भवन नबन्दा चिज जोगाउन मुस्किल
१४ कार्तिक २०७६
•
५ मिनेट पाठ
भवन नबन्दा चिज जोगाउन मुस्किल
रसुवा – जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्र अझै टहरामै सञ्चालन भइरहेको छ। त्यहाँका कर्मचारी खुला स्थानमा बस्छन्। चिज पनि खुला स्थानमै उत्पादन भइरहेको छ। चार वर्षअघिको भूकम्पले भत्किएका संरचना अझै मर्मत भइसकेका छैनन्। संरचनाको अभावले उत्पादन गरिएको चिज एक महिनासम्म पनि राख्न नसकिने त्यहाँका कर्मचारीहरू बताउँछन्। वार्षिक १० हजारभन्दा बढी चिज तथा मखन उत्पादन गर्ने केन्द्रको भवन निर्माण हुन नसक्दा दिनप्रतिदिन समस्या बढ्दै गएको छ।




केन्द्रका अनुसार चिज तथा मखनको उत्पादन बढ्दै गएको छ। तर उत्पादित वस्तु राख्न स्टोर छैन। स्टोरको अभावमा उत्पादन भएको चिज एक महिनाभन्दा बढी राख्न नसकिएको केन्द्र प्रमुख जितबहादुर जिरेलले बताए। ‘उत्पादन बढेको छ, राख्ने ठाउँ छैन,’ उनले भने, ‘राखेको चिज बाँदरले खाएर हैरान पार्छ।’

चार वर्षअघि गएको भूकम्पले भत्किएको भवन निर्माण नहुँदा उत्पादन भएको चिज तथा मखन जोगाउन कठिन भएको हो। गत वर्ष उत्पादन केन्द्र निर्माण लागि आठ लाख रुपैयाँ आएको थियो। तर त्यति रकममा भवन निर्माण गर्न नसकिने भन्दै कसैले ठेक्का हाल्न नमानेपछि रकम फिर्ता भयो। भवन निर्माणका लागि दुग्ध विकास संस्थानमा कुरा भइरहेको उनको भनाइ छ।

चिज तथा मखन उत्पादन बढ्यो

भवन तथा स्टोरको अभाव झेलिरहेको उत्पादन केन्द्रमा उत्पादन भने बढ्दै गएको छ। भूकम्पका कारण दुई वर्षसम्म उत्पादनमा कमी आएको थियो। तर अहिले पुरानै अवस्थामा फर्किएको छ। यो उत्पादन केन्द्रले वार्षिक १० हजार उत्पादन गर्न सक्ने भए पनि पछिल्लो समय उत्पादन बढ्दै गएको केन्द्र प्रमुख जिरेलले बताए। केन्द्रले यो वर्ष ११ हजार ३ सय ८० केजी चिज र ३ हजार ९ सय ५३ केजी मखन उत्पादन गरेको छ।

असोज मसान्तमै यो वर्षको उत्पादन बन्द भइसकेको छ। केन्द्रका अनुसार यो वर्ष ८७ लाख ५० हजार ५ सय ६५ रुपयाँ मूल्यबराबरको चिज तथा मखन उत्पादन भएको छ। गत वर्ष ६३ लाख २८ हजार २ सय ७७ रुपयाँ मूल्यबराबरको चिज तथा मखन उत्पादन गरेको थियो। गत वर्ष ११ हजार ६० केजी चिज र ३ हजार ८ सय ५८ केजी मख्खन उत्पादन गरेको केन्द्रले जनाएको छ। उत्पादन केन्द्रले तीनवटा शाखामार्फत दूध संकलन गर्ने गरेको छ। ३८ वटा गोठबाट दूध संकलन भएको केन्द्रले जनाएको छ। ‘पहिलो कृषकले आफैंले छुर्पी उत्पादन गर्ने कारण दूध कम संकलन हुन्थ्यो,’ उनले भने, ‘अहिले कृषकले सबै दूध केन्द्रलाई दिन थालेपछि उत्पादन बढेको हो।’ स्थानीय बजारमा छुर्पीको माग थोरै छ।

पछिल्लो समय केन्द्रले दूधको मूल्य बढाएको र चौंरी पाल्ने कृषक पनि बढेका कारण उत्पादन बढ्दै गएको उनको भनाइ छ। वैशाखदेखि असोज मसान्तसम्म केन्द्रले उत्पादन गर्ने गरेको छ। ६ महिना भने केन्द्रमा उत्पादन हुँदैन। चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए। उत्पादन बन्द भएको समयमा दाउरा संकलन गर्ने काम हुन्छ। उत्पादन सुरु भएपछि अरू काम गर्ने फुर्सद हुँदैन। ६ महिनाका लागि करारमा कर्मचारी राख्ने गरिएको छ। तर पछिल्लो समय ६ महिनाका लागि मात्र काम गर्न कामदार भेटिन छाडेको केन्द्रले जनाएको छ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३६ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस