कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
२३ असार २०८२
•
३ मिनेट पाठ
कपिलवस्तुमा वार्षिक ३७ सय मेट्रिक टन माछा उत्पादन
माछापालनमा कपिलवस्तु आत्मनिर्भर बन्दै गएको छ। जिल्ला अहिले माछा पालनको हबका रूपमा विकासित हुँदै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको हो।




माछाको माग बढेसँगै राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक माछापालन गर्ने कृषकको संख्या बढेको हुँदा जिल्ला माछा पालन हवका रूपमा स्थापित हुँदै गएको छ । माछापालनतर्फ बढ्दो आकषर्णसँगै जिल्ला माछापालनमा आत्मनिर्भर बन्दै गएको हो। यससँगै भारतीय माछामा परनिर्भर जिल्लामा केही वर्ष यता बर्सेनि आयातसमेत घट्दै गएको भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख डाक्टर परबेज आलमले माछामा कपिलवस्तु करिबकरिब आत्मनिर्भर बनी सकेको दाबी गरे। वार्षिकरूपमा प्रतिव्यक्ति साढे सात किलो माछाको पहुँच हुनुपर्नेमा जिल्लामा अहिले सात किलो पुगिसकेको उनले बताए।

बर्सेनि १५ देखि २० प्रतिशतसम्म आयात प्रतिस्थापन घटेको माछा पालक कृषक बताउँछन्। जिल्लामा उत्पादित माछाले यहाँको ९० प्रतिशत माग पूरा गरेको छ। १० प्रतिशत हाराहारीमा अन्य स्थानबाट आउने गरेको छ। जनकपुर र रूपन्देहीमा मुलुकमै सबैभन्दा बढी माछा उत्पादन हुने गरेको छ। ‘अब ती दुई जिल्लाकै हाराहारीमा पुग्छाैं’, केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले भने। गत वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार सात सय ९१ मेट्रिक टन माछा उत्पादन भएको छ।

जिल्लामा माछा पोखरी र घोलाताल गरी एक हजार २०४.६ हेक्टर तथा मत्स्य हेचरी तीन, मत्स्य नर्सरी नौ तथा माछा फर्म दुई सय र जिउँदो माछा पसल तीन वटा छन्। माछाको दाना बनाउने उद्योग दुई वटा छन्। २५ सदस्यीय मत्स्य सञ्जाल छन्। तीन वर्ष अघिसम्म चार सय हेक्टरमा माछा पाल्ने गरिएकोमा अहिले बढेर सात सय बढी हेक्टरमा गरिएको छ। ‘तीन वर्षअघिसम्म नौ सय मेट्रिक टन माछा उत्पादन हुन्थ्यो अहिले बढेर १३ मेट्रिक टन पुगेको छ’, यादवले भने। ‘भारत र अन्य जिल्लाबाट आउने आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेका छौं, हामी केही वर्ष मै माछा उत्पादनमा आत्मानिर्भर बन्छौ’, उनले भने।

जिल्ला करिब–करिब माछापालनमा आत्मनिर्भर बनी सकेको उनको दाबी छ । १३ सय मेट्रिक टन त व्यावसायिक पोखरीबाट उत्पादन भएको माछा हो। घोला र अन्य तालबाट भने दुई हजार बढी मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। व्यावसायिकरूपमा माछा पालन गर्नेको संख्या निरन्तर बढेको छ। विशेष गरी युवाहरू अहिले माछापालनमा बढी आकर्षित भएका छन्। जिल्लामा बर्सेनि २४ करोडको माछा उत्पादन भइरहेको छ।

व्यावसायिक माछापालनमा लागेका कपिलवस्तुको शिवराज नगरपालिका बालापुरका कृषक विजय पौडेलले माछापालनबाट वार्षिक २५ लाख बढी आम्दानी गर्ने गरेको बताए। सात वटा पोखरीमा माछापालन गरेका उनले माछापालनबाट राम्रो आम्दानी गरेको बताए। मान्छेको बच्चालाई जसरी हुर्काइन्छ त्यसरी माछाको स्याहर गरिए राम्रो आम्दानी पाइने उनले बताए।

माछापालक कृषकले भारतबाट बैखी माछाको चोरी तस्कारी नियन्त्रण गर्न सके नेपाली माछापालकले राम्रो आम्दानी पाउनसक्नेछन्। दानाको भाउ निरन्तर बढे पनि माछाको भाउ नबढ्ने, बैखा माछाको भुरा पाउन मुस्लिम पर्ने गरेको र बजारीकरणको समस्या आउने गरको माछापालन कृषक बताउँछन्।

कपिलवस्तुमा सिल्भर, ग्रास, नैनी, कमनकार्प, बिउ हेड, रोहु, मागुर बैखी लगायतका माछा बढी उत्पादन हुने गरेका छन्। जिल्लाका गाउँगाउँमा प्राकृतिक जलाशय रहेको र धेरै पुराना इँटा भट्टा बन्द रहेकाले र त्यसमा पोखरी पनि खन्न नपर्ने हुँदा कम लगानीमा माछापालन गर्न सकिएकाले पनि त्यसतर्फ आकषर्ण बढेको छ।

जग्गा लिजमा लिएर पोखरी निर्माण गरी माछा पाल्ने कृषकसमेत बढदै गएका छन्। धान र गहुँ भन्दा दुई सय प्रतिशत बढी नाफा हुने र जोखिमसमेत कम भएकाले कृषकहरू माछापलनमा लागेको केन्द्रका प्रमुख आलमले बताए। माछापालन गर्नेको संख्या बढेसँगै त्यसबारेमा कार्यालयमा बुझ्न आउने कृषकको संख्या समेत बढेको उनले बताए।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस