मन्त्री फेरे पनि सडक विभागको विकास खर्च निराशाजनक
०२ वैशाख २०७७
•
५ मिनेट पाठ
मन्त्री फेरे पनि सडक विभागको विकास खर्च निराशाजनक
काठमाडौं, - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म विकास खर्च लक्ष्य अनुरुप गर्न सकेको छैन ।




विभाग मातहतका ४८ आयोजना तथा कार्यक्रमले आठ महिनामा लक्षित बजेटको २८.२० प्रतिशत मात्र खर्च गरेका छन् । आफू मातहतका आयोजनाले लक्ष्य अनुसारको खर्च गर्न नसकेको विभागको प्रतिवेदनले औंल्याएको छ । विभागले दोस्रो चौमासिकमा ३९ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विकासे अड्डाको रुपमा चिनिने विभागले यो अवधिमा २७ अर्ब ०७ करोड २७ लाख खर्च गरेको छ । यो विभागले छुट्ट्याएको बजेटमध्ये ६८.७७ प्रतिशत मात्र हो ।

सडक विभागले चालु आवको आठ महिनाको अवधिमा दुई सय ५२ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण गरेको जनाएको छ । त्यसैगरी ६ सय ४७ किलोमिटिर सडक खण्डास्मित अर्थात ग्राभेल गरेको छ । पाँच सय ५९ किलोमिटर थप सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको प्रतिवेदनमा उल्लेख छ । एक सय १६ किलोमिटर सडक कालोपत्रे सडक लेन स्तरोन्नति तथा पुनस्र्थापना गरिएको छ । 

चालु आवमा कुल तीन सयवटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीय सडक पुल अन्तर्गत ७० वटा र रणनीतिक महत्वका सडकहरु अन्तर्गत ५९ पुलहरु गरी जम्मा एक सय २९ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । करिब सात हजार दुई सय किलोमिटर सडकको नियमित तथा सात हजार दुई सय किलोमिटर सडक पटके मर्मत सम्भार निरन्तरता दिएको विभागले जनायो । पाँच सय २४ किलोमिटर  सडक आवधिक मर्मत गर्ने लक्ष्य रहेकोमा एक सय ५७ किलोमिटर सडकको आवधिक मर्मत कार्य सम्पन्न भएको छ ।

सडक विभागले दोस्रो चौमासिकमा पाँच सय दुई किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सो अवधिमा जम्मा तीन सय २० किलोमिटरको मात्रै कालोपत्रे सकिएको छ ।

सडक विभागले दोस्रो चौमासिकमा पाँच सय दुई किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सो अवधिमा जम्मा तीन सय २० किलोमिटरको मात्रै कालोपत्रे सकिएको छ । चालु आवमा सरकारले १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । विभागले दोस्रो चौमासिकमा तीन सय ९४ किलोमिटर खण्डास्मिथ अर्थात ग्राभेल गरेको छ ।

एक सय ७३ किलोमिटर माटे सडक विस्तार गरेको जनायो । विभागले समयमैं काम सम्पन्न नहुनेमा बिजुली पोल, ढल तथा खानेपानीका पाइप समयमा व्यवस्थापन नहुँदा नसकिएको जनाएको छ । 

‘युटिलिटिजमा ढिलाइ हुने गरेको समस्या यथावत रहेकोस नेपाल विद्युत् प्राधिकरणबाट पोल सार्ने कार्यमा ढिलाइ हुनाले समग्रमा आयोजनाको प्रगतिमा असर पर्न गएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘१४ वटा सडक डिभिजन प्रदेशमा हस्तान्तरण भएको तर प्रस्तावित नयाँ सातवटा स्वीकृत भई नसकेकोले जनशक्तिको व्यवस्थापनमा समस्या भएको हो । 

सार्वजनिक खरिद नियमावली अनुसार योजना क्षेत्रको आइइई र इआइए सम्पन्न गरेपछि मात्र ठेक्का व्यवस्थापन गर्नुपर्ने भएको तर इआइएको अन्तिम प्रतिवेदन स्वीकृत हुन अत्यधिक समय लाग्ने गरेको छ । विभागका अनुसार पुराना ठेक्कामा मुआब्जा र क्षतिपूर्तिको समस्या यथावत रहेको र नयाँ योजनामा समेत जग्गा प्राप्ति गर्न कठिनाइ, स्थानीयद्वारा अत्यधिक मुआब्जाको माग मौजुदा कानुनी प्रावधानले गर्दा रुख कटानको प्रक्रियामा ढिलाइ हुने गरेको छ ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३० मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस