शौचालय नहुँदा पर्यटक दिक्क
१७ असोज २०७६
•
१० मिनेट पाठ
शौचालय नहुँदा पर्यटक दिक्क
पोखरा – पर्यटकीय क्षेत्र लेकसाइडको मूल सडकसँगै जोडिएको छ– लेकभ्यू रिसोर्ट। मूल सडक भएकाले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर निकै चलिरहन्छ। तर, पैदल हिँडिरहेका कतिपय पाहुना बेलाबेला हतारिँदै रिसोर्टतिर छिर्छन्। हतारिँदै रिसोर्ट छिरेका सबै पाहुना खानपिनका लागि गएका हुँदैनन्, उनीहरुको एकमात्र उद्देश्य शौच गर्नु हुन्छ।




‘सडकमा हिँडिरहेका पाहुना आत्तिँदै रिसोर्ट छिर्छन् अनि शौचालय जान मिल्छ भनेर सोध्छन्,’ रिसोर्टका एक कर्मचारीले भने, ‘हामीले उनीहरुको मर्का बुझ्छौं, अनि शौचालय बताइदिन्छौं।’ सडकमा सार्वजनिक शौचालय नभएपछि पाहुना शौच गर्नकै लागि सडक छेउका होटल, रेस्टुरेन्ट छिर्न बाध्य भएको उनले बताए। शौच गर्नका लागि रिसोर्ट छिरेका पाहुनामध्ये कतिपयले रेस्टुरेन्टमा केही खाएर पनि फर्किन्छन्, कतिपय भने ‘धन्यवाद’ दिएर निस्कने गरेको ती कर्मचारीले सुनाए।

‘हामीले पाहुनाको त्यो बाध्यतालाई सहजै लिन्छौं,’ उनले भने, ‘अप्ठेरो परेका बेला शौचालयमा आउनु कुनै नौलो होइन। सडकमा पर्याप्त सार्वजनिक शौचालय भएको भए ती पाहुना पक्कै रिसोर्ट आउनुको साटो सार्वजनिक शौचालयमै जान्थे। तर, सार्वजनिक ठाउँमा कतै शौचालय छैनन्।’ मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सार्वजनिक शौचालय नहुँदा यो समस्या पाहुनाले खेप्ने गरेको उनले सुनाए।

पर्यटकीय क्षेत्र लेकसाइडको सहीदचोकदेखि खहरेसम्मका झन्डै साढे तीन किलोमिटर दूरी छ। त्यसबाहेक भित्री गल्ली पनि पर्याप्त छन्। तर, एकाधबाहेक लेकसाइडको मूल र भित्री सडकमा पर्याप्त सार्वजनिक शौचालय छैनन्। बनेका शौचालय पनि पाहुनाले हत्तपत्ति देख्न सक्दैनन्। शौचालय बताइदिने संकेत बोर्ड पनि कतै छैनन्। त्यही कारण सडकमा हिँडिरहेका पाहुना शौच गर्नका लागि सडक छेउका होटल, रेस्टुरेन्ट, रिसोर्ट पस्नुको विकल्प छैन। पोखरा महानगरले महिनौअघि लेकसाइडसहित मान्छेको बढी आउजाउ हुने क्षेत्रमा सार्वजनिक शौचालय बनाउने योजना बनाए पनि ती पूर्वाधार अझै तयार भएका छैनन्। एकाध शौचालय बनेपनि धेरै अलपत्र छन्।

‘हामीले पाहुनाको त्यो बाध्यतालाई सहजै लिन्छौं,’ उनले भने, ‘अप्ठेरो परेका बेला शौचालयमा आउनु कुनै नौलो होइन। सडकमा पर्याप्त सार्वजनिक शौचालय भएको भए ती पाहुना पक्कै रिसोर्ट आउनुको साटो सार्वजनिक शौचालयमै जान्थे।

सरकारले हालै दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ। आठ वर्षअघि कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। तर, खुला दिसामुक्त जिल्ला र राष्ट्र घोषणा गरिसक्दा पर्यटकीय सहरको शौचालय समस्या भने ज्यूँ का त्यूँ रहेको स्थानीयको भनाइ छ। ‘वर्षमा लाखौं विदेशी पाहुना पोखरा घुम्न आउँछन्, तर, ती पाहुनाले प्रयोग गर्न मिल्ने आवश्यक शौचालय कतै छैन,’ लेकसाइडको ब्ल्याक एन्ड ह्वाइट रेस्टुरेन्टका सञ्चालक दील गौतमले भने, ‘शौचालयको समस्या भनिनसक्नु छ। धेरै नै पाहुना शौचालय प्रयोग गर्नका लागि रेस्टुरेन्ट प्रवेश गर्छन्। शौचको समस्या खपिनसक्नु भएपछि पाहुना रेस्टुरेन्ट, होटलका शौचालय प्रयोग गर्न आउँछन्।’

पोखरामा बर्सेनि चार लाख हाराहारीमा विदेशी पाहुना आउँछन्। झन्डै त्यत्तिकै संख्यामा आन्तरिक पाहुना पनि आउने अनुमान छ। तर, ती पाहुनाका लागि आवश्यक पर्ने सार्वजनिक शौचालय लेकसाइड क्षेत्रमा नरहेको उनले बताए। ‘हामीले शौचालयको सुविधा दिन सकेका छैनांै, अरु कुरा नगर्दा नै हुन्छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी) का महासचिवसमेत रहेको गौतमले भने, ‘हामीले पनि यो समस्या भोगेका हुन्छौं। शौचालयको समस्या जो कोहीलाई पर्न सक्छ।’ २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने तयारी गरिरहँदा सार्वजनिक शौचालयको यो समस्यालाई कमजोर आँक्न नहुने उनले बताए। ‘शौचालय मात्र होइन, यहाँ पानी पर्दा ओत लाग्ने ठाउँ पनि कतै छैन,’ गौतमले भने।

व्यवसायीका अनुभवमा शौचालय प्रयोग गर्नका लागि रेस्टुरेन्ट छिरेका कतिपय पाहुना खानपिन समेत गर्छन्। केहीले चिया कफी पिउँछन्। केहीले पानी किन्ने निहुँमा शौचालय प्रयोग गरेर हिँड्छन्। कतिपय पाहुना भने ‘मेनु’ हेरेर फर्किन्छन्। ‘यत्तिकै शौचालय प्रयोेग गर्न अप्ठेरो मानेर होला, कुनै न कुनै निहुँमा विदेशी रेस्टुरेन्ट छिर्छन्, कतिपयले खान्छन्, केही मेनु हेरेर फर्किन्छन्,’ गौतमले भने, ‘हामीले त्यो बेला व्यापार मात्र हेर्दैनौ। पाहुनालाई सेवा पनि दिन्छौं।’

लेकसाइडमा आउजाउ गर्ने पर्यटकको सुविधाका लागि मोबाइल ट्वाइलेट बनाउन बारम्बार आग्रह गरेको भए पनि सुनुवाइ नभएको उनले बताए। ‘हामीले पोखरा महानगरपालिकालाई बारम्बार शौचालय आवश्यक रहेको जानकारी गराएका हौं, तर, महानगरले यो सुनुवाइ नै गरेको छैन,’ उनले भने, ‘आधारभूत सामान्य सुविधा पनि हामीले पर्यटकलाई दिन सकेनौं भने यसबाट पर्यटनमा सकारात्मक प्रभाव पर्दैैन।’ खुला दिसामुक्त राष्ट्र र जिल्लामा शौचालय अभावमा पाहुनाले दुख पाउनुपर्ने अवस्थालाई सामान्य मान्न नहुने उनले बताए।

सार्वजनिक स्थानमा शौचालय नभएको भन्ने सर्वत्र गुनासोपछि पोखरा महानगरपालिकाले विभिन्न आठवटा ठाउँमा सुविधासम्पन्न शौचालय बनाउने निर्णय गर्दै गत फागुनमा टेन्डरसमेत आह्वान गरेको थियो। पोखराको हरिचोक, मालपोत कार्यालय नजिकै, राष्ट्रबैंकचोक, हल्लनचोक, हेम्जाको मिलनचोक, दोबिल्लालगायत ठाउँमा शौचालय बनाउने महानगरको योजना रहे पनि जग्गा अभावले कतिपय ठाउँमा बनाउन नसकेको महानगरका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। उनका अनुसार बाराहीघाटमा शौचालय बनेको छ। तर, हल्लनचोकमा विवादले रोकिएको छ। त्यस्तै मालपोत कार्यलयनजिक पनि शौचालय बनिसकेको छ। तर, हरिचोकमा बनाउन सकिएको छैन।

‘मान्छेको बढी भीडभाड हुने ठाउँमा शौचालय आवश्यक छ। तर, सबै ठाउँमा एकैपटक शौचालय बनाउन सकिएन,’ सुवेदीले भने, ‘लेकसाइडमा शौचालय अभाव भएको हामीले महसुस गरेकै हो। तर, ठाउँ अभावले पनि रोकिएको हो।’ उनका अनुसार बसुन्धरा पार्कभित्रको शौचालय पनि अहिले प्रयोगमा छ। त्यस्तै रत्नमन्दिर आडमा पनि शौचालय बनाउने योजना महानगरले बनाएको सुवेदीले बताए।

‘अहिले सञ्चालनमा रहेका शौचालयले लेकसाइड मात्र नभई अन्यत्र पनि पुगेको छैन। मान्छेको बढी भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालय आवश्यक हो,’ उनले भने, ‘आगामी वर्ष लेकसाइड र अन्यत्र केही शौचालय थपिनेछन्।’ स्थायी रुपमा शौचालय बनाउन सक्ने अवस्था नरहे मोबाइल ट्वाइलेट भए पनि बनाएर कामचलाउ गराउने उनले बताए।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
२५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस