड (गठन) आदेश संविधान र प्रदेशसभाद्वारा पारित कुनै ऐनद्वारा सिर्जित कानुनी अधिकारअन्तर्गत नदेखिएकाले खारेज गर्न निर्देशन दिएको बताए । बैठकको प्रारम्भमै समिति सदस्यले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालगायतका अधिकारीसँग बोर्ड कुन कानुनमा टेकेर ल्याइएको भनेर प्रश्न गरेका थिए ।

कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १६५ अन्तर्गत के–कति ऐन प्रत्यायोजित अधिकार व्यवस्थापन र कार्यविधि एवं मापदण्ड संविधान, कानून, विधिको शासन, विधायिका (प्रदेशसभा), कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनको स्थापित सिद्धान्तअनुसार प्रदेशसभा र यसका समितिले प्रदेश सरकार र यसका निकायलाई आवश्यक निर्देशन दिनसक्ने संवैधानिक र कानुनी अधिकार समितिमा रहेको छ ।

समितिले कर्णाली पर्यटन बोर्ड (गठन) आदेश कुनै पनि ऐनद्वारा सिर्जित कानुनी दायित्व÷अधिकारअन्तर्गत गठन नभएको निष्कर्ष निकालेको हो । समितिका सदस्य धर्मराज रेग्मीले स्थायी संरचनाको गठन र प्रदेश सरकारलाई आर्थिक दायित्व पर्न जाने सङ्गठन÷संरचना निर्माण गर्दा मन्त्रालयलाई कुनै कानुनी अधिकार प्राप्त नभएको बताए ।

बैठकमा सरकारका तर्फबाट मन्त्री बुढाका साथै मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव बलसागर गिरी उपस्थित थिए । मन्त्री बुढाले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बमोजिम गठन गरिएको प्रस्टीकरण दिए । प्रदेशसभामा पेस गरिएको कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रदेशसभामा विचाराधीन रहेको तथा उक्त विधेयकमा बोर्ड गठनसम्बन्धी प्रस्तावित व्यवस्था पनि रहेको बताए । समितिले सो विधेयक सभाबाट पारित नहुञ्जेल यसप्रकारका संरचना गठन गर्ने, कार्यकारी अधिकृत नियुक्त गर्नेजस्ता विषयमा मन्त्रालयले कुनै कानुन÷आदेश गर्ने हाम्रो प्रचलित कानुन व्यवस्था नरहेको बताएको छ ।

बैठकपछि निर्णय सुनाउँदै समितिका अध्यक्ष रोकायाले भने, ‘आजकै मितिबाट कर्णाली प्रदेश पर्यटन बोर्डको नाममा कुनै पनि कामकारवाही नगर्नू, नगराउनू, कुनै आर्थिक एवं अन्य दायित्व भए सो समेत प्रचलित कानुनबमोजिम मन्त्रालय÷प्रदेश सरकार र प्रदेश सञ्चित कोषमा फर्काउन प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका नाममा समितिको बैठकले निर्देश गर्दछ ।’

प्रदेश सरकारले २०७६ माघमा प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी ११ सदस्यीय बोर्ड गठन गरेको थियो । बोर्डमा बबिकिशोर गुरुङ (डोल्पा), ललितजंग महत (जुम्ला), दानसिंह कार्की (मुगु), वेदबहादुर शाही (जाजरकोट), मर्मजंग बम (कालीकोट) र लैकु लामा (हुम्ला) हुनुहुन्छ । त्यस्तै विष्णुप्रसाद शर्मा (दैलेख), पहलसिंह घर्तीमगर रुकुमपश्चिम, लोकबहादुर हमाल (हुम्ला), चिन्तामणि शर्मा (सुर्खेत) र ईश्वरी बुढाथोकी (सल्यान) लाई सदस्यमा नियुक्ति गरिएको थियो भने कार्यकारी निर्देशक नियुक्तिको छनोट प्रक्रिया सुरु गरेको थियो ।
अर्को समाचार
बजेटमा पर्यटन : सस्तो कर्जामा पहुँच पुर्याउनै कठिन
१६ जेष्ठ २०७७
•
५ मिनेट पाठ
बजेटमा पर्यटन : सस्तो कर्जामा पहुँच पुर्याउनै कठिन
आर्थिक वर्ष (२०७७/७८) को बजेटमा घरेलु, साना तथा मझौला उद्यम र कोरोनाको महामारिबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिन ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष स्थापना गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएपछि बजेटबारे चाँसो राखेका पर्यटन व्यावसायी खुसी त देखिए । तर, त्यो कोषको रकम सस्तो ब्याजदरमा कसरी उपयोग गर्न सकिन्छ भन्नेमा व्यवसायीमा भने अन्योलता छाएको छ ।  




किनकी यसअघि पुर्नकर्जा कोषको रकम त्यही आकारको ब्याजदरमा पाउँदा पनि यहाँका पर्यटन व्यावसायीले लाभ लिन सकेका थिएनन् । पुर्नकर्जा कोषको रकम बढेर अहिले एकखर्ब रुपैयाँ पुगेको छ । ३० अर्ब रुपैयाँ रहेको पुर्नकर्जा कोषको रकम दुईपटक बढाएर एकखर्ब रुपैयाँ पुर्याइएको छ । पुनकर्जा कोषको रकमलाई राष्ट्रबैंकले दुईप्रतिशतमा बाणिज्य बैंकलाई र बैंकले ५ प्रतिशतमा त्यो रकम व्यवसायीलाई दिन्छन्। तर पोखराका व्यावसायीले पुर्नकर्जाको रकम पनि सस्तोमा लिन सकेका थिएनन् ।  

अहिले कोरोनाबाट थलिएको बेला ५० अर्र्बको कोषबाट ५ प्रतिशतमा ऋण पाउँदा पनि पोखराको पर्यटन क्षेत्रले ऋणको हिस्सा बढाउन सक्ने सम्भावना कम रहेको व्यावसायी नै बताउँछन् । पर्यटन व्यावसायी बासु त्रिपाठी भन्छन, ‘पुर्नकर्जा कोषको रकमबाट ऋण लिने प्रक्रिया झन्झटिलो थियो । बाणिज्य बैंकको मुख्यालयमार्फत मात्र त्यसको प्रक्रिया अघि बढ्थ्यो । तर अब भने बाणिज्य र विकास बैंकका शाखामार्फत पनि कर्जा दिनुपर्ने अनिवार्य गर्दा व्यावसायीको पहुँच बढ्नेछ,’ उनले भने, ‘तर, कर्पाेरेट कल्चर नअपनाएका व्यावसायीले भने अहिलेको कोष होस वा पूर्नकर्जा कतैबाट पनि लाभ पाउँदैनन् ।’

हरेक वित्तीय संस्था र उनीहरूका शाखाबाट पनि यो कोषको ऋण दिलाउन सक्ने अवस्थाले पहुँचमा सहजता भएपनि व्यावसायीले कारोबार जस्ताको तस्तै देखाउन नसक्ने अवस्था हुँदा लाभ लिन नसक्ने पनि उनले बताए । ‘व्यवसायीले आफ्नो कमजोरी पनि स्वीकार्नुपर्छ,’ उनले भने, ‘व्यावसायीक प्रतिष्ठानको नाममा ऋण नलिएर व्यक्तिगत लिएर चलाएका छन् । त्यस्तै कतिपय व्यावसायीले आर्थिक पारदर्शिता अपनाउन सकेका छैनन् । त्यसले यस्तो कर्जा लिँदा समस्या ल्याउन सक्छ ।’  

आर्थिक कारोबार जस्ताको तस्तै नदेखाउने गर्दा पोखराको व्यावसायीले कर्जा नपाउने सम्भावना रहेको उनले बताए । ‘व्यवसाय घर चलाए जसरी हुँदैन । यसमा व्यवासायिकता चाहिन्छ,’ उनले भने, ‘सबैले व्यवसायिकता अपनाउन सकेका छैनन ।’ पुनकर्जाको बारेमा व्यवासायीले नबुझेर पनि समस्या भएको उनले बताए । ‘पुर्नकर्जा लिँदा के फाइदा हुन्छ भनेर व्यावसायीले सोचेनन् । पुर्नकर्जा ठुलाबडाका लागि हो भनेर बुझिन्थ्यो,’ उनले भने, ‘अहिलेको कर्जाका लागि त्यही अवस्था आउने सम्भावना छ ।’ पोखराले पहुँच पु¥याउन नसक्दा त्यसको लाभ सधंै काठमाडांैका व्यवसायीले लिएको उनले बताए ।  

कोरोनाले थलिएको बेला ५० अर्ब रुपैयाँमध्ये कम्तिमा ३० प्रतिशत बजेट पोखराले लिन सक्नुपर्ने उनले बताए । ‘५ प्रतिशतमा पनि ऋण लिन सकेनन् भने घाटा हुन्छ । पोखरेलीले माग गरेपनि त्यसको लाभ अरुले लिन सक्ने अवस्था छ,’ उनले भने, ‘साना व्यावसायी त झनै मारमा छन् ।’ पोखराले लिन नपाउँदा काठमाडौंका ठुला र बलिया व्यावसायीले नै सस्तोमा ऋण पाउने सम्भावना रहेको उनले बताए । अहिले सस्तोमा ऋण लिएर कामदारलाई पारिश्रमिक दिने देखि अरु काम गर्न सक्ने अवस्था भएपनि व्यवसायीको आफ्नै कमजोरीले नपाउने अवस्था रहेको उनले बताए ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा ५० अर्ब रुपैयाँको कोषमा साना तथा मझौला उद्यमीले पनि समानुपातिक रुपमा पहूँच पु¥याउनुपर्ने बताउँछन । ‘कतिपय व्यसायीले व्यक्तिगत ऋण लिएर व्यावसायमा लगाएका छन् । उनीहरूलाई पनि समस्या पर्न सक्छ,’ सापकोटा भन्छन, ‘कर्पाेरेट कल्चरमा नचलेका व्यावसायीलाई यो कर्जा पाउन मुस्किल छ । सबै पर्यटनमा कर्पाेरेट कल्चर छैन ।’ कतिपय व्यावसाय त परिवारले नै चलाएकोले पनि ऋण पाउन समस्या हुने उनले बताए ।  

यस्तो सस्तो दरमा पुर्नकर्जा पाउँदा पनि पोखराका व्यावसायीले पहल नगरेको उनले बताए । ‘यस्तै अवस्था रहेमा अहिले पनि काठमाडौंको हिस्सा बढी हुन सक्छ,’ सापकोटाले भने, ‘बजेट दिनु राम्रो हो । तर, सहज रुपमा प्राप्त गर्न सक्ने अवस्थाा हुनुपर्छ । नत्र ठुलाले मात्र पाउने सम्भावना पनि रहन सक्छ ।’  

सरकारले बजेटमार्फत घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यावसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यावसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको भिन्दै कोष स्थापना गरेको छ । राष्ट्रबैंक मार्फत संचालन हुने यो कोषमा सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र दातृ निकायबााट प्राप्त हुने रकम रहने सरकारले बताएको छ ।

अर्का पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई सरकारले कोषको रकम बराबरी बाँडेर प्रदेश सरकारमातहत पठाएर व्यावसायी बचाउनुपर्ने बताउँछन् । ‘अर्थतन्त्र केही व्यावसायीले मात्र धान्ने होइनन, साना व्यवावसायीको पनि योगदान हुनुपर्छ,’ उनले भने, ‘ठुला व्यवावासायीले मात्र देश धान्ने होईन । अहिलेको अवस्था अप्ठेरो भएकोले सहज गर्नुपर्छ ।’ साना व्यावसायी पनि बाँच्न पाउनुपर्ने उनले बताए । ‘अहिले विशेष परिस्थिति भएकोले सहज तरिकाले व्यावसायीलाई बचाउनुपर्छ । यो बेला व्यावसायीलाई बचाउने धर्म सरकारको हो,’ भट्टराई भन्छन, ‘अहिले सबै प्रक्रिया खोज्न थालियो भने सबैको पहुँच पुग्दैन । अनि साना व्यावसायी बिस्थापित भए भने त्यसको असर ठुला पर्छ ।’ उनका अनुसार कतिपय व्यावसायी दर्ता नै नभई संचालनम छन् । अहिलेको अप्ठेरोमा ती व्यावसायीलाई बचाएर सरकारी दायरामा ल्याउनुपर्ने उनले बताए ।  

बैंकर विश्वमोहन अधिकारी कोरोनाबाट पर्यटन क्षेत्र प्रभावित भएपनि पोखराले पुर्नकर्जा वा कोरोना कोषको रकममा पहुँच पु¥याउन नसक्ने बताउँछन् । ‘पूर्नकर्जा कोषबाट पोहोर पोखराका ७ जना व्यावसायीले मात्र ऋण लिएका थिए । सस्तोमा पाउँदा पनि ऋण लिने आँट पोखराले गर्दैन,’ अधिकारीले भने, ‘व्यावसायीले अहिलेको कोषमा पनि पहुँच पुर्याउन नसक्ने अवस्था हुँदा पर्यटनले राहत पाउने अवस्था देखिन्न ।’

अधिकारीका अनुसार यस्तो कोषको रकम सस्तोमा ऋण लिनका लागि प्रतिष्ठानले व्यावसायिक पारदर्शिता देखाउनुपर्छ । तर पोखराका अधिकांश प्रतिष्ठानले पारदर्शिता पेश गर्न नसक्ने उनले बताए । ‘व्यवसायीमा स्वच्छता नै छैन, । हिसाबकिताब पारदर्शि रुपमा राख्न सक्दैनन,’ उनले भने, ‘पारदर्शिता नहुँदा यस्तो कोषमा पहुँच बिस्तार हुँदैन ।’ कोरोनाको महामारिले थलिएको बेला व्यावसायीका लागि अवसर भएपनि उपयोग गर्न सक्ने अवस्था निकै नै कम व्यावसायीमा रहेको उनले बताए । ‘कर्पाेरेट कल्चरमा नचल्दाको परिणाम अव देखिन्छ । किनकी पोखराले पहुँच पु¥याउन नसक्दा काठमाडौंले नै लाभ पाउँछ,’ उनले भने ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस