सूर्याेदयको कृषिमा राजदूतको चासो
१० कार्तिक २०७६
•
७ मिनेट पाठ
सूर्याेदयको कृषिमा राजदूतको चासो
इलामको सूर्याेदय नगरपालिकामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवान, युएईका राजदूत साहिद हादान अल नाक्वी र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईलगायत। तस्बिर : भीम/नागरिक
इलाम – नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्। कृषिमा अग्रणी सूर्याेदय नगरपालिका आएका राजदूतद्वयले आफ्नो देशमा यहाँको चिया, अलैंची र अदुवाको बजार बढाउन पहल गर्ने बताएका हुन्।




नेपालका लागि साउदीका राजदूत मुसैदविन सुलेइमन आइ मारवान र युएईका राजदूत साहिद हम्दान अल नाक्वीले देशको कृषि उत्पादनका लागिसमेत सघाउन आफ्नो देश इच्छुक रहेको बताए। राजदूत साहिदले युएईले नेपाललाई पहिलो चरणमा करिब अढाई अर्ब र दोस्रो चरणमा ६ अर्ब रुपैयाँको आर्थिक सहायता गर्ने योजना बनाएको बताए। ‘यो सहायता कृषिका लागि पनि हुनेछ र सूर्याेदय नगरपालिका लगानीका लागि उपयुक्त ठानेका छौं,’ उनले भने, ‘गत वर्षहरूमा पनि युएईले नेपाललाई विभिन्न क्षेत्रमा आर्थिक सहायता गरेको छ।’

राजदूत साहिदले नेपालको कृषि उत्पादनले युएईमा राम्रो बजार पाउने र त्यहाँका व्यापारी नेपालमा लगानी गर्न इच्छुक रहेको पनि बताए। ‘अहिले नेपालका उत्पादन हाम्रो देशमा भारतको ब्रान्डमा गइरहेका छन्,’ उनले भने, ‘हामी नेपाललाई व्यापारका माध्यमबाट विश्वभर चिनाउन चाहन्छौं।’ उनले युएईमा नेपालका दुई सय हाराहारी व्यापारी–व्यवसायी रहेको तथ्यांक पनि सुनाए। ‘हाम्रा व्यापारी नेपालमा लगानीको अवसर हेरिरहेका छन् तर दोहोरो करप्रणाली र यहाँको कानुनबारे हामीलाई जानकारी छैन,’ राजदूत साहिदले भने, ‘सरकार र निजी क्षेत्रले लगानीको वातावरण बनाउन सघाउनुपर्छ।’

उनले नेपाल र युएईको व्यापार तथा लगानी प्रवद्र्धनका लागि प्रधानमन्त्रीस्तरको भ्रमण आवश्यक रहेको बताए। ‘नेपालका प्रधानमन्त्रीले हाम्रो देश भ्रमण गरून्, उद्योग वाणिज्य क्षेत्रले पनि दुवै देशमा लगानी बढाउन प्रयास गरोस्,’ उनले भने, ‘प्रधानमन्त्रीले भ्रमण गरी दुई देशबीच व्यापारको सुनिश्चितता गरेमात्र लगानीका लागि ढोका खुल्छ।’

राजदूत मारवानले चाहिँ नेपालको कृषि र पर्यटन क्षेत्रमा साउदीले लगानी गर्न चाहेको बताए। उनले नेपाल र साउदीको धर्म–संस्कृतिको सम्बन्धबारे पनि लामो सम्बन्ध रहेको जनाए। ‘हामी नेपालका लागि करिब आठ अर्ब रुपैयाँको सहयोग गर्न चाहन्छौं, त्यसले यहाँको पर्यटन र कृषि क्षेत्रमा सहायता पुग्छ,’ उनले भने, ‘नेपालमा लगानीको सम्भावना अध्ययन हुँदैछ, त्यहीक्रममा सूर्याेदय नगरपालिका आएका हौं।’ उनले साउदीले अहिले पनि नेपालको जलविद्युत् परियोजनामा सहयोग गरेको बताए। ‘नेपाल र साउदीबीच लामो सम्बन्ध छ, हाम्रो देशमा डेढ सय नेपाली व्यापारी–व्यवसायी छन्,’ उनले भने, ‘नेपालबाट बर्सेनि दुई हजार पाँच सय हाराहारी धर्मावलम्बी हाम्रो देशको भ्रमणमा जान्छन्।’ उनले साउदीले लगानी र व्यापारका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको पनि सुनाए।

यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युएई र साउदी अरेबियाले इलामको कृषि क्षेत्रको बजार प्रवद्र्धनमा इच्छा व्यक्त गरेको बताए। ‘यी दुई देशसँग नेपालको ऐतिहासिक सम्बन्ध छ, दुवै देशको लगानी लगानीका सम्भावनालाई हाम्रो फराकिलो पार्नुपर्छ,’ उनले भने, ‘लगानीका क्षेत्र पहिल्याउने, त्यसको वातावरण बनाउने विषयमा हामी गम्भीर बन्नुपर्छ।’ उनले इलामको अलैंची, अदुवा र चियामा लगानी आवश्यक रहेको भन्दै यी कृषिउपजले यहाँको समृद्धिमा सघाउने पनि बताए। ‘युएई र साउदी इलामको कृषिउपजका लागि बजारको उच्च सम्भावना भएका देश हुन्,’ राजदूतद्वयलाई इलाम ल्याउन पहल गरेका खनालले भने, ‘चियाको व्यापारको सम्भावना ती देशमा अत्यन्त राम्रो देखिन्छ।’

राजदूतहरूले यहाँको तयारी चिया आफ्नो देशमै लगेर त्यहींको ब्रान्डमा विक्री गर्न सकिने उपायसमेत बताएका थिए। तर, सूर्याेदय नगरपालिकाले यहाँको चिया नेपालकै ब्रान्डमा मात्र बिक्री गर्न सकिने जनाएको छ। नगरपालिकाका मेयर रणबहादुर राईले सूर्याेदय नगरको तयारी चिया यहींको पहिचानमा विक्री गर्नुपर्ने बताए। ‘यहाँको तयारी चियालाई अन्य देशको ब्रान्डमा नबेच्ने चाहिँ हामीले स्पष्ट धारणा व्यक्त गरेका छौं,’ उनले भने, ‘यहाँको उत्पादनमा यहींको परिचय खुलोस् भन्ने हो।’

जिल्लामा सबैभन्दा बढी चिया उत्पादन हुने सूर्याेदय नगरपालिकामा अलैंची, दूध, कृषिउपज पनि धेरै छन्। पर्यटकीय नगरी घोषणा भइसकेको यो नगरपालिकाले तीन वर्षमा अर्गानिक नगर घोषणा गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा काम गरिरहेको छ। ‘हामीले लक्ष्य प्राप्तिका लागि सबैभन्दा बढी बजेट पनि कृषि क्षेत्रमै विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ मेयर राईले भने।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३० मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस