अस्तव्यस्त तिलाठी कोइलाडी
१४ कार्तिक २०७६
•
११ मिनेट पाठ
अस्तव्यस्त तिलाठी कोइलाडी
तिलाठी(सप्तरी) – चालू आर्थिक वर्ष २०७६/७७को चौथो महिना प्रगतिमा रहँदासमेत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको खाता सञ्चालनसमेत हुन सकेको छैन। आफूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत नआएकाले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिको उदासीनताका कारण खाता सञ्चालन हुन नसकेको हो।




गाउँपालिकाको खाता सञ्चालन नहुँदा गाउँपालिका मातहतका झन्डै २ सय कर्मचारी असारयता आफ्नो तलब सुविधाबाट समेत वञ्चित भएका छन् भने करिब तीन हजार जति लाभाग्राहीको सामाजिक सुरक्षाभत्तासमेत रोकिएको अवस्था छ। यता कार्यालय सञ्चालनमा पनि निकै कठिनाइ आउन थालेको कर्मचारीको गुनासो छ।

गत भदौ ८ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजीवकुमार झा आएयता गाउँपालिकाको नयाँ खाता सञ्चालन हुन सकेको छैन। स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी प्रावधानअनुसार गाउँ कार्यपालिकाको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको नाममा संयुक्त खाता सञ्चालन गरी आर्थिक कारोबार गर्ने व्यवस्था रहेको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत आफूहरूको अनुकूल नरहेको भन्दै गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिले उदासीनता राखेका कारण तिलाठी कोइलाडी गाउँपालिकाको खाता भने सञ्चालन हुन सकेको छैन।

नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजीव झाका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमा आफूले नयाँ खाता सञ्चालनका लागि कानुनबमोजिमको प्रक्रिया अगाडि बढाए पनि गाउँ कार्यपालिकाको सिफारिस नदिइएका कारण खाता सञ्चालन हुन सकेको अवस्था छैन।

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

खाता सञ्चालन नहुँदा गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा पशुलगायतका कार्यालयका कर्मचारी, गाउँपालिका मातहत विभिन्न दातृ निकायद्वारा सञ्चालित कार्यक्रमअन्तर्गतका कर्मचारीलगायततलब सुविधा असारयता ठप्प नै रहेको छ। दसैं, तिहार, छठजस्ता पर्वमा पनि तलब पाउन नसकेपछि झन्डै २ सय जति कर्मचारी मर्कामा परेको प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरणलगायत सम्पूर्ण आर्थिक गतिविधि नै ठप्प हुने अवस्था पुगेको झा बताउँछन्। ‘कर्मचारीले तलब पाएको छैन, चाडपर्वमा पनि रित्तो हात काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तलब नपाएर कर्मचारीहरूको दैनिक जनजीवन नै प्रभावित हुनुका साथै उनीहरूको मनोबल पनि कमजोर हुन पुगेको अवस्था छ, यता कार्यालय सञ्चालनका निम्ति पनि निकै चुनौती थपिएको छ।’ झाले भने, ‘प्रिन्टरको टोनर फेर्नेदेखि ब्याट्री र इन्भर्टर मर्मत जस्ता सामान्य काम पनि गर्न सकिएको छैन।’

चालू आवको प्रथम चौमासिकमा सामाजिक सुरक्षाभत्ता बाँड्न पनि नसकिएको तिलाठी कोइलाडी गाउँपालिकाको लेखा शाखाले जनाएको छ। लेखाका अनुसार गत आवको अन्तिम किस्ताबापतको सामाजिक सुरक्षाभत्ता बाँडेयता कुनै पनि काम गर्न सकिएको छैन। यस गाउँपालिकामा करिब दुई हजार ५ सय बढी लाभग्राहीले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन्।

करार कर्मचारीको झनै बिजोग

गाउँपालिकामा उत्पन्न विवाद तथा कानुनी संकटका कारण एकातिर कर्मचारीले चार महिनादेखि तलब पाउन सकेका छैनन् भने अर्कोतिर करारमा रहेका कर्मचारीको भविष्य नै संकटमा परेको अवस्था छ। गाउँपालिकाका कार्यालयमा हाल विभिन्न काममा समेत गरी ४७ जना करारका कर्मचारी कार्यरत छन्। ती कर्मचारीको असारयता म्यादसमेत थप गरिएको छैन। यता नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि ती कर्मचारीको म्याद थप नरहेको भन्दै उनीहरूलाई म्याद थप भएको आधारमा मात्रै हाजिरी गर्न निर्देशन दिइएपछि ती कर्मचारीको बिजोग भएको छ।

बुधबार मात्रै करार कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई सामूहिक ज्ञापनपत्र बुझाउँदै आफूहरूको म्याद थप गर्नुपर्ने माग दोहो¥याएका छन्। सो पत्रमा असार अन्तिम सातादेखि साउन अन्त्यसम्म पटकपटक आएको बाढीका कारण गाउँपालिकाको कामकाज ठप्प रहेको, सोही बीच तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार झाको बुवाको निधन भएको तथा त्यसयता नयाँ प्रमुख प्रशसकीय अधिकृत र जनप्रतिनिधिबीच द्वन्द्वपूर्ण अवस्थाका कारण आफूहरूको म्याद थप हुन नसकेकाले म्याद थप गरिनुपर्ने माग अघि सारिएको छ। २०७४ चैतदेखि मुलुक संघीय संरचनामा गएपछि विभिन्न कार्यालय तथा निकायबाट समायोजन एवं गाउँपालिकाद्वारा कानुनसम्मत तरिकाले नियुक्ति पाएका कारण आफूहरूको म्याद थप गरिनुपर्ने उनीहरूको माग छ।

‘जनप्रतिनिधिको उदासीनताले काम गर्न कठिन’

अध्यक्ष तथा जनप्रतिनिधिको उदासीनताका कारण आफू आएदेखि नियमित कामकाज गर्न नपाएको प्रमुख प्रशासकीय अधिकृत राजीवकुमार झाको गुनासो छ। ‘कार्यालयमा हाजिर भएलगत्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झासँग कानुनबमोजिम बरबुझारथका लागि पत्राचार गरे पनि उनले प्रयोग गर्ने एनटिसीको सिमबाहेक केही पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतले मलाई गराएका लिखित जानकारीअनुसार उहाँअघिका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले समेत उहाँलाई बरबुझारथ गर्नुभएको रहेनछ, तथा गाउँसभाको निर्णयलगायत सम्पूर्ण कागजातसमेत अध्यक्षज्यूसँग रहेको उहाँको भनाइ छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४(ज) बमोजिम गाउँसभाको निर्णयलगायत कार्यालय सञ्चालनका सम्पूर्ण कागजात प्रमुख प्रशासकीय अधिकृतसँग हुनुपर्ने प्रावधान रहेको छ।

गत असार १२ गते नै तिलाठी कोइलाडी गाउँपालिकाको गाउँसभा सम्पन्न भए पनि हालसम्म तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा हाल रहेका प्रमुख प्रशासकीय अधिकृतसँग सो जानकारी नहुनु कानुनविपरीत भएको जानकारहरूको बुझाइ छ। कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालू आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान रहेको छ। तर गाउँपालिका अध्यक्षले अख्तियारी नदिँदा गाउँपालिकाको सम्पूर्ण आर्थिक गतिविधि अस्तव्यस्त हुन पुगेको हो।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय नभएकाले नियतवश कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढाउने काम मात्रै गरिरहेको आरोप लगाउँछन्। ‘प्रमुख प्रशासकीय अधिकृतलाई फेरिनुपर्ने हाम्रो मुख्य माग हो, यसबारे हामीले सम्माननीय प्रधानमन्त्रीलगायतलाई आग्रहसहित पत्राचार गरेका छौं,’ अध्यक्ष सिंहले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि खाता सञ्चालन गरेर कर्मचारीलाई तलब खुवाउनेछांै, यसबाहेक अरू कुनै विकल्प तत्काल देखिँदैन।’
अर्को समाचार
अस्तव्यस्त तिलाठी कोइलाडी
२७ कार्तिक २०७६
•
१० मिनेट पाठ
अस्तव्यस्त तिलाठी कोइलाडी
तिलाठी – चालू आर्थिक वर्ष २०७६/७७को चौथो महिना प्रगतिमा रहँदासमेत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको खाता सञ्चालनसमेत हुन सकेको छैन। आफूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत नआएकाले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिको उदासीनताका कारण खाता सञ्चालन हुन नसकेको हो।




गाउँपालिकाको खाता सञ्चालन नहुँदा गाउँपालिका मातहतका झन्डै २ सय कर्मचारी असारयता आफ्नो तलब सुविधाबाट समेत वञ्चित भएका छन् भने करिब तीन हजार जति लाभाग्राहीको सामाजिक सुरक्षाभत्तासमेत रोकिएको अवस्था छ। कार्यालय सञ्चालनमा पनि निकै कठिनाइ आउन थालेको कर्मचारीको गुनासो छ।

भदौ ८ गते नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजीवकुमार झा आएयता गाउँपालिकाको नयाँ खाता सञ्चालन हुन सकेको छैन। स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी प्रावधानअनुसार गाउँ कार्यपालिकाको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको नाममा संयुक्त खाता सञ्चालन गरी आर्थिक कारोबार गर्ने व्यवस्था छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत आफूहरूको अनुकूल नरहेको भन्दै गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिले उदासीनता राखेका कारण तिलाठी कोइलाडी गाउँपालिकाको खाता भने सञ्चालन हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत झाका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमा उनले नयाँ खाता सञ्चालनका लागि कानुनबमोजिम प्रक्रिया अगाडि बढाए पनि गाउँ कार्यपालिकाको सिफारिस नभएका कारण खाता सञ्चालन हुन नसकेको हो।

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

खाता सञ्चालन नहुँदा गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा पशुलगायतका कार्यालयका कर्मचारी, गाउँपालिका मातहत विभिन्न दातृ निकायद्वारा सञ्चालित कार्यक्रमअन्तर्गतका कर्मचारीलगायततलब सुविधा असारयता ठप्प नै रहेको छ। दसैं, तिहार, छठजस्ता पर्वमा पनि तलब पाउन नसकेपछि झन्डै २ सय जति कर्मचारी मर्कामा परेको प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरणलगायत सम्पूर्ण आर्थिक गतिविधि नै ठप्प हुने अवस्था पुगेको झा बताउँछन्। ‘कर्मचारीले तलब पाएको छैन, चाडपर्वमा पनि रित्तो हात काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तलब नपाएर कर्मचारीहरूको दैनिक जनजीवन नै प्रभावित हुनुका साथै उनीहरूको मनोबल पनि कमजोर हुन पुगेको अवस्था छ, यता कार्यालय सञ्चालनका निम्ति पनि निकै चुनौती थपिएको छ।’ झाले भने, ‘प्रिन्टरको टोनर फेर्नेदेखि ब्याट्री र इन्भर्टर मर्मत जस्ता सामान्य काम पनि गर्न सकिएको छैन।’

चालू आवको प्रथम चौमासिकमा सामाजिक सुरक्षाभत्ता बाँड्न पनि नसकिएको तिलाठी कोइलाडी गाउँपालिकाको लेखा शाखाले जनाएको छ। लेखाका अनुसार गत आवको अन्तिम किस्ताबापतको सामाजिक सुरक्षाभत्ता बाँडेयता कुनै पनि काम गर्न सकिएको छैन। यस गाउँपालिकामा करिब दुई हजार ५ सय बढी लाभग्राहीले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन्।

करार कर्मचारीको झनै बिजोग

गाउँपालिकामा उत्पन्न विवाद तथा कानुनी संकटका कारण एकातिर कर्मचारीले चार महिनादेखि तलब पाउन सकेका छैनन् भने अर्कोतिर करारमा रहेका कर्मचारीको भविष्य नै संकटमा परेको अवस्था छ। गाउँपालिकाका कार्यालयमा हाल विभिन्न काममा समेत गरी ४७ जना करारका कर्मचारी कार्यरत छन्। ती कर्मचारीको असारयता म्यादसमेत थप गरिएको छैन। यता नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि ती कर्मचारीको म्याद थप नरहेको भन्दै उनीहरूलाई म्याद थप भएको आधारमा मात्रै हाजिरी गर्न निर्देशन दिइएपछि ती कर्मचारीको बिजोग भएको छ।

बुधबार मात्रै करार कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई सामूहिक ज्ञापनपत्र बुझाउँदै आफूहरूको म्याद थप गर्नुपर्ने माग दोहो¥याएका छन्। सो पत्रमा असार अन्तिम सातादेखि साउन अन्त्यसम्म पटकपटक आएको बाढीका कारण गाउँपालिकाको कामकाज ठप्प रहेको, सोही बीच तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार झाको बुवाको निधन भएको तथा त्यसयता नयाँ प्रमुख प्रशसकीय अधिकृत र जनप्रतिनिधिबीच द्वन्द्वपूर्ण अवस्थाका कारण आफूहरूको म्याद थप हुन नसकेकाले म्याद थप गरिनुपर्ने माग अघि सारिएको छ। २०७४ चैतदेखि मुलुक संघीय संरचनामा गएपछि विभिन्न कार्यालय तथा निकायबाट समायोजन एवं गाउँपालिकाद्वारा कानुनसम्मत तरिकाले नियुक्ति पाएका कारण आफूहरूको म्याद थप गरिनुपर्ने उनीहरूको माग छ।

‘जनप्रतिनिधिको उदासीनताले काम गर्न कठिन’

अध्यक्ष तथा जनप्रतिनिधिको उदासीनताका कारण आफू आएदेखि नियमित कामकाज गर्न नपाएको प्रमुख प्रशासकीय अधिकृत राजीवकुमार झाको गुनासो छ। ‘कार्यालयमा हाजिर भएलगत्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झासँग कानुनबमोजिम बरबुझारथका लागि पत्राचार गरे पनि उनले प्रयोग गर्ने एनटिसीको सिमबाहेक केही पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतले मलाई गराएका लिखित जानकारीअनुसार उहाँअघिका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले समेत उहाँलाई बरबुझारथ गर्नुभएको रहेनछ, तथा गाउँसभाको निर्णयलगायत सम्पूर्ण कागजातसमेत अध्यक्षज्यूसँग रहेको उहाँको भनाइ छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४(ज) बमोजिम गाउँसभाको निर्णयलगायत कार्यालय सञ्चालनका सम्पूर्ण कागजात प्रमुख प्रशासकीय अधिकृतसँग हुनुपर्ने प्रावधान रहेको छ।

गत असार १२ गते नै तिलाठी कोइलाडी गाउँपालिकाको गाउँसभा सम्पन्न भए पनि हालसम्म तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा हाल रहेका प्रमुख प्रशासकीय अधिकृतसँग सो जानकारी नहुनु कानुनविपरीत भएको जानकारहरूको बुझाइ छ। कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालू आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान रहेको छ। तर गाउँपालिका अध्यक्षले अख्तियारी नदिँदा गाउँपालिकाको सम्पूर्ण आर्थिक गतिविधि अस्तव्यस्त हुन पुगेको हो।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय नभएकाले नियतवश कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढाउने काम मात्रै गरिरहेको आरोप लगाउँछन्। ‘प्रमुख प्रशासकीय अधिकृतलाई फेरिनुपर्ने हाम्रो मुख्य माग हो, यसबारे हामीले सम्माननीय प्रधानमन्त्रीलगायतलाई आग्रहसहित पत्राचार गरेका छौं,’ अध्यक्ष सिंहले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि खाता सञ्चालन गरेर कर्मचारीलाई तलब खुवाउनेछाैं, यसबाहेक अरू कुनै विकल्प तत्काल देखिँदैन।’
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस