किसानमा आश जगाउँदै किबी
१६ भदौ २०७६
•
११ मिनेट पाठ
किसानमा आश जगाउँदै किबी
इलामको सुलुबुङमा गत वर्ष आफूले उत्पादन गरेको किबी फल देखाउँदै किसान तारामणि खतिवडा।तस्बिर : भीम/नागरिक
इलाम – मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ। परियोजनाबाट तालिम तथा उपकरण पाएपछि पनि किसानको खेती सुध्रिएको हो। उत्पादनमा सुधार भएसँगै किबीको गुणस्तर र मूल्य पनि यो वर्ष बढ्नसक्ने व्यवसायीले जनाए।




जिल्लामै किबी खेती सुरु गरिएको सुलुबुङ गाउँमा यो वर्ष जिल्लामै सबैभन्दा राम्रो उत्पादन छ। गतवर्षभन्दा यो वर्ष उत्पादन वृद्धि हुने भएपछि किसान हर्षित छन्। पोहोर करिब ७ हजार किलो किबी उत्पादन भएको स्थानीय किसान तारामणि खतिवडाको बगानमा यो वर्ष १० हजार किलो हाराहारी उत्पादन पुग्ने अनुमान छ। खतिवडाको हेस्टी किबी प्रालिले ६ सय बोट किबी लगाएको छ। ‘हावापानीले साथ दिएकाले यो वर्ष किबी उत्पादन बढ्छ,’ जिल्लामै पहिलोपटक किबी खेती गरेका खतिवडाले सुनाए, ‘मेरो मात्र होइन, गाउँका सबै किसानको बगानमा अहिले पोहोरभन्दा किबी उत्पादन राम्रो छ।’ उनले सुलुबुङका करिब ५० परिवारले व्यावसायिक रूपमा किबी खेती गरिरहेको पनि सुनाए।

किबी टिप्ने सिजन कात्तिकपछि हो। तर, रेड किबी चाहिँ टिप्ने बेला भएको किसान खतिवडाले बताए। ‘पोहोर पाँच सय किलोजति भएको भएको रेड किबी यो वर्ष दोब्बर हुने सम्भावना छ,’ उनले प्रालिको उत्पादन सुनाए, ‘रेडक किबी अरू किबीभन्दा छिटो पाक्छ, अब बजारमा आउन थालिसक्यो।’ हिउँदमा असिना नपरेका कारण किबीलाई यो वर्ष हावापानीले साथ दिएको उनको भनाइ छ। ‘सुलुबुङमा त उत्पादन राम्रै छ, अन्य गाउँमा चाहिँ यहाँजस्तो देखिएन,’ उनले भने, ‘जिल्लाका केही स्थानमा असिनाले किबीमा नराम्ररी क्षति पनि ग-यो।’

खतिवडाले नै २०६५ सालमा जिल्लामा किबीको खेती भित्र्याएका थिए। उनकै खेती विस्तार हुँदै अहिले जिल्लाका सबैजसो गाउँमा किबी खेती पुगेको छ। सुरुमा किबी फल प्रतिकिलो ६ सय रुपैयाँसम्म थियो। अहिले सिजनमा एक सयदेखि दुई सय ५० रुपैयाँसम्म पर्ने गरेको छ। किवी खेतीबाट किसानको जीविका मात्र चलेको छैन। लाखौं रुपैयाँ आम्दानी पनि भइरहेको छ। किवीलाई नै व्यावसायिक बनाएर अन्य जिल्लामा यसको खेती विस्तार गर्न सघाउने किसान पनि इलाममै छन्। लेकाली भेगमा खेती हुने किवीले किसानलाई आम्दानीमा ठूलो राहत दिएको छ।

एउटै बोटमा राम्रो फल लाग्दा दुई सय किलोसम्म उत्पादन हुन्छ। एक किलोमा १४ देखि २० दाना चढ्छ। वैशाख–जेठमा चिचिला लाग्ने किबी कात्तिकमा पाक्छ। वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैतसम्म टिक्ने भएकाले यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुन्छ। पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा रोपिन्छ। कात्तिकमा टिपेको किबी घरमै जोगाएर राख्दा पनि चैतसम्म नबिग्रिने किसान बताउँछन्।

किबीबाट उल्लेख्य आम्दानी गरिरहेका साखेजुङ गाउँका गंगा विष्टले पनि यो वर्ष किबी उत्पादन राम्रो रहेको बताए। ‘किबी जोन परियोजनाले पनि किसानलाई सघाएकाले यो वर्ष गतवर्षहरूभन्दा उत्पादन राम्रै छ,’ उनले भने, ‘किसानले किबी खेतीको तालिम पाएका छन्, प्रशोधनबारे पनि तालिम दिइएको छ।’ विष्टले आफ्नो २० रोपनीमा अढाई सय बोट किबी रोपेका छन्। उनले किबी खेतीबाटै वर्षको ३६ लाख रुपैयाँसम्म आम्दानी गरेको सुनाए। प्रत्येक वर्ष २० लाख रुपैयाँभन्दा बढीको किबी फल र १०–१२ लाख रुपैयाँसम्मको बिरुवा बेच्छन् उनी।

एउटै बोटमा राम्रो फल लाग्दा दुई सय किलोसम्म उत्पादन हुन्छ। एक किलोमा १४ देखि २० दाना चढ्छ। वैशाख–जेठमा चिचिला लाग्ने किबी कात्तिकमा पाक्छ। वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैतसम्म टिक्ने भएकाले यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुन्छ। पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा रोपिन्छ। कात्तिकमा टिपेको किबी घरमै जोगाएर राख्दा पनि चैतसम्म नबिग्रिने किसान बताउँछन्। तर, घरमा किबी जोगाउन समस्या हुने भएकाले शीतभण्डार आवश्यक रहेको किसानको भनाइ छ। गंगाबहादुर किबीको प्राविधिक पनि हुन्। किबी खेतीबारे तालिम दिन उनी इलामका विभिन्न गाउँसहित पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक र काठमाडौंसम्म पुगिरहेका छन्।

किबी खेती प्रवद्र्धन गर्न गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा ‘किबी जोन’ कार्यक्रम चलिरहेको छ। किबीकै लागि १० वर्षे परियोजना यहाँ सुरु भएको हो। ‘किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा जोनको कार्यक्रम केन्द्रित छ,’ किबी जोनका सदस्यसमेत रहेका विष्टले सुनाए, ‘किबीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधन गर्ने, प्रशोधन सिक्ने पनि परियोजनाको कार्यक्रम छ।’ परियोजनाका लागि गत वर्ष एक करोड तीन लाख रुपैयाँ आएको थियो। आउँदो वर्षलाई करिब अढाई करोड रुपैयाँ विनियोजन भएको उनले जनाए।

किबीको पकेट क्षेत्रका लागि १० हेक्टर, किबी ब्लकलाई सय, किबी जोनलाई पाँच सय र किबीको सुपर जोन घोषणा गर्न एक् हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ। किबीलाई पनि अलैंची, अदुवा, अम्लिसो, अकबरे र चियाजस्तै व्यावसायिक बनाउन परियोजना सञ्चालन गरिएको हो। जिल्लाका १५ हजार हाराहारी किसान किबी खेती गरिरहेको तथ्यांक छ। ‘किबी जोन कार्यक्रम लागू भएपछि जति आशा थियो, त्यति चाहिँ हुन सकेको छैन,’ किसान खतिवडाले सुनाए, ‘किबी भण्डार गर्ने, यसको गुणस्तर वृद्धिलगायत काममा अझ प्रयास गर्नुपर्छ। उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन सक्नुपर्छ।’

समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किबी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौं, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ। नेपालमा ठूलो लाम्चो आकारको हेवार्ड, अलि सानो एलिसन, मन्टीलगायत जातका किबीको खेती गरिन्छ।  किसानका अनुसार सबैभन्दा राम्रो उत्पादन हुने र किसानले आम्दानी लिने जात चाहिँ हेवार्ड हो। हेवार्ड जातको किबी ठूलो र मीठो हुन्छ। यो किबी चाहिँ भण्डारण गर्दा पनि बढी टिकाउ हुने किसानले बताए।

किबी टिपाइमा ध्यान नदिँदा पनि यसको गुणस्तरमा असर भने पुगिररहेको छ। भौगोलिक उचाईअनुसार किबी टिप्ने सिजन फरक–फरक हुन्छ। किबीमा आवश्यक गुलियोपना पुगेपछि मात्रै टिप्न योग्य मानिन्छ। किसान विष्टले इलाममा मंसिर नलागी टिपेको किबीको गुणस्तर राम्रो नहुने बताए।    उनले किबीमा ‘६ ब्रिक्स’ वा टिएस (गुलियोपना) भन्दा बढी अंक पुगेपछि मात्रै टिप्न सुझाए। जिल्लामा उत्पादित किबी स्थानीय बजार, झापा, धरान, काठमाडौं, पोखरा, चितवनलगायतसम्म पुग्दैछ। केही किसानले भारतसम्म पु¥याएर पनि किबी बेचेका छन्। चीन, भारत र अन्य देशबाट समेत बर्सेनि ठूलो परिमाणको किबी माग हुनेगरेको छ। तर, उत्पादन र गुणस्तर पु-याउन प्रयास भइरहेको किसान बताउँछन्।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस