इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्ग: लागत अनुमान ९० अर्ब
०२ पौष २०७६
•
८ मिनेट पाठ
इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्ग: लागत अनुमान ९० अर्ब
विराटनगरको कटहरीबाट इटहरीको खनारस्थित पूर्व–पश्चिम रेलमार्ग जोड्ने लिंक मार्ग। (गाढा रातो धर्का) स्रोतः रेलमार्ग
विराटनगर – इनरुवा–काँकडभिट्टा रेलमार्गको डिपिआर तयार भएको छ। तीव्र गतिको विद्युतीय रेल चल्ने रेलमार्ग बनाउन ९० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको रेल विभागले जनाएको छ।




इनरुवादेखि काँकडभिट्टासम्मको १०६.५९ किलोमिटर र इटहरीदेखि विराटनगरसम्मको २०.१६ किलोमिटर लिंक खण्ड निर्माणका लागि ९० अर्ब लागत इस्टिमेट तयार पारिएको छ। रेलवे निर्माण गर्दा झापा, मोरङ र सुनसरीका १८ वटा स्थानीय तह प्रभावित हुनेछन्। प्रस्तावित पूर्व–पश्चिम रेलमार्ग अन्तर्गतको इनरुवा—काँकडभिट्टा खण्डमा दुई सय किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने रेल सञ्चालन गर्न सकिने विभागका कन्सल्टेन्ट इन्जिनियर रिकेश चित्रकारले जानकारी दिए।

चित्रकारका अनुसार इनरुवा काँकडभिट्टा रेलमार्गमा १० वटा स्टेसन प्रस्ताव गरिएको छ। यस्तै, इटहरी—विराटनगर लिंक मार्गमा एउटा स्टेसन प्रस्ताव गरिएको छ। रेलवेको केन्द्रबाट २५ मिटर दायाँ–बायाँ क्षेत्राधिकार हुने र ७.५ मिटर चौडाइको रेलवे लाइन निर्माण गर्ने तयारी गरिएको छ। चित्रकारले भने, ‘रेलमार्ग निर्माणका लागि ५० मिटर चौडाइको जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ।’

रेलमार्ग निर्माणका लागि १० देखि १२ मिटरको बाँध पनि बनाइने छ। उक्त मार्गमा कुद्ने रेलका लागि बिजुली व्यवस्थापन गर्न १३२ केभी प्रसारण लाइन पनि निर्माण गरिने डिपिआरमा उल्लेख छ। यस्तै, सुनसरीको इटहरी, झापाको दमक र बिर्तामोडमा सबस्टेसन निर्माण गरिने रेल विभागले जनाएको छ। हालको महेन्द्र राजमार्गको दुईदेखि अढाइ किलोमिटर दक्षिणतर्फबाट रेलमार्गको निर्माण गर्ने प्रस्ताव गरिएको छ।

रेलमार्ग र विद्युत्को प्रसारण लाइनले ६ सय ३५.७७ हेक्टर जमिन ओगट्ने अनुमान आयोजनाले गरेको छ। आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्दा चार हजार घरधुरीको पाँच सय १८ कित्ता जग्गा लिनुपर्नेछ।

रेलमार्ग निर्माण गर्दा ६ सय ६६ वटा भौतिक संरचना प्रभावित हुनेछन्। चारदेखि पाँच वर्षभित्रमा सम्पन्न गर्ने गरी निर्माण हुने आयोजनामा दुई हजार पाँच सय ९३ दक्ष र २५ हजार नौ सय २० जना अदक्ष कामदारले रोजगारीसमेत पाउनेछन्।

रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री दुई करोड ५१ लाख ४३ हजार एक सय २८ घनमिटर आवश्यक पर्नेछ। माटो, वालुवा, ढुंगालगायत निर्माण सामग्री जुटाउन झापा, मोरङ र सुनसरीका २३ वटा उत्खननस्थल पहिचान गरिएको जनाइएको छ।

रेलमार्ग निर्माण गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्ने भएकाले सोको न्यूनीकरणका उपायसमेत अवलम्बन गरिने जनाइएको छ। वातावरण इन्जिनियर अभिषेक जिसीका अनुसार रेलको ध्वनि प्रदूषण न्यूनीकराणका लागि ध्वनि ब्यारियर जडान गरिने छ। रेलमार्गले मोरङ र झापाको दुईवटा वन क्षेत्र काटेर जाने हु“दा १९.६० हेक्टर वन क्षेत्रसमेत मासिने छ।

आयोजना निर्माणका क्रममा वन क्षेत्रका आठ हजार चार सय ३० रुख काट्नु पर्नेछ। रेलमार्ग निर्माणले वन्यजन्तुको आवतजावतमा पनि असर पार्ने भएकाले आयोजनाले नौ मिटर चौडाइ र आठ मिटर उचाइको पुल निर्माण गर्ने डिपिआरमा उल्लेख छ। ‘रुख काटिएका स्थान आसपासका क्षेत्रमा नयाँ बिरुवा रोपेर क्षतिपूर्ति दिइनेछ,’ इन्जिनियर जिसीले भने, ‘हात्तीलगायत वन्यजन्तुको बाटो अवरुद्ध नगर्न आयोजनाले कम्तीमा नौ मिटर चौडाइ र आठ मिटर उचाइका पुल निर्माण गर्नेछ।’

प्रस्तावित रेलमार्गका लागि भारतको बथनाहबाट कटहरीसम्मको ब्रोडगेज रेलमार्ग निर्माणको चरणमा छ। यस्तै झापाको का“कडभिट्टादेखि भारतको जलपाइगुडीसम्मको रेलको लिंक मार्ग पनि भारत सरकारको सहयोगमा निर्माण हुने आयोजनाले जनाएको छ।

बथनाह–कटहरी रेलमार्ग चाँडो बनाऊ

रेल विभागले विराटनगरको कटहरीदेखि हात्तीमुडासम्मका स्थानीय र जनप्रतिनिधिसँग विराटनगरमा नयाँ रेलमार्गबारे छलफल गरेको छ। आइतबार भएको छलफलमा स्थानीयले विकासका पुराना आयोजना नै अलपत्र परिरहको अवस्थामा नयाँ आयोजनाले खासै उत्साहित नबनाएको प्रतिक्रिया दिए। विराटनगरको रिङरोड दुई दशकभन्दा बढी समयदेखि अलपत्र भएको, कटहरी बथनाह रेलमार्ग निर्माण सुरू भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको लगायत कारणले स्थानीय निराश छन्।

उनीहरूले रेल विभागका प्रतिनिधिसँग पहिले थालेका आयोजना पूरा गरेर मात्रै नया“ सुरू गर्न सुझाए। मोरङ कटहरीका विश्वनाथ ठाकुरले निर्माणाधीन विराटनगर रिङरोड र अलपत्र अवस्थामा रहेको बथनाह–कटहरी रेलमार्ग सम्पन्न गरेर मात्रै नयाँ आयोजनाबारे छलफल गर्न सुझाव दिए। ‘पहिले विराटनगर रिङरोड र कटहरीसम्मको रेलमार्ग बनाउनुस्,’ उनले भने, ‘त्यसपछि मात्रै नयाँ आयोजनाबारे छलफल थाल्नुस्।’

विराटनगर–४ का राजेन्द्र भट्टराईले पुराना आयोजना अलपत्र पारेर नयाँ–नयाँ सपना बाँड्नुको औचित्य नभएको बताए। उनले पहिले बथनाह–कटहरी रेलमार्ग निर्माण सम्पन्न गरेर मात्रै नया“ आयोजना सुरू गर्न रेल विभागलाई आग्रह गरे।

उनले जनतालाई खानेपानीको व्यवस्था गर्न नसक्ने सरकारले कल्पनाबाहिरको विद्युतीय रेलको चर्चा गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘महानगरमा खानेपानी छैन,’ उनले भने, ‘सरकार कल्पनाबाहिरको विद्युतीय रेलको चर्चा गर्दै हिँडेको छ।’
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस