बजेट सकारात्मक रहेको मोरङका उद्योगी व्यवसायीको प्रतिक्रिया
१५ जेष्ठ २०८२
•
२ मिनेट पाठ
बजेट सकारात्मक रहेको मोरङका उद्योगी व्यवसायीको प्रतिक्रिया
आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको विराटनगरका उद्योगी व्यवसायीहरूले बताएका छन्। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक रहेको विराटनगरका उद्योगी व्यवसायीहरूले बताएका हुन्।




अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट विगतमा भन्दा फरक र आधुनिक खालको भएको उद्योगी महेश जाजुले प्रतिक्रिया दिए। जाजुले भन्सार जाँचपासका लागि एक्जीम कोड लिन धरौटी राख्नुपर्ने व्यवस्था हटाउनु, खाद्यान्न आयातमा अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था हटाउनु बजेटको राम्रो पक्ष भएको बताए। 

यस्तै निर्यातमूलक उद्योगहरूले कमाएको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्थाले बैदेशिक लगानीका लागि नेपाली व्यवसायीलाई बजेटले ढोका खोलिदिएको जाजुको भनाइ छ। ‘एक्जीम कोडका लागि ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था हटाउनु, खाद्यान्न आयातमा भन्सारमै अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था हटाउनु र विदेशमा नाफाको २५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गर्नु सकारात्मक छ,’ उनले भने।

नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार सारडाले निजी क्षेत्रको मागअनुसार बजेट आएको प्रतिक्रिया दिए। विगतमा रहेका केही अव्यवहारिक व्यवस्थाहरू बजेटले हटाउनु सकारात्मक रहेको उनले बताए। तर, लिकर्सहरूमा अन्तःशुल्क बढाउनु उचित नभएको उनले बताए। उद्योगी प्रकाश मुण्दडाले आइटी, पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने नीति बजेटमा सकारात्मक रहेको बताए। बजेटमा अन्तःशुल्क बढाउने विषय आएको तर स्पष्ट नभएको उनको भनाइ छ।

कर बढाएर राजस्व बढ्छ भन्ने पक्षमा आफूहरू नरहेको मुण्दडाले बताए। बजेट सकारात्मक भए पनि विराटनगरको विकास निर्माणका विषयमा भने सम्बोधन नभएको उद्योगीहरूको गुनासो छ।

विराटनगर विमानस्थल विस्तार, औद्योगिक प्रदर्शनी स्थल निर्माणलगायतका विषयमा उद्योगीहरूले वर्षौँदेखि माग गर्दै आए पनि बजेटले त्यस्ता विषयलाई छुन नसकेको उनीहरूको गुनासो छ। आगामी आर्थिक वर्षको बजेटले कोशी प्रदेशका केही महत्त्वपूर्ण योजनालाई समेत सम्बोधन गरेको भए पनि विराटनगरलाई भने उपेक्षा गरेको देखिएको छ।

बजेटले झापामा सबै खेल खेलाउन सक्ने रङ्गशाला निर्माण गर्ने, भद्रपुर विमानस्थल विस्तार गर्ने, सिलगुडी चाराली पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजनालाई समेटेको छ। यस्तै झापाको केचना देखि पाथीभरा सम्मको पदमार्ग, सुनसरीको कोशी टप्पु देखि सगरमाथा सम्मको पदमार्ग निर्माण गर्ने विषय बजेटमा उल्लेख गरिएको छ।

यस्तै तेह्रथुमको चुहानडाँडा विमानस्थल, उदयपुर विमानस्थल निर्माणका लागि अध्ययन गर्ने विषय बजेटमा समेटिएको छ। झापा केन्द्रितजस्तो देखिएको बजेटले विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण गर्ने विराटनगरको एकमात्र आयोजनालाई सम्बोधन गरेको छ।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटले पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि रोक्का गरिएको काँकडभिट्टा–लौकहीको जग्गा फुकुवा गर्ने निर्णय गरेको छ। सरकारले जग्गा रोक्का गरेर मुआब्जा नदिएको भन्दै स्थानीयले कि जग्गा फुकुवा गर्न नत्र जग्गाको मुआब्जा दिन सरकारलाई दबाब दिँदै आएका थिए।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस