चालु आर्थिक वर्ष सकिनै लाग्दा र अर्बौं रुपैयाँ बराबरका ठूला सडक आयोजनाहरूको ठेक्का सम्झौता हुने अन्तिम घडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माथिल्लो तहका कर्मचारीहरूको अस्वाभाविक र शंकास्पद सरुवा गरेको छ।
आर्थिक वर्ष सकिने लागेको बेला र ठेक्का सम्झौता हुनै लाग्दा महाशखाा प्रमुख/आयोजना निर्देशनालय प्रमुखहरू फेरबदल हुनुलाई मन्त्रालयका उच्च कर्मचारीहरूले अस्वभाविक मानेका छन्।
यस सरुवाले मन्त्रालयभित्रै आर्थिक चलखेल र ‘सेटिङ’ को गम्भीर आशंका उत्पन्न गराएको छ, यता, कर्मचारीहरू भने सार्वजनिक रूपमा बोल्न डराइरहेका छन्।
मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आर्थिक वर्षको अन्त्य र ठेक्का सम्झौताको मुखमा महत्त्वपूर्ण पदहरूमा फेरबदल हुनु चरम बेथिति हो।’
सार्वजनिक खरिद नियमावलीअनुसार, ठेक्का सम्झौता भएलगत्तै निर्माण कम्पनीले कुल रकमको १० प्रतिशतसम्म ‘मोबिलाइजेसन’ खर्चबापत पेश्की पाउँछन्।
मन्त्रालयकै एक कर्मचारीका अनुसार, यही पेश्की रकममा हुने कमिसनको चलखेलका लागि अन्तिम समयमा हस्ताक्षर गर्ने अधिकारी फेर्ने गरिन्छ। ‘ठेक्काको सम्पूर्ण प्रक्रिया एउटाले अघि बढाउने, तर सम्झौतामा हस्ताक्षर गर्न अर्को कर्मचारी आउनुलाई स्वाभाविक मान्न सकिँदैन,’ उनले भने।
ठेकेदार कम्पनीले मोबीलाइेजेशन खर्च पाउँदा त्यसको केही अंश सम्झौतामा हस्ताक्षर गर्ने महाशाखा प्रमुख /डिभिजन प्रमुख /आयोजना निर्देशनालय प्रमुखसम्म पुग्ने परम्पारा नै रहेको मन्त्रालयकै अर्का एक कर्मचारीले बताए।
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको निर्देशनमा गत जेठ ११ गते सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई मन्त्रालयमा तानेर उनको ठाउँमा डा. विजय जैशीलाई नियुक्त गरिएको छ।
यो सरुवा शृङ्खला त्यतिमै रोकिएन। मन्त्रालयले दुई वरिष्ठ सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) लाई जिम्मेवारीविहीन जस्तै बनाउँदै एक कनिष्ठलाई दुईवटा शक्तिशाली र सर्वाधिक बजेट भएका महाशाखाहरूको जिम्मा दिएको छ।
नयाँ व्यवस्थाअनुसार, अर्जुन अर्याललाई वार्षिक करिब ४० अर्ब रुपैयाँ बजेट परिचालन गर्ने वैदेशिक सहायता समन्वय महाशाखा र करिब ९ अर्बको बजेट चलाउने सम्भार महाशाखा दुवैको प्रमुख बनाइएको छ।
जबकी, उनीभन्दा वरिष्ठ सहसचिवहरू पूर्वमहानिर्देशक रामहरि पोखरेललाई ‘निष्क्रिय’ मानिने ट्राफिक सुरक्षा महाशाखा र योजना महाशाखाका तत्कालीन प्रमुख उमेशबिन्दु श्रेष्ठलाई जलमार्ग महाशाखामा पठाइएको छ।
मन्त्रालयमा कसैलाई जिम्मेवारीविहीन बनाउनुपर्दा यिनै महाशाखाहरूमा पठाउने चलन छ। श्रेष्ठको ठाउँमा योजना महाशाखामा प्रभात झालाई ल्याइएको छ।
झा यसअघि भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत थिए। भौतिक पूर्वाधार मन्त्रालय स्रोतका केही दिनभित्रै महत्त्वपूर्ण ठेक्का सम्झौताहरू हुँदैछन्। यहि समयमा भएको फेरबदललाई उचित मानिएको छैन।
मन्त्रालय स्रोतका अनुसार, कर्णाली कोरिडोरका दुई प्याकेज (कुल ४ अर्ब), तुलसीपुर–घोराही सडक (३ अर्ब ९९ करोड, जसको प्राविधिक प्रस्ताव असार २ गते खुल्दैछ), मदनभण्डारी राजमार्गको सर्दुखोला–झण्डाचोक खण्ड (१० करोड) र बीपी राजमार्ग पुनर्निर्माण आयोजनाको ठेक्का सम्झौता अन्तिम चरणमा छन्।
यीमध्ये अधिकांश ठेक्का सम्भार महाशाखाले हेर्छ। जसको नेतृत्वमा हालै अर्याललाई ल्याइएको छ।