नेपाली तयारी चियाको माग शून्य
०२ वैशाख २०७७
•
१० मिनेट पाठ
नेपाली तयारी चियाको माग शून्य
इलामको जस्बिरे चिया प्रशोधन उद्योगमा तयारी चिया प्याकिङ गर्नुअघि केलाउँदै (ग्रेडिङ गर्दै) कामदार ।तस्बिर: भीम-नागरिक
इलाम,- कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा तीन अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनै पनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् । 




कोभिड–१९ ले जर्मनी, अमेरिका, चीन, रुस, भारतलगायत देश आक्रान्त बनेपछि नेपाली तयारी चियामा प्रत्यक्ष प्रभाव परेको हो । यी देशका व्यापारीले माग नगर्दा नेपालमा उत्पादित चियाको बजारबारे अन्योल देखिएको छ । विगतका चैत–वैशाखमा विशेष गरी जर्मनी, अमेरिका, चीन, जापान, फ्रान्स, नेदरल्यान्ड लगायत मुलुकका व्यापारी चियाको गुणस्तर हेर्न इलामका कारखानामै आइपुग्थे । यो साल किसानले यही सिजनमा फस्ट फ्लस (पहिलो टिपाइ) को हरियो चिया टिप्नै पाएनन् । पत्ती निकै हुर्किसकेपछि चिया टिपाइ त सुरु भयो तर तयारी चियाको माग नआउँदा अलमल्ल परेको व्यवसायीको गुनासो छ । 

कोभिड–१९ को असर चीनमा मात्रै सीमित रहुञ्जेल तेस्रो मुलुकका व्यापारीले इलामका बगान आएर चिया टिपाइ हेर्ने, स्वाद चाख्ने र नमुना लैजानेसम्मका योजना बनाएका थिए । तर आउन लागेका व्यापारी पनि चीनबाट कोरोना प्रभाव अन्य देश सरेपछि हच्किएको उद्योगी उदय चापागाईंले बताए । ‘जर्मनीबाट चिया व्यापारीको टोली आउने तयारी थियो । तर उनीहरूले बुकिङ क्यान्सिल गरे,’ चापागाईंले भने, ‘कोरोनाले उनीहरूको देशमा प्रभाव पार्न थालेपछि व्यापारी त आएनन् नै, हाम्रो बजारसमेत अनिश्चित भएको छ ।’ 

सूर्याेदय नगरपालिकास्थित सुन्दरपानीमा रहेको चापागाईंको गोर्खा टी स्टेटमा चियाको फस्ट फ्लस हुने बेला तेस्रो मुलुकका व्यापारीको ओइरो लाग्थ्यो । 

‘यो वर्ष चिया टिपाइ र प्रशोधन त बरु ढिलो गरी सुरु भएको छ तर उत्पादन कता बेच्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘उच्च गुणस्तरको चिया सबै नेपाल र भारतमा बिक्दैन । तेस्रो मुलुकमा चाहिने गुणस्तरमा उत्पादन भएको चियाले उतैको बजार पाउनुपर्नेमा यो साल अन्योल छ ।’ 

सधैं उद्योगमै आएर अर्डर गर्ने व्यापारीले यो वर्ष फोन सम्पर्कसमेत नगरेको चापागाईं बताउँछन् । गोर्खामा बर्सेनि ७५ हजार किलो तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ । यसको ९५ प्रतिशत चाहिँ जर्मनीलगायत तेस्रो मुलुक निर्यात हुन्छ । उद्योगले दुई सय ६० किसान र आफ्नै बगानको हरियो चिया प्रशोधन गरिरहेको छ ।

तेस्रो मुलुकका कतिपय व्यापारी नेपालमा उत्पादित तयारी अर्थाेडक्स अर्गानिक चिया किन्न निरन्तर आउँछन् । नियमित खरिदकर्तासमेत यो वर्ष सम्पर्कमै नरहेकाले तयारी चियाको व्यापार अनिश्चित बनेको उद्योगीको भनाइ छ । 

पाँचथरको कञ्चनजंघा टी स्टेटका प्रबन्धक निरानन्द आचार्य यो वर्ष नियमित खरिदकर्तासँग सम्पर्कै हुन नसकेको बताउँछन् । ‘अहिले युरोप, अमेरिकामा लकडाउन भएका कारण त्यहाँका व्यापारीका कार्यालय पनि बन्द छन्,’ उनी भन्छन्, ‘न उनीहरूसँग व्यक्तिगत सम्पर्क हुन सकेको छ, न उनीहरूले कुनै माध्यमबाट चियाको अर्डर नै गरेका छन् ।’ 

जर्मनी, जापान, अमेरिका लगायत देशमा बिक्री हुने गरेको यहाँको उत्पादन यो वर्ष कता बेच्ने भन्ने चिन्ता भएको आचार्य सुनाउँछन् । ‘नेपालमा भन्दा पनि कोरोनाले बढी असर पारेका देशको व्यापार कसरी हुन्छ, नेपालको तयारी चियाको बजार त्यसैमा निर्भर हुन्छ,’ आचार्य भन्छन्, ‘व्यापार जे भए पनि उद्योगले हरियोपत्ती प्रशोधन चाहिँ गर्नैपर्ने हुँदा लगानी भइरहन्छ ।’ 

कञ्चनजंघाले गत वर्ष ७५ टन तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरेको थियो । ‘हाम्रो उत्पादनको करिब ९० प्रतिशत तेस्रो मुलुक जान्छ,’ उनले भने, ‘फागुन तेस्रो साता हुने पहिलो टिपाइ यो वर्ष करिब १५ दिन ढिलो हुँदा ९२ लाख रुपैयाँभन्दा बढीको घाटा त भइसकेको छ, अब पनि चिया बेच्न पाइएन भने डुब्ने अवस्था आउँछ ।’ कञ्चनजंघामा एक सय १२ किसानले हरियो पत्ती प्रशोधनका लागि ल्याउँछन् । उद्योगमा ल्याउनेबाहेक पनि फिदिम आसपास पाँच सयभन्दा बढी किसानको चिया अर्गानिक प्रमाणित भएको छ ।

पोहोर उत्पादन गरेको तयारी चिया नै बेच्न बाँकी रहेका बेला यो वर्ष पनि कतैबाट माग नआउनुले चियाको भविष्य नै देख्न नसकिएको कतिपय उद्योगी गुनासो गर्छन् । मुख्य बजारबाटै माग नआउँदा तेस्रो मुलुकमा चिया बेच्ने उद्योगी सबैभन्दा बढी समस्यामा परेका छन् । 

क्रस टियर कर्ल (सिटिसी) र अन्य कम गुणस्तरको चिया उत्पादनमा थोरै लगानीले पुग्ने भए पनि अर्गानिक अर्थाेडक्स चियामा उद्योगले बढी लगानी गरेका हुन्छन् । उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरिरहेको जस्बिरे अर्गानिक चिया प्रशोधन उद्योगमा पोहोरकै १९ हजार किलो तयारी चिया बेच्न बाँकी छ । तर यो वर्ष पनि कतैबाट चियाको माग नआएको उद्योग सञ्चालक सरद सुब्बा बताउँछन् । ‘पोहोर बेच्दाबेच्दै अलिकति चिया उब्रेको थियो, यो वर्ष त नयाँ चियाकै पो माग आएन,’ सुब्बा भन्छन्, ‘पोहोर यतिबेला कारखानातिरै आएर चिया अर्डर गर्ने व्यापारी यो वर्ष सम्पर्कमा छैनन् ।’ 

जस्बिरे उद्योगमा उत्पादित चियाको मुख्य बजार नेदरल्यान्ड हो । त्यसबाहेक चीन, डेनमार्क, फ्रान्स र अमेरिकामा यहाँको चिया हरेक वर्ष पुग्ने गरेको थियो । तयारी चियामा उच्च गुणस्तर कायम राख्न उद्योगले चियाको हरियो मुनामा हुने सुइरोमात्रैको मूल्य किसानलाई प्रतिकिलो १५ सय रुपैयाँसम्म दिने गरेको छ । ‘तयारी चियामा गुणस्तर कायम राख्न हरियो पत्तीमै पहिला ध्यान दिनुपर्छ,’ सुब्बाले भने, ‘यतिको मेहनतले धेरै लगानीमा उत्पादन गरे पनि तयारी चिया नबिक्दा चाहिँ लगानी डुब्ने सम्भावना धेरै हुन्छ ।’ 

बाहिरी देशबाट चियाको माग नआउँदा चियालाई मुख्य नै व्यवसाय बनाएका देशका १० हजार हाराहारी किसान समस्या पर्ने भएका छन् । केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशमै चिया खेती गर्ने सबैभन्दा बढी किसान इलाममा छन् भने झापामा बढी चिया उत्पादन हुन्छ । तर इलाम, पाँचथर र धनकुटाका किसानले उत्पादन गरेको अर्थाेडक्स चिया तेस्रो मुलुकसम्म पुग्छ । 

नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत बजार भारत रहे पनि यो वर्ष भारतबाट समेत चियाको माग आएको छैन । ‘यो वर्ष भारतबाटसमेत चियाको माग नआएका कारण उद्योगीदेखि किसानसम्मलाई समस्या छ,’ साखेजुङको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनाली भन्छन्, ‘अर्गानिक चिया चाहिँ भारतमा बेच्दा लगानी नै उठ्दैन ।’ 

प्रालिले हरेक वर्ष एक लाख २० हजार किलो तयारी चिया उत्पादन गरिरहेको छ । उत्पादनको ७० प्रतिशतभन्दा बढी तेस्रो मुलुक निकासी हुने गरेको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा नेपालबाट एक करोड ५० लाख ४३ हजार किलो तयारी चिया निर्यात भएको थियो ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस