बगरमा फल्ने चिसो फलका रुपमा रहेको तरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० धनकौली गाउँका कृषकले मनग्गे आम्दानी गरेका छन् ।
धनकौलीको मोतिनगर, गगनी र हर्दासडिहवा लगायतका गाउँका सय बढी कृषकहरूले बाणगंगा नदीको निख्खर जमिनमा र तरबुजा र खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् । नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमुनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि डेढ लाख बढी आम्दानी गरेका हुन ।
कृषकहरूले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन् । बैशाख दोस्रो साता देखि कृषकहरूले खरबुजा बेच्न सुरु गरेका हुन । सोही वडाको देवपुराका कृषक बहराईची केवटले सोही वडामा रहेको सानो चेत्रादेई गाउँमा रहेको १० कठ्ठा खेतमा महेन्द्रा जातको तरबुजा फलाएर राम्रो आम्दानी गरेका हुन । नदीको बगरमा तरबुजा खेती गर्ने गरिएमा उनले दोश्रो बर्ष खेतमा तरबुजा लगाएका हुन । खेतमा उत्पादन भएको तरबुजा उनले छिमेकी जिल्ला अर्घाखाँची र कपिलवस्तुमा बेचेका छन् । उनले अहिले सम्म ७० क्युन्टल बढी तरबुजा बिक्री गरी डेढ लाख बढी आम्दानी गरेका बताए । बिउ जोताई र सिचाई गरी २५ हजार बढी लगानी गरेको उनले तरबुजा खेतीबाट सन्तुष्ट भएको बताए । उनले गत बर्ष भन्दा उत्पादन कम भए पनि मूल्य भने यस बर्ष राम्रो पाएको बताए । यस बर्ष २० देखि २३ रुपैयाँ सम्म प्रति किलोका दरले बिक्री गरेका छन् ।
तरकारी खेतीलाई मुख्य पेश बनाएका बहराईचीले भारतीय तरबुजा आयत भएकाले केही भने असर परेको बताए । कपिलवस्तु नगरपालिका– ३ शिव गढका कृषक राहीत चौहानले यस बर्ष ६ कट्ठामा लगाएको तरबुजाबाट ५० हजार आम्दानी गरेको बताए । ५ कट्ठामा खरबुजा लगाएका मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताए । उनले यस बर्ष खरबुजा बेचेर यस बर्ष ८० हजार आम्दानी हुने बताए । हरेक बर्ष तरबुजा बेचर १ लाख बर्ष आम्दानी गर्दै आएका उनले तरबुजा खेती आफूलाई फापेको बताए । यस बर्ष २५ देखि ३० रुपैयाँ सम्म मूल्य पाएको उनले बताए ।
अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए । बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा राेपिँदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए । ‘ सिँचाइको सुविधा हुन सके आम्दानी अझ बढने थियो । ’ उनले भने । २ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्षे एक लाख मात्र आम्दानी भएको बताए । भारतीय तरबुजा जिल्लामा आएकाले यहाँका स्थानीय कृषकहरूले उत्पादन गरेको तरबुजाको भाउमा केही असर गरेको कृषकहरू बताउँछन् ।
माधुरी ६४ जातको खरबुजा एक कट्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने कृषकहरु बताउँछन् । यहाँ एक देखि १० किलो सम्मको तरबुजा उत्पादन भएका छन् । उनीहरुद्धारा उत्पादित तरबुजा अहिले कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ ।यस्तै यहाँका तरबुजा र खरबुजा अर्घाखाँची बुटवल लगायतका स्थानका जाने गरेको छ । अहिले बजारमा तरबुजा प्रति केजी २५ देखि ३० रुपैयाँसम्म बिक्री भइरहेको छ । तरबुजा खरिद गर्न बुटवल, भैरहवा, अर्घाखाँची सम्मका व्यापारीहरू खेतमै आउने गरेका छन् । स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ इसारा गर्दै भने ‘ व्यापारीहरू गाडी लिएर खेत मै माल किन्न आउँछन्, बिक्रीका लागि कुनै समस्या छैन।,’
बढ्दै गएको गर्मीसँगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्याउन किसानहरू व्यस्त देखिन्छन् । सो फलसँगै उनीहरुले त्यहाँ काँक्रो, तरकारी उत्पादन समेत गरेका छन् । जिल्लामा ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ माधुरी ६४ आस्था, महेन्द्रा र मधुवाला जातका तरबुजा उत्पादन हुने गरेको छन् ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...