पहिलो चरणमा नर्सिङ केयरगिभर
०३ असोज २०७६
•
६ मिनेट पाठ
पहिलो चरणमा नर्सिङ केयरगिभर
काठमाडौं – जापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभर जान पाउने भएका छन्। १४ क्षेत्रका लागि कामदार लैजाने निर्णण गरेको जापानले पहिलो चरणमा नर्सिङ केयरगिभर लैजाने तयारी गरेको हो।




नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार नेपाल जापानका रोजगारदाताका लागि श्रमिक आपूर्ति गर्ने सूचीमा परेको हो। जापानले आउँदो पाँच वर्षसम्म सूचीकृत नौ मुलुकबाट करिब साढे तीन लाख श्रमिक लैजाने घोषणा गरेको छ। नेपालबाट कति लैजाने भन्नेबारे निर्णय नभएको बताइएको  छ।

नेपालबाट नर्सिङ केयर जापान पठाउन जापान फाउन्डेसनले काम गरिरहेको मन्त्रालयका उपसचिव दीपक ढकालले बताए। ‘श्रमिक जापान पठाउने काममा मन्त्रालयको खासै भूमिका छैन,’ उनले भने, ‘सबै काम जापान फाउण्डेसनले गर्ने हो।’

जापानको मन्त्रिमण्डलले नेपाललाई श्रमिक आपूर्तिकर्ताको सूचीमा समावेश गरेपछि गत चैत ११ मा नेपाल र जापानबीच शून्य लागतमा कामदार पठाउने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा केयरगिभरका लागि नर्सिङ केयर लैजान परीक्षा हुन थालेको हो। जसका लागि महिला र पुरुषले प्रतिस्पर्धा गर्न पाउनेछन्।

परीक्षाको मिति तय गरिए पनि संख्या भने यकिन गरिएको छैन। मन्त्रालय स्रोतका अनुसार पहिलोपटक एक हजार हाराहारीमा नर्सिङ केयर जापान जान सक्छन्। नर्सिङ केयरगिभरमा जान चाहनेले जापानी भाषा र सीप मूल्यांकन परीक्षा दिनुपर्छ। नर्सिङ केयरगिभरका लागि शैक्षिक योग्यता भने तोकिएको छैन। छनोटमा पर्न ६० मिनेटको सीप परीक्षा र ४५  प्रश्नमा उत्तीर्ण हुनुपर्छ। परीक्षा कम्प्युटरबाट लिने तयारी छ।

नर्सिङ केयरगिभरका लागि शैक्षिक योग्यता भने तोकिएको छैन। छनोटमा पर्न ६० मिनेटको सीप परीक्षा र ४५ प्रश्नमा उत्तीर्ण हुनुपर्छ।  

नेपालले लामो समयदेखि युवालाई रोजगारीका लागि जापान पठाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन। जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने सूचीमा समावेश गरेपछि जापान रोजगारीको ढोका खुलेको हो।

पारिश्रमिक र बसाइको दृष्टिकोणले जापान रोजगारी निकै आकर्षक मानिन्छ। हाल सरकारले श्रम स्वीकृतिका लागि खुला गरेका विश्वका एक सय आठ (दुई बन्द) मुलुकमध्ये जापान रोजगारी सबभन्दा राम्रो हुने बुझाइ छ।

सरकारले राम्रा गन्तव्य खोल्न नसक्दा वैदेशिक रोजगारीमा जाने करिब ९५ प्रतिशत युवा खाडी मुलुक र मलेसिया जान बाध्य छन्। पछिल्ला १६ महिना मन्त्रालयले मलेसिया बन्द गर्दा अधिकांश युवा खाडी मुलुक जान बाध्य भए। अघिल्लो सातादेखि मलेसिया सुरु गरिएको छ।

अहिले युवाको प्राथमिकतामा परेका गन्तव्यमा दक्षिण कोरिया र इजरायल हुन्। तर ती दुवै गन्तव्यमा जान सजिलो छैन। कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। भाषा परीक्षामा हजारौं प्रतिस्पर्धी हुन्छन्।

त्यस्तै, इजरायल रोजगारी सरकारको समन्वय अभावमा अलमल परिरहेको छ। इजरायले नेपालबाट केयरगिभर लैजान खोजे पनि एक वर्षयता बन्द गरिएको छ। वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं बन्द भएको इजरायल खुलाउन कुनै प्रगति नभएको बताउँछन्। तीन वर्षअघि इजरायलले नेपालबाट तीन सय केयरगिभर लैजान प्रक्रिया सुरु गरेको थियो। दुई चरणमा ९५ जना पठाइसकेपछि पठाउन रोकिएको छ।

राम्रा गन्तव्यमा कामदार पठाउने माहोल बन्न नसक्दा वर्षौंदेखि राज्यले ठूलो सम्भाव्य रेमिटेन्स गुमाइरहेको छ। आर्थिक वर्ष ०७५÷७६ मा करिब पाँच लाख युवा वैदेशिक रोजगारीमा जाँदा आठ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। हाल वैदेशिक रोजगारीमा गइरहेका युवा संख्याको आधारमा रेमिटेन्स बढी हुनुपर्ने धेरैको भनाइ छ। खाडी मुलुक जाने युवाको  औसत मासिक पारिश्रमिक ३० हजार रुपैयाँ हुने गर्छ।
अर्को समाचार
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। 




भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ। उत्पादित बस्तु बजारसम्म पुर्‍याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए। 

उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ। 

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस