साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्ला दुई दिन सामान्य वृद्धि देखाएको नेप्से पुनः घट्दै ७.२६ अंकले घटेर २,६७८.४७ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स पनि ०.५२ अंकले घट्यो भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले तल झरे।
बिहीबार कारोबार रकममा पनि गिरावट देखियो। अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयो। ३०२ स्टकको ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भयो।
चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यी कम्पनीहरूमा कुमारी सबल योजना, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, र पोखरा फाइनान्स रहेका छन्।
बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य ६.५ प्रतिशतभन्दा बढीले बढ्यो भने न्यादी हाइड्रोपावरको सेयर मूल्य ८६ रुपैयाँ ८० पैसा घटेर ७८१ रुपैयाँ २० पैसामा पुगेको छ, जुन नकारात्मक सर्किट लेभल हो।
कारोबार रकमका आधारमा बिहीबार पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको ३४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।
त्यस्तै, सिईडिबि होल्डिङ्सको करिब २७ करोड रुपैयाँ र राधी विद्युत कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढ्दा १० उपसमूहको परिसूचक घट्यो। सबैभन्दा धेरै वृद्धि वित्त उपसमूहमा देखियो, जसको परिसूचक १.८८ प्रतिशतले बढ्यो। लगानी र लघुवित्त उपसमूहको परिसूचक सामान्य रूपमा उकालो लाग्यो।
तर, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशतले घट्यो।